फाइल तस्बिर काठमाडौं- संसदको राज्य व्यवस्था समितिले निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को पदपूर्ति गर्दा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट, १० प्रतिशत अन्तर तह प्रतिस्पर्धाबाट र बाँकी ८० प्रतिशत बढुवाबाट गर्ने प्रस्ताव गरेको छ।
संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलपछि समितिले सहसचिव पदपूर्तिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सुरुवाती व्यवस्था फेरेको हो। संघीय मामिला मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा खुला प्रतियोगिताका लागि कुनै हिस्सा दिइएको थिएन।
सुरुमा विधेयक प्रस्तुत गर्दा अन्तर सेवा प्रतिस्पर्धाबाट १० प्रतिशत, कार्यसम्पादन मूल्यांकनद्वारा ३५ प्रतिशत, कार्यक्षमता मूल्यांकनद्वारा ३५ प्रतिशत र आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत सहसचिवको पदपूर्ति गर्ने प्रस्ताव गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।