• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा स्थायी कमिटी : प्रधानमन्त्री नै नगएपछि सरकारको समीक्षा छाडेर सीमातिर मोडियो छलफल

64x64
वीरेन्द्र ओली शुक्रबार, असार १२, २०७७  २१:४१
1140x725

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमै राखिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली नै अनुपस्थित भए। बुधबार दुई अध्यक्षले आफ्ना कुरा राख्ने र शुक्रबार सदस्यहरूले धारणा राख्ने भनिएपनि बुधबार आफ्ना कुरा राखेर बाहिरिएका प्रधानमन्त्री ओली बिहीबार भने आफ्नै निवास परिसरमा भएको बैठकमा नगएका हुन्। बैठकमा निक्कै बेरसम्म अध्यक्ष ओली नआएपछि महासचिव विष्णु पौडेलले केहीबेरमा आउने आश्वासन दिएका थिए। बिहान ११ बजेर २० मिनेटदेखि सुरु भएको बैठक साढे ४ बजेसम्म ओली बैठकमा पुग्नै भ्याएनन्। 

‘हामीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीज्यू नदेखेपछि किन आउन भएन भनेर सोध्यौँ। महासचिव विष्णु पौडेल कमरेडले उठेर 'कार्यव्यस्तताले आउन भ्याउनु भएन। केही बेरमा आउँछु भन्नुभएको छ' भन्नुभयो त्यसपछि बैठक अघि बढ्यो,’ नेकपा स्थायी कमिटी सदस्य पेशल खतिवडाले भने, ‘तर, बैठक सकिँदासम्म पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री आउँन भ्याउनु भएन। भोलि बस्ने गरी बैठक सकियो।’

बैठकमा आलोचना सुन्नुपर्छ भनेर पार्टी अध्यक्ष एवम प्रधानमन्त्री उपस्थित नभएको हुनसक्ने नेताहरुले लख काटेका छन्। तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बैठकमा उपस्थित नहुने र बैठक सञ्चालन गर्न भन्नु भएको दाबी गरे। बैठकमा उपस्थित नहुनु अन्य कुनै कारण नभएको थापाको दाबी छ। 

यो पनि पढ्नुहोस्

नेकपा बैठकमा सीमा विवाद : तीनपल्ट गरेको वार्ताको प्रयास असफल भएको परराष्ट्रमन्त्रीद्वारा जानकारीशुक्रबार, असार १२, २०७७

शुक्रबारको बैठकमा सरकारको कामबारे समीक्षा गर्ने तय भएको थियो। तर प्रधानमन्त्री तथा अध्यक्ष ओली नै अनुपस्थित भएपछि सो विषयलाई थाती राखेर सीमाबारे बहस सुरु भएको छ। कोरोना भाइरसको संक्रमण न्यूनीकरणमा सरकारले प्रभावकारी काम नगरेको र मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारबारे सरकारको आलोचना हुने भएपछि सरकारको समीक्षा नगरी सीमाबारे बहस गरिएको स्थायी कमिटीका एक जना सदस्यको बुझाइ छ।

'पार्टीकै नेताहरुले सरकारका कदमबारे आलोचना गरिरहेका छन्। यस्तो बेला बैठकमा पनि सरकारको आलोचना हुने नै भयो। बैठकको सुरुवाती चरणमा नै सरकारको आलोचना गर्दा राम्रो सन्देश नजाने भएकाले सरकारको प्रशंशा हुने विषय सीमा रोजिएको हो,' उनले भने, 'बैठकका सुरुवाती चरणमा सरकारको समीक्षा नगरेर यसलाई जानीबुझीकन नै पछि सारिएको हो।' सरकारको आलोचना हुने भएका कारण नै प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएको ती नेताको ठम्याइ छ। प्रधानमन्त्री ओलीले पार्टी बैठक बालुवाटारमै राखेर शुक्रबार उपस्थित नभएको विषयमा पार्टीमा पुनः आलोचना सुरु भएको छ।

सीमा समस्या र समाधानबारे छलफल
शुक्रबारको बैठकमा नेकपा स्थायी कमिटी बैठकको एजेन्डा नेपालको सीमा समस्या र समाधानमा केन्द्रित भई १८ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकको सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हालसम्मका घटनाक्रम विकासबारेमा जानकारी गराएको श्रेष्ठले बताए।

‘बैठकको सुरुमै परराष्ट्र मन्त्रीले सीमाका  विषयमा भई रहेका पहलका विषयमा जानकारी गराउनुभयो। कूटनीतिक संवादद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा भारतसंग पहल गरिरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘तर अहिलेसम्म भारतले वार