रोल्पा– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन दुई जना अनाथ विद्यार्थीको अभिभावक बनेका छन्।
ऊर्जामन्त्री पुनले बुधबार रोल्पाको बालकल्याण नमुना माध्यमिक विद्यालयमा दुई जना विद्यार्थीलाई भर्ना गराएका हुन्। मन्त्री पुनले कक्षा १ मा भर्ना गरेकी कविता शाही र कक्षा २ मा भर्ना भएकी बबिता शाही दुवै अनाथ बालिका हुन्। मन्त्री पुनले उनीहरुको शिक्षाको खर्च सबै आफूले बेहोर्ने घोषणा गरेका छन्।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले समेत २ जना विद्यार्थीलाई भर्ना गराएकी छन्। पूर्व सभामुख घर्ती कक्षा ६ मा प्रशंसा सेन र कक्षा १० मा छोपिन्द्र विष्टलाई भर्ना गरेर अभिभावक बनेकी छन्।
ऊर्जामन्त्री पुनका निजी सचिव कमान बुढाले ऊर्जामन्त्री पुन र सभामुख घर्तीले ४ जना विद्यार्थीको भर्ना गरेर उच्च शिक्षासम्मको जिम्मेवारी लिएको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।