काठमाडौं–अफ्रिका हुँदै भारतमा आएको सलह नेपालमा पनि प्रवेश गरेको छ। बाराको निजगढनजिकै र सर्लाहीका नवलपुरमा सलह देखिएको कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।
यद्यपि यसबारे प्राविधिकहरुले अध्ययन गरिरहेका छन्।
कति संख्यामा आएको हो र यसले कति क्षति गर्छ भन्नेबारेमा अध्ययन भइरहेको अधिकारीहरुले जनाएका छन्। कृषि मन्त्रालयअन्तर्गतकै कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले पनि आफ्नो फेसबुक पेजमा नेपालमा सलह प्रवेश गरेको भन्दै केही तस्बिर पोष्ट गरेका छन्।
अफ्रिकाबाट करोडौको बथान बनाएर उड्न थालेका यी किरा पाकिस्तान हुँदै अप्रिल १३ मा राजस्थान, पन्जाब र उत्तर प्रदेशमा आएका थिए। एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म हुने यिनीहरु दैनिक ९० माइल (१००-१५० किमी) सम्मको यात्रा दुरी पार गर्न सक्छन्। औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्ने बताइन्छ।
तस्बिर : जितेन्द्र यादवको फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।