• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपामा एक्लिए ओली, 'ब्याक-फायर' भो भारतीय कार्ड

64x64
वीरेन्द्र ओली मंगलबार, असार १६, २०७७  २२:५७
1140x725

काठमाडौं- स्थायी कमिटीको बैठकका लागि तोकिएको समय अगाडि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली परामर्शका लागि बालुवाटारको सरकारी निवासबाट निस्किएर राष्ट्रपति शीतलनिवास पुगे। उनी ९:२८ मा बालुवाटारबाट निस्किएका थिए। 

आन्तरिक पार्टी राजनीतिमा ‌ओली जब अप्ठ्यारोमा पर्छन्, परामर्शका लागि शीतल निवास पुगिहाल्छन्। मंगलबारको बैठकको एजेन्डा सीमा समस्यासँगै सरकारको कामको समीक्षा तोकिइसकिएको थियो। स्थायी कमिटीका अधिकांश सदस्य सरकारको कामप्रति सन्तुष्ट नभएकाले मंगलबारको बैठकमा उनलाई सकस पर्ने पूर्वानुमान थियो नै। जब उनी बैठक अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न गए अवस्था पूर्वानुमानभन्दा कठिन भएको देखियो।

ओली राष्ट्रपतिसँग परामर्शका लागि बालुवाटारबाट निस्कनु अगाडि नै ९ बजे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका नेताहरुलाई खुमलटार निवासमा बोलाएर स्थायी कमिटीको रणनीति बनाउन थालेका थिए। ओलीप्रति असन्तुष्ट पूर्व एमालेका नेताहरू माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पनि आ-आफ्नै ढंगले आफू निकट नेताहरूसँग परामर्श गरेका थिए। प्रचण्ड निकट स्रोतका अनुसार उनीहरू अलगअलग बैठक बसेपनि रणनीति बनाउनका लागि सम्पर्कमै थिए।

गत शनिबार बैठक स्थगित हुँदा मंगलबार ११ बजे समय तोकिएको थियो। ११ बजे अगाडि नै प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरू बैठकस्थल पुगिसकेका थिए। तर ओली शीतल निवासबाट फर्किएका थिएनन्। सवा ११ बजेतिर उनी फर्किए र सरासर बैठकस्थल गए। 

OOO

पार्टीमा विवाद बढ्दै गएपछि अष्टलक्ष्मी शाक्यसहित २० जना स्थायी कमिटी सदस्यले लिखित रुपमै बैठकको माग गरे पनि समय तोकिन सकेको थिएन। एकाएक असार १० गते बैठकको समय तोक्दै छलफलका सात विषय तोकियो। 

भारतले मिचेको भूमि समेटेर नक्सा जारी गरेपछि पार्टीभित्र ओलीप्रतिको अशन्तुष्टी घटेको धेरैको अनुमान थियो। पहिलो बैठकमा ओली आलोचित भएनन्। सीमासम्बन्धी छलफल भएकाले उनले धन्यवाद नै पाए। दोस्रो दिनको बैठकमा उनी सहभागी भएनन्। बैठकमा नआएकोमा मात्र आलोचना भयो। सरकार र पार्टीको आलोचना भएन। तेस्रो दिनको बैठकमा उनी झुल्किए मात्रै।

बैठकको माग गर्दाताकाको भन्दा माहौल केही चिसिएझै देखिएको थियो। मदन भण्डारी जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दिल्लीमा षड्यन्त्र र काठमाडौंको कोठा चोटामा खेल भइरहेको दावी गरेपछि माहौल बिग्रियो।

Ncell 2
Ncell 2
nimb
nimb

OOO

मंगलबार स्थायी कमिटी बैठकस्थलमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली प्रवेश गरे लगत्तै अर्का अध्यक्ष प्रचण्डले बोल्न शुरु गरेका थिए। शुरुमै उनले ओलीलाई मदन भण्डारी जन्मजयन्तीमा बोलेको विषय र निर्वाचन आयोगमा दर्ता भएको एमाले पार्टीको विषयले परिरिस्थित निक्कै फेरिएको भन्दै यसको जवाफ मागे।

‘आज सीमा र सरकारको समीक्षाका विषयमा बैठकमा एजेन्डा बनाइएको थियो। मदन जन्मजयन्तीमा प्रधानमन्त्रीजीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा एमाले पार्टी दर्ता गर्न निवेदन दिएपछि परिस्थिति बदलियो,’ प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीजीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता र एकतामा गम्भीर आँच आउँने वातावरण बन्यो। नैतिकताका आधारमा राजीनामा दिनुस्।’ 

