• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपामा एक्लिए ओली, 'ब्याक-फायर' भो भारतीय कार्ड
64x64
वीरेन्द्र ओली मंगलबार, असार १६, २०७७  २२:५७
1140x725

काठमाडौं- स्थायी कमिटीको बैठकका लागि तोकिएको समय अगाडि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली परामर्शका लागि बालुवाटारको सरकारी निवासबाट निस्किएर राष्ट्रपति शीतलनिवास पुगे। उनी ९:२८ मा बालुवाटारबाट निस्किएका थिए। 

आन्तरिक पार्टी राजनीतिमा ‌ओली जब अप्ठ्यारोमा पर्छन्, परामर्शका लागि शीतल निवास पुगिहाल्छन्। मंगलबारको बैठकको एजेन्डा सीमा समस्यासँगै सरकारको कामको समीक्षा तोकिइसकिएको थियो। स्थायी कमिटीका अधिकांश सदस्य सरकारको कामप्रति सन्तुष्ट नभएकाले मंगलबारको बैठकमा उनलाई सकस पर्ने पूर्वानुमान थियो नै। जब उनी बैठक अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न गए अवस्था पूर्वानुमानभन्दा कठिन भएको देखियो।

ओली राष्ट्रपतिसँग परामर्शका लागि बालुवाटारबाट निस्कनु अगाडि नै ९ बजे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका नेताहरुलाई खुमलटार निवासमा बोलाएर स्थायी कमिटीको रणनीति बनाउन थालेका थिए। ओलीप्रति असन्तुष्ट पूर्व एमालेका नेताहरू माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पनि आ-आफ्नै ढंगले आफू निकट नेताहरूसँग परामर्श गरेका थिए। प्रचण्ड निकट स्रोतका अनुसार उनीहरू अलगअलग बैठक बसेपनि रणनीति बनाउनका लागि सम्पर्कमै थिए।

गत शनिबार बैठक स्थगित हुँदा मंगलबार ११ बजे समय तोकिएको थियो। ११ बजे अगाडि नै प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरू बैठकस्थल पुगिसकेका थिए। तर ओली शीतल निवासबाट फर्किएका थिएनन्। सवा ११ बजेतिर उनी फर्किए र सरासर बैठकस्थल गए। 

OOO

पार्टीमा विवाद बढ्दै गएपछि अष्टलक्ष्मी शाक्यसहित २० जना स्थायी कमिटी सदस्यले लिखित रुपमै बैठकको माग गरे पनि समय तोकिन सकेको थिएन। एकाएक असार १० गते बैठकको समय तोक्दै छलफलका सात विषय तोकियो। 

भारतले मिचेको भूमि समेटेर नक्सा जारी गरेपछि पार्टीभित्र ओलीप्रतिको अशन्तुष्टी घटेको धेरैको अनुमान थियो। पहिलो बैठकमा ओली आलोचित भएनन्। सीमासम्बन्धी छलफल भएकाले उनले धन्यवाद नै पाए। दोस्रो दिनको बैठकमा उनी सहभागी भएनन्। बैठकमा नआएकोमा मात्र आलोचना भयो। सरकार र पार्टीको आलोचना भएन। तेस्रो दिनको बैठकमा उनी झुल्किए मात्रै।

बैठकको माग गर्दाताकाको भन्दा माहौल केही चिसिएझै देखिएको थियो। मदन भण्डारी जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दिल्लीमा षड्यन्त्र र काठमाडौंको कोठा चोटामा खेल भइरहेको दावी गरेपछि माहौल बिग्रियो।

Ncell 2
Ncell 2

OOO

मंगलबार स्थायी कमिटी बैठकस्थलमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली प्रवेश गरे लगत्तै अर्का अध्यक्ष प्रचण्डले बोल्न शुरु गरेका थिए। शुरुमै उनले ओलीलाई मदन भण्डारी जन्मजयन्तीमा बोलेको विषय र निर्वाचन आयोगमा दर्ता भएको एमाले पार्टीको विषयले परिरिस्थित निक्कै फेरिएको भन्दै यसको जवाफ मागे।

‘आज सीमा र सरकारको समीक्षाका विषयमा बैठकमा एजेन्डा बनाइएको थियो। मदन जन्मजयन्तीमा प्रधानमन्त्रीजीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा एमाले पार्टी दर्ता गर्न निवेदन दिएपछि परिस्थिति बदलियो,’ प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीजीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता र एकतामा गम्भीर आँच आउँने वातावरण बन्यो। नैतिकताका आधारमा राजीनामा दिनुस्।’ 

