• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालुवाटारकै बैठकमा प्रधानमन्त्री ओली नबसेपछि नेताहरू असन्तुष्ट

बामदेवलाई चुनाव लड्न ओलीको पुनः प्रस्ताव
64x64
वीरेन्द्र ओली शनिबार, असार १३, २०७७  २३:१४
1140x725
अध्यक्ष ओलीको अनुपस्थितिमा स्थायी कमिटी बैठक संचालन गर्दै अर्का अध्यक्ष प्रचण्ड। तस्बिर : सूर्य थापा।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सहज हुने गरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमै राखियो। स्थायी कमिटी बैठक पार्टी कार्यालयमा धुम्बाराहीमा राख्दा प्रधानमन्त्री ओलीलाई आउनजान असहज हुने भएकाले प्रधानमन्त्री निवासमै स्थायी कमिटी बैठक राख्ने निर्णय भएको थियो। तीन दिनसम्म चलेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली एकदिन मात्रै पूरा समय बस्न भ्याए। शुक्रबारको स्थायी कमिटी बैठक हलमा प्रवेश नै गरेनन् भने शनिबार करिब ५ मिनेटको हाराहारीमा मात्र बसेर प्रधानमन्त्री बाहिरिए।   

स्थायी कमिटी बैठक शुरु भएपछि बुधबार अध्यक्ष ओलीले सबैभन्दा पहिले डेढ घण्टासम्म लामो मन्तव्य राखेर अरु नेताहरुलाई सुनाएका थिए। अर्का अध्यक्ष प्रचण्डले एक घण्टा भन्दा लामो मन्तव्य राख्दा समेत ओलीले सुनेरै बसे। अध्यक्षद्वय ओली र प्रचण्डले आफ्ना मन्तव्य सकेलगत्तै  शुक्रबार पुनः बैठक निरन्तर हुने गरी बुधबारको स्थायी कमिटी बैठक सकियो।

एक दिन 'ग्याप' राखेर शुक्रबारको बैठकमा सरकारको समीक्षा गर्ने एजेन्डा राखेर छलफल गर्ने भनिएको भएपनि एकाएक प्रधानमन्त्री ओली 'गायब' भए। बैठकको तेस्रो दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली ५/७ मिनेट मात्रै बसेर सन्चो नभएको भन्दै बैठकबाट बाहिरिएका थिए। आफूले बोल्दा ठिकठाक हुने प्रधानमन्त्री ओली अरुले बोल्दा कहिले बिरामी, त कहिले कार्यव्यस्तता देखाएर बैठकबाट निस्कन थालेपछि स्थायी कमिटी नेताहरुसमेत आश्चर्यमा पर्न थालेका छन्। 

शनिबारको बैठकमा ५/७ मिनेट बसेपछि प्रधानमन्त्री ओली सन्चो नभएर बैठक हलबाट बाहिर गएको अर्का अध्यक्ष प्रचण्डले स्थायी कमिटी नेताहरूलाई जानकारी दिएका थिए। ‘प्रधानमन्त्रीज्यू अरु स्थायी कमिटी नेता कमरेड आउँदा बैठक हलमा आइसक्नु भएको थियो। बैठक सुरु भएपछि यस्तै ५/७ मिनेट जति बस्नु भयो होला। अनि हलबाट बाहिर जानुभयो,’ स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन् ‘प्रधानमन्त्री ज्यू हलबाट बाहिर गएपछि अर्का अध्यक्ष (प्रचण्ड)ज्यूले सन्चो नभएर निस्केको जानकारी  दिनुभयो।’ 

यसअघि पनि बैसाख २४ गते स्थायी कमिटी बैठकमा पेस गर्ने एजेन्डाका विषयमा छलफल गर्न बोलाएको सचिवालय बैठकमा आफू थाकेको भन्दै प्रधानमन्त्री ओली हलबाट बाहिरिएका थिए। सचिवालय बैठकमा 'एक व्यक्ति, एक पद', दललाई फुटाउन सजिलो हुने गरी ल्याइएका अध्यादेशलगायत विषय स्थायी कमिटीमा एजेन्डा बनाएर छलफल गर्नुपर्ने नेताहरूले उठाएपछि प्रधानमन्त्री ओली बैठक छोडेर निस्किएका थिए।  

बैठकबाट निस्केर कहाँ गए ओली?
प्रधानमन्त्री ओली बैठक हलबाट निस्किएलगतै आइतबार पर्ने जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीको भिडियोको तयारीमा लागेको बालुवाटार स्रोतले जनकारी दिएको छ। ‘आइतबार मदन भण्डारीको जन्मजयन्ती भव्य रूपमा मनाउने निर्णय भएको छ। त्यसका लागि केही भिडियोहरू सार्वजनिक गर्ने भनिएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘बालुवाटारको एउटा भवनमा बैठक चल्यो। अर्को भवनमा प्रधानमन्त्रीज्यू मदन भण्डारीको जन्मजयन्तीसम्बन्धी भिडियोको तयारीमा लाग्नुभयो।’ मदन जन्यन्ती र असार १५ धान दिवस मनाउने भन्दै २ दिन स्थायी कमिटी बैठक स्थागित गरिएको छ।