बैठकमा प्रचण्ड आक्रामक मुद्रामा प्रस्तुत भएका थिए। बैसाख १७ गते समेत प्रधानमन्त्रीको राजीनामा मागिएको बताउँदै उनले अब परिस्थितिका कारण छिट्टै राजीनामा दिने स्थिति आएको भन्दै भने, ‘मैले नै प्रधानमन्त्रीजीलाई समर्थन गरेर यसअघि प्रधानमन्त्रीमा प्रस्ताव गरे। पाँचै वर्षका लागि प्रधानमन्त्री बन्न मैले नै मार्ग प्रशस्त गरेँ। बैसाख १७ गते राजीनामा मागिएपनि परिस्थितिमा फेरबदल आएपछि अर्कै मोडियो। प्रधानमन्त्रीजीले यस्तो गम्भीर अभिव्यक्ति दिएर सत्ताको वैधानिकता विदेशीलाई दिनु ठिक भएन। अब मार्गप्रशस्त गर्नुस्।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको आलोचनामा करिब १५ मिनेट खर्चिइसकेका थिए। प्रचण्ड बोलिरहँदा ओली भने मौन भएर सुनिरहेका थिए। प्रचण्डले धाराणा राखिसकेपछि उनले मदन जन्मजयन्तीमा बोलेको अभिव्यक्ति राष्ट्रियताको रक्षाको लागि बोलेको भन्दै बचाउको प्रयास गरेका थिए।

'हाम्रो पार्टी बैठकमा भएका गतिविधि कसरी भारतीय मिडियामा हुबहु मिल्न गयो? राष्ट्रियतामा आँच आउँने गरी किन यस्तो भइरहेको छ?’ ओलीले आफ्नो बचाउँमा दिएको अभिव्यक्ति उदृत गर्दै स्रोतले भन्यो, ‘मैले कुनै भावनात्मक कुरा गरेको होइन। नेपालको राष्ट्रियता कमजोर बनाउन होइन, बलियो बनाउन बोलेको हुँ।’ उनले भारतले मिचेको जमिन समेटेर नयाँ नक्सा जारी गरेर आफूले राम्रो काम गरेपनि मेरैविरुद्ध पार्टीका नेताहरूले षड्यन्त्र गरेको भन्दै गुनासो गरेका थिए।

ओलीको प्रष्टीकरणपछि पालो आयो, झलनाथ खनालको। उनले प्रारम्भमै नेपालको राष्ट्रियता कमजोर बनाउने गरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा मागे। माहोल ओलीको पक्षमा आएन। खनालको अभिव्यक्ति प्रचण्डको भन्दा कडा थियो।

‘प्रधानमन्त्रीज्यूले बोल्नै नमिल्ने अभिव्यक्ति दिनुभयो। यसले पार्टीको मात्रै होइन, देशलाई नै लज्जित बनाउनुभयो,’ खनालले भने, ‘अब प्रधानमन्त्री आफ्नो कुर्सीमा बस्ने नैतिकता गुमाउनुभयो। मार्गप्रशस्त गर्नुस्। पार्टीले आवश्यक निर्णय गर्छ।’ 

खनालपछि बोल्ने पालो पाएका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताको वैधानिकता विदेशीलाई देखाएर आफ्नो कुर्सी जोगाउँन खोज्नु गम्भीर त्रुटी भएको भन्दै माहौत तताए। प्रधानमन्त्रीमा धेरै अहंकार र दम्भ पलायो। अब धेरै आडम्बर देखाउनु पर्दैन। अब पुग्यो,’ नेपालको भनाई उदृत गर्दै एक नेताले भन, ‘अब प्रधानमन्त्रीजीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्।’ 

प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध दिल्लीमा षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएर भारतसँग सीमा विवादका विषयमा कसरी छलफल गर्नुहुन्छ भन्दै नेता नेपालले प्रतिप्रश्न गरेका थिए। 

‘हामीले मिचिएको भूमि समेटर नयाँ नक्सा जारी गरेका छौँ। संविधान संशोधन गरेर निसान छापमा भएको नक्सा परिवर्तन गर्यौँ ,’ नेपालको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले मिचिएको भूमि कसरी फिर्ता लिन सक्छौँ? वार्ताको टेबलमा अब कुन धरातलमा बस्न सक्छौँ।'

नेपालपछि बोल्ने पालो थियो बामदेव गौतमको। गौतमले प्रधानमन्त्री ओलीबाट आफूलाई पटकपटक धोका भएको भन्दै असन्तुष्टि पोखे। सरकारका कामकारबाही निकै बदनाम भएको भन्दै उनले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुको विकल्प नभएको बताएका थिए। प्रधानमन्त्रीबाट पटक-पटक गल्ती भइरहेकाले अब राजीनामा दिनु नै उत्तम विकल्प भएको उल्लेख गरेका थिए। 