बैठकमा प्रचण्ड आक्रामक मुद्रामा प्रस्तुत भएका थिए। बैसाख १७ गते समेत प्रधानमन्त्रीको राजीनामा मागिएको बताउँदै उनले अब परिस्थितिका कारण छिट्टै राजीनामा दिने स्थिति आएको भन्दै भने, ‘मैले नै प्रधानमन्त्रीजीलाई समर्थन गरेर यसअघि प्रधानमन्त्रीमा प्रस्ताव गरे। पाँचै वर्षका लागि प्रधानमन्त्री बन्न मैले नै मार्ग प्रशस्त गरेँ। बैसाख १७ गते राजीनामा मागिएपनि परिस्थितिमा फेरबदल आएपछि अर्कै मोडियो। प्रधानमन्त्रीजीले यस्तो गम्भीर अभिव्यक्ति दिएर सत्ताको वैधानिकता विदेशीलाई दिनु ठिक भएन। अब मार्गप्रशस्त गर्नुस्।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको आलोचनामा करिब १५ मिनेट खर्चिइसकेका थिए। प्रचण्ड बोलिरहँदा ओली भने मौन भएर सुनिरहेका थिए। प्रचण्डले धाराणा राखिसकेपछि उनले मदन जन्मजयन्तीमा बोलेको अभिव्यक्ति राष्ट्रियताको रक्षाको लागि बोलेको भन्दै बचाउको प्रयास गरेका थिए।

'हाम्रो पार्टी बैठकमा भएका गतिविधि कसरी भारतीय मिडियामा हुबहु मिल्न गयो? राष्ट्रियतामा आँच आउँने गरी किन यस्तो भइरहेको छ?’ ओलीले आफ्नो बचाउँमा दिएको अभिव्यक्ति उदृत गर्दै स्रोतले भन्यो, ‘मैले कुनै भावनात्मक कुरा गरेको होइन। नेपालको राष्ट्रियता कमजोर बनाउन होइन, बलियो बनाउन बोलेको हुँ।’ उनले भारतले मिचेको जमिन समेटेर नयाँ नक्सा जारी गरेर आफूले राम्रो काम गरेपनि मेरैविरुद्ध पार्टीका नेताहरूले षड्यन्त्र गरेको भन्दै गुनासो गरेका थिए।

ओलीको प्रष्टीकरणपछि पालो आयो, झलनाथ खनालको। उनले प्रारम्भमै नेपालको राष्ट्रियता कमजोर बनाउने गरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा मागे। माहोल ओलीको पक्षमा आएन। खनालको अभिव्यक्ति प्रचण्डको भन्दा कडा थियो।

‘प्रधानमन्त्रीज्यूले बोल्नै नमिल्ने अभिव्यक्ति दिनुभयो। यसले पार्टीको मात्रै होइन, देशलाई नै लज्जित बनाउनुभयो,’ खनालले भने, ‘अब प्रधानमन्त्री आफ्नो कुर्सीमा बस्ने नैतिकता गुमाउनुभयो। मार्गप्रशस्त गर्नुस्। पार्टीले आवश्यक निर्णय गर्छ।’ 

खनालपछि बोल्ने पालो पाएका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताको वैधानिकता विदेशीलाई देखाएर आफ्नो कुर्सी जोगाउँन खोज्नु गम्भीर त्रुटी भएको भन्दै माहौत तताए। प्रधानमन्त्रीमा धेरै अहंकार र दम्भ पलायो। अब धेरै आडम्बर देखाउनु पर्दैन। अब पुग्यो,’ नेपालको भनाई उदृत गर्दै एक नेताले भन, ‘अब प्रधानमन्त्रीजीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्।’ 

प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध दिल्लीमा षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएर भारतसँग सीमा विवादका विषयमा कसरी छलफल गर्नुहुन्छ भन्दै नेता नेपालले प्रतिप्रश्न गरेका थिए। 

‘हामीले मिचिएको भूमि समेटर नयाँ नक्सा जारी गरेका छौँ। संविधान संशोधन गरेर निसान छापमा भएको नक्सा परिवर्तन गर्यौँ ,’ नेपालको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले मिचिएको भूमि कसरी फिर्ता लिन सक्छौँ? वार्ताको टेबलमा अब कुन धरातलमा बस्न सक्छौँ।'

नेपालपछि बोल्ने पालो थियो बामदेव गौतमको। गौतमले प्रधानमन्त्री ओलीबाट आफूलाई पटकपटक धोका भएको भन्दै असन्तुष्टि पोखे। सरकारका कामकारबाही निकै बदनाम भएको भन्दै उनले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुको विकल्प नभएको बताएका थिए। प्रधानमन्त्रीबाट पटक-पटक गल्ती भइरहेकाले अब राजीनामा दिनु नै उत्तम विकल्प भएको उल्लेख गरेका थिए। 

त्यसपछि बोलेका नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तले पनि ओलीलाई राजीनामा दिन नै सुझाए। 