नेताहरू असन्तुष्ट
बैठकमा विविध विचार आउँदा आलोचनासमेत हुनसक्ने भएकाले बिरामी भनेर प्रधानमन्त्रीज्यूले बहाना गर्ने गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्। ‘आफूले बोल्दा प्रधानमन्त्रीज्यू ठिकठाक हुनुहुन्छ। अरुले बोल्ने भनेपछि बिरामी भईहाल्नुहुन्छ। उहाँ (प्रधानमन्त्री) बिरामी हो/होइन, हामीले जान्ने कुरा भएन,’ शाक्यले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई अरुको कुरा सुन्नै मन पर्दैन। अरुले गरेको आफ्नो आलोचना त झन् पटक्कै सुन्नुहुन्न।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीले बिरामी भनेर बैठकबाट निस्किएको विषयमा समेत शाक्यले आशंका व्यक्त गरिन्। ‘प्रधानमन्त्रीज्यू एमाले अध्यक्ष हुँदादेखि नै बैठकमा छलफल गर्ने विचारविमर्श गर्ने खालको स्वभाव नै थिएन,’ शाक्यले भनिन्, ‘नेकपा स्थायी कमिटीमा नेताहरूले एउटै खाले धारणा सबैले राख्ने कुरा भएन। कसैले आलोचना पनि गर्नुहोला। त्यो उहाँ(प्रधानमन्त्री)ले सुन्न सक्न सक्नुभएन। बैठक छोडेर हिड्नुभयो।’ पार्टीमा विचारविमर्श र  संगठनबाट प्रधानमन्त्री नआएकाले पार्टी बैठकलाई बुझ्नै नसक्ने शाक्यको आरोप छ। 

गिरिजाबाट सिक्दै ओली!
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री ओलीले समेत अप्ठ्यारो पर्दा बिरामी भएको बहाना बनाउने गरेको एक स्थायी कमिटी सदस्यले बताए। ‘मैले गिरिजाप्रसाद कोइरालादेखि केपी ओलीसम्मको क्याबिनेट फेस गरेको छु,’ ती स्थायी कमिटी सदस्यले भने, ‘आफूलाई अप्ठ्यारो पर्‍यो कि आज अलि सन्चो छैन। भोलि छलफल गरौँला भनेर उम्कन्थे।’ राष्ट्रको जिम्मेवारी बोकेका नेताले आफूले नसक्दा लिसो टासिए जस्तै टासिनु नहुने ति स्थायी कमिटी सदस्यले बताए। 

‘गिरिजाप्रसाद प्रधानमन्त्री हुदा अप्ठ्यारो पर्‍यो भने जवाफ दिन नसक्ने भयो भने लौ रामचन्द्रजी मिलाउनु होला। मलाई अलि सन्चो भएन भन्थे,’ ती स्थायी कमिटी सदस्यले भने, ’केपी ओलीको क्याबिनेटदेखि पार्टी बैठकसम्म फेस गर्दा उनै गिरिजाप्रसादको सम्झना हुन्छ।’ त्यतिमात्र होइन, कतिपय अवस्थामा त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाभन्दा पनि एक स्टेप अघि छन्। कोइराला आफ्नो क्याबिनेटका मन्त्रीअनुकुलका कर्मचारी भएर आफूअनुकुल नभए पनि खासै चासो नराख्ने स्वभावका भएको तर प्रधानमन्त्री ओलीले आफूअनुकुल कर्मचारी सेटिङ गरेर मन्त्रीलाई नै अप्ठ्यारो पार्ने गरेको ती स्थायी कमिटी नेताको ठहर छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेताहरुको वर्ग विभाजन देखिने थलो
स्थायी कमिटी बैठकमा कतिपय नेताहरू अगुवापछुवा सुरक्षाकर्मी लिएर तामझामका साथ बालुवाटर प्रवेश गर्ने गरेका छन्। कतिपय नेताहरू सहकर्मी नेताकै गाडीमा खाँदिएरै भएपनि बैठकमा सहभागी हुन पुग्ने गरेका छन्। कतिपय नेताहरू भने बालुवाटारको बैठक सकेर पैदल यात्रामा नै घर फर्कने गरेका छन्। एउटै पार्टी र एउटै कमिटीका नेताको समेत फरकफरक जीवनशैलीको दृश्य बालुवाटारमा देखिने गरेको छ। सवारीमा देखिएको वर्ग विभाजनको दृश्य बैठक हलमा समेत पुग्न थालेपछि नेताहरुले चर्को विरोध गरेका छन्। शुक्रबारको बैठकमा भीम रावलले अध्यक्षको कुर्सी र अरु स्थायी कमिटीको कुर्सी फरक भएको भन्दै विरोध गरेका थिए। अध्यक्षद्वयको कुर्ची राजामहाराजाको जस्तो  भएको र अरु सदस्यको कुर्ची रैतिजस्तो भन्दै आलोचना गरेपछि सबै नेताहरूको कुर्सी एउटै भएको थियो। 

