काठमाडौं- हुन्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेका छन्। सोमबार प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरूका साथबाट प्रहरीले ६५ लाख ८ हजार नगद समेत बरामद गरेको छ।
पक्राउ पर्नेमा भारत घर भई काठमाडौं कुलेश्वर बस्दै आएका २५ वर्षीय रविशंकर सिंह र बारा घर भई सोही स्थानमा बस्दै आएका ४७ वर्षीय रमेश सिंह छन्।
कुलेश्वरस्थित फलफूल व्यापार हुने स्थानमा हुन्डी कारोबार भएको सूचना प्रहरीसमक्ष पुगेपछि उनीहरूलाई शंकास्पद अवस्था हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।