मंगलबार १८ जनाले बोलेकोमा एक जनाले पनि ओली प्रधानमन्त्री रहिरहनुको औचित्यबारे बोलेनन्। अधिकांशले राजीनामा मागे, सरकारको आलोचना गरे। बचाउ कसैले गरेनन्। मंगलबारको बैठकले स्थायी कमिटीमा उनको पक्षमा माहौल बनाउने सम्भावना देखाएन।

४४ सदस्यीय स्थायी कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन्। उनका पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेललगायत ११ जना मात्रै छन्। बहुमत सदस्य प्रचण्ड, नेपाल र खनालका पक्षमा छन्। बुधबारको बैठकको एजेन्डा सरकारको कार्यशैली र प्रधानमन्त्रीको अभिव्यक्ति नै रहेको र बोल्न बाँकी अधिकांश स्थायी कमिटी सदस्य उनको विपक्षमा भएकाले बैठकमा उनको राजीनामा माग्ने क्रम दोहोरिने पक्का छ।

एमाले पार्टी दर्ता हुँदा बैठकमा खैलाबैला
मंगलबार स्थायी कमिटीको बैठकमा एकाएक निर्वाचन आयोगको कार्यालयमा नयाँ पार्टी दर्ताको निवेदन परेको विषय बैठकमा उठेको थियो। झापाकी सन्ध्या तिवारीले आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन दिएकी थिइन्। बैठकको सुरुमै बोलेका प्रचण्डले नै पार्टीमा विवाद हुँदाहुँदै एमाले नामको पार्टी किन दर्ता गरियो भन्दै प्रश्न गरेका थिए। 

‘लामो मेहनतबाट एमाले माओवादी पार्टी एकता गरियो। एकताबाट जनताले यति ठूलो जनमत दिएका छन्। फेरि किन एमाले पार्टी दर्ता गरियो?’ प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘निर्वाचन आयोगमा दर्ता गरिएको पार्टीको विषयमा प्रचण्डले प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गर्नुभयो। जवाफ ओलीले कसैलाई मन परेर पार्टी दर्ता गर्यो् होला। त्यो विषयसँग सम्बन्धित छैन भनेर जवाफ दिनुभयो।’ 

एमाले पार्टी दर्ता गरिएको विषयमा आफूलाई कुनै सूचना नै नभएको प्रधानमन्त्री ओलीले जवाफ दिएपनि उपाध्यक्ष गौतमले भने प्रधानमन्त्रीकै संलग्नतामा पार्टी दर्ताको निवेदन परेको ठोकुवा गरेका थिए। ‘बेला न कुबेला एमाले पार्टी दर्ता गरिएछ। त्यो पार्टी दर्तामा प्रधानमन्त्रीको संलग्ता छ,’ गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीको संलग्नता छ छैन भन्ने विषय पुष्टि गरेर देखाउन सक्छु।’ गौतमपछि बोल्ने नेताहरुले पनि यो विषय छुटाएनन्। 

ओलीको विपक्षमा फर्किए बामदेव र बादल
प्रधानमन्त्री ओलीविरुद्ध अध्यक्ष प्रचण्ड र नेपाल समूह एकजुटै थिए। बामदेव गौतमले गत वैशाख २० गते भनाई बदलेपछि उनीहरू अली टाढा भएझै देखिएको थियो। तर मंगलबार बैठकको प्रस्तुतिपछि उनीहरू थप बलियो भएको देखियो। जानकार स्रोतका अनुसार ओलीले खेलेको भारतीय कार्डपछि बामदेव र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल प्रचण्ड- नेपाल समूहमा फर्किएका हुन्। 

अब ओलीविरुद्ध प्रचण्डसहित सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम, नाराणकाजी श्रेष्ठ, रामबहादुर थापा एकजुट देखिएका छन्। सरकारमा भएकाले थापाले ओलीविरुद्ध खुल्ला अभिव्यक्ति दिने गरेका छैनन्। तर उनी प्रचण्डले बोलाउने रणनीतिक भेलामा सहभागी हुने गरेका छन्। उनी मंगलबार भएको भेलामा सहभागी भएकाले ओलीको पक्षमा लाग्ने सम्भावना कम रहेको एक नेताले बताए। यसले ओली स्थायी कमिटीमा मात्रै नभएर सचिवालयमा समेत अल्पमतमा परेकाले यही बैठकले उनलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा गराउन बाध्य बनाउने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २२:५७
  • #oli
  • #ncp
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज (आईतबार) पनि छलफलका लागि बैठक बोलाएका हुन् । आइतबार, जेठ २५, २०८२
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक, २०७९ को मस्यौदा... आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने आइतबार, जेठ २५, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु आइतबार, जेठ २५, २०८२
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्