काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) इन्टरनेटमार्फत् प्रवाह हुने सामग्री ‘ब्लक’ तथा ‘फिल्टर’ गर्ने प्रविधि खरिद गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय, थाहै नपाई गायब हुन सक्छन् सामाजिक सञ्जाल र डिजिटल मिडियाका सामग्री । ( अभिव्यक्ति स्वतन्त्रतामा अंकुश१)
२) स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा २९ पुगे मृतक, सोमबार थपिएका ४७६ सहित कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुग्यो । ( २९ पुगे मृतक )
३) विद्युत विधेयकमार्फत् सरकारले आयोजनाका अनुमतिपत्र खोस्न खोजेको निजी क्षेत्रको आरोप, सर्वेक्षण अनुमतिपत्र एउटा र उत्पादन अनुमतिपत्र अर्कै कम्पनीले पाउनेगरी राखिएको प्रतिस्पर्धामा विरोध । (विद्युत विधेयकको विरोधमा निजी क्षेत्र )
४) एफए कपको सेमिफाइनलमा सिटी र आर्सनल, युनाइटेड र चेल्सीको भेट, सिटीद्वारा न्यु क्यासल २–० गोलअन्तरले पराजित, चेल्सीले लेस्टरलाई १–० गोलले हरायो । ( टुङ्गियो एफए कपको सेमिफाइनल )
५) र, अफगानिस्तानमा खटिएका अमेरिकी सेना मार्न पैसा दिएको अमेरिकी सञ्चारमाध्यमको आरोप रुसद्वारा अस्वीकार, रुसी गुप्तचर निकायसँग कुनै सम्झौता नभएको तालिवान लडाकूको दाबी । ( अमेरिकी आरोप रुसद्वारा खण्डन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।