शनिबार रघुवीर महासेठ बैठक हलमा प्रवेश गरेपछि बुधबारकै बैठकको जस्तै विभेदको विषय उठ्यो। बैठक कक्षमा प्रवेश गर्नुअघि मन्त्री र सचिवालय सदस्यलाई स्क्रिनिङ गर्ने तर अन्य नेताहरू स्क्रिनिङ नगरिने व्यवस्था गरिएको थियो। यसको विरोधमा महासेठले प्रश्न उठाए। बैठकको सुरुमा नै महासेठले यस्तो प्रश्न उठाएका थिए। संयोगले प्रधानमन्त्री ओली पनि बैठक हलमा नै थिए। विरोध सुरु भएपछि प्रधानमन्त्री ओलीले तत्कालै गेटदेखि हलसम्म सबैलाई समान व्यवहार हुने व्यवस्था गरिने जवाफ दिएपछि बैठक हल शान्त भएको एक स्थायी कमिटी सदस्यले बताए। 

बामदेवले भने- महाकाली सन्धि सच्याइयोस्
शनिबार स्थायी कमिटी बैठकमा बोल्दै पार्टी उपाध्यक्ष बामदेव गौतमले महाकाली सन्धिमा राष्ट्रघात भयो भन्दा आफूमाथि अन्याय भएको भन्दै अब न्याय गरिनुपर्ने बताए। बैठकमा बोल्दै गौतमले महाकाली सन्धिमा महाकाली सन्धिलाई लिएर एमाले विभाजन भई माले भएको प्रसंग जोडेर अब न्याय गरिनुपर्ने माग राखेका हुन्। ‘एकीकृत महाकाली सन्धि हुँदा संसदमा भोट क्रसिङ भयो। पार्टी विभाजन भयो,’ गौतमको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘महाकाली सन्धि हुँदा त्यो बेला पढेको थिएन। तत्कालीन समयमा पार्टीका महासचिव रहेका नेता माधवकुमार नेपालले ठीक छ भनेपछि सहमत भएँ। अन्तमा महाकाली सन्धिमा राष्ट्रघात भयो भन्ने भएपछि पार्टी विभाजनसम्म पुग्यो।’ हिजो आफूले जुन कुरा उठाउँदा कारबाही भयो, त्यो सच्याउनु पर्ने गौतमको माग छ। ‘महाकाली सन्धिमै महाकाली नदीको उद्गमथलो टुङगो लगाइएन। त्यो टुंगो नलाउँदा भारतसँग सीमा विवाद बल्झिँदै गयो,’ ती स्थायी कमिटी सदस्यले भने, ‘आज त्यही महाकाली सन्धिमा त्रुटि हुँदा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटर नयाँ नक्सा जारी गर्नुपर्ने अवस्था आइपुग्यो।’  

शनिबारको बैठकमा सीमा समस्या र समाधानबारेमा देवेन्द्र पौडेल, रघुवीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, बामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आफ्ना विचार राखेका थिए।

बामदेवलाई सांसद बनाउन ओलीको फेरि प्रस्ताव!
पार्टी सचिवालयदेखि स्थायी कमिटीसम्म अल्पमतमा परेका प्रधानमन्त्री तथा अध्यक्ष ओलीले उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने प्रस्ताव पुनः दोहोर्‍याएका छन्। बुधबारको स्थायी कमिटी बैठकपछि बिहीबार अध्यक्ष प्रचण्डसँगै बालुवाटार पुगेका गौतमलाई प्रधानमन्त्री ओलीले निर्वाचन लड्न प्रस्ताव गरेका हुन्।

‘पहिलो दिनको बैठकपछि प्रधानमन्त्रीसँग अध्यक्ष प्रचण्ड र वामदेव गौतमजी हुनुहुन्थ्यो। प्रधानमन्त्रीज्यूले वामदेवजीलाई निर्वाचन लड्नुस् कहाँबाट लड्नुहुन्छ आफै खोज्नुस् भन्नुभयो। बामदेवजीले कसलाई भन्नुभएको भनी प्रतिप्रश्न गर्नुभयो। त्यसको उत्तरमा प्रधानमन्त्रीज्यूले तपाईंलाई भन्या। सुन्नु भएन भनी पुनः प्रश्न गर्नुभएको थियो,’ सो छलफलमा सहभागी पार्टीका एक नेताले भने, ‘तपाईं (ओली)ले मात्रै होइन, अब दुवै अध्यक्षले भनेपनि निर्वाचन लड्दिनँ भनेर बामदेवजीले उत्तर दिनुभयो। यदि यो प्रस्ताव पार्टीमा कमिटीमा लगेर निर्णय गराएपनि निर्वाचन लड्दिनँ भन्नुभयो।’ 

बामदेव गौतमले उल्टै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर बाटो खाली गर्न आग्रह गरेको छलफलमा सहभागी ती नेताको भनाइ छ। जवाफमा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती दिएको उनले उल्लेख गरे।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  २३:१४
  • #नेकपा-स्थायी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्