त्यसपछि बोलेका नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तले पनि ओलीलाई राजीनामा दिन नै सुझाए। 

मंगलबार १८ जनाले बोलेकोमा एक जनाले पनि ओली प्रधानमन्त्री रहिरहनुको औचित्यबारे बोलेनन्। अधिकांशले राजीनामा मागे, सरकारको आलोचना गरे। बचाउ कसैले गरेनन्। मंगलबारको बैठकले स्थायी कमिटीमा उनको पक्षमा माहौल बनाउने सम्भावना देखाएन।

४४ सदस्यीय स्थायी कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन्। उनका पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेललगायत ११ जना मात्रै छन्। बहुमत सदस्य प्रचण्ड, नेपाल र खनालका पक्षमा छन्। बुधबारको बैठकको एजेन्डा सरकारको कार्यशैली र प्रधानमन्त्रीको अभिव्यक्ति नै रहेको र बोल्न बाँकी अधिकांश स्थायी कमिटी सदस्य उनको विपक्षमा भएकाले बैठकमा उनको राजीनामा माग्ने क्रम दोहोरिने पक्का छ।

एमाले पार्टी दर्ता हुँदा बैठकमा खैलाबैला
मंगलबार स्थायी कमिटीको बैठकमा एकाएक निर्वाचन आयोगको कार्यालयमा नयाँ पार्टी दर्ताको निवेदन परेको विषय बैठकमा उठेको थियो। झापाकी सन्ध्या तिवारीले आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन दिएकी थिइन्। बैठकको सुरुमै बोलेका प्रचण्डले नै पार्टीमा विवाद हुँदाहुँदै एमाले नामको पार्टी किन दर्ता गरियो भन्दै प्रश्न गरेका थिए। 

‘लामो मेहनतबाट एमाले माओवादी पार्टी एकता गरियो। एकताबाट जनताले यति ठूलो जनमत दिएका छन्। फेरि किन एमाले पार्टी दर्ता गरियो?’ प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘निर्वाचन आयोगमा दर्ता गरिएको पार्टीको विषयमा प्रचण्डले प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गर्नुभयो। जवाफ ओलीले कसैलाई मन परेर पार्टी दर्ता गर्यो् होला। त्यो विषयसँग सम्बन्धित छैन भनेर जवाफ दिनुभयो।’ 

एमाले पार्टी दर्ता गरिएको विषयमा आफूलाई कुनै सूचना नै नभएको प्रधानमन्त्री ओलीले जवाफ दिएपनि उपाध्यक्ष गौतमले भने प्रधानमन्त्रीकै संलग्नतामा पार्टी दर्ताको निवेदन परेको ठोकुवा गरेका थिए। ‘बेला न कुबेला एमाले पार्टी दर्ता गरिएछ। त्यो पार्टी दर्तामा प्रधानमन्त्रीको संलग्ता छ,’ गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीको संलग्नता छ छैन भन्ने विषय पुष्टि गरेर देखाउन सक्छु।’ गौतमपछि बोल्ने नेताहरुले पनि यो विषय छुटाएनन्। 

ओलीको विपक्षमा फर्किए बामदेव र बादल
प्रधानमन्त्री ओलीविरुद्ध अध्यक्ष प्रचण्ड र नेपाल समूह एकजुटै थिए। बामदेव गौतमले गत वैशाख २० गते भनाई बदलेपछि उनीहरू अली टाढा भएझै देखिएको थियो। तर मंगलबार बैठकको प्रस्तुतिपछि उनीहरू थप बलियो भएको देखियो। जानकार स्रोतका अनुसार ओलीले खेलेको भारतीय कार्डपछि बामदेव र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल प्रचण्ड- नेपाल समूहमा फर्किएका हुन्। 

अब ओलीविरुद्ध प्रचण्डसहित सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम, नाराणकाजी श्रेष्ठ, रामबहादुर थापा एकजुट देखिएका छन्। सरकारमा भएकाले थापाले ओलीविरुद्ध खुल्ला अभिव्यक्ति दिने गरेका छैनन्। तर उनी प्रचण्डले बोलाउने रणनीतिक भेलामा सहभागी हुने गरेका छन्। उनी मंगलबार भएको भेलामा सहभागी भएकाले ओलीको पक्षमा लाग्ने सम्भावना कम रहेको एक नेताले बताए। यसले ओली स्थायी कमिटीमा मात्रै नभएर सचिवालयमा समेत अल्पमतमा परेकाले यही बैठकले उनलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा गराउन बाध्य बनाउने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २२:५७
  • #oli
  • #ncp
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन यसका लागि गठित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। महामन्त्री एव... आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्र... आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको सामान्य बहस हुनेछ। यस क्रममा विश्वक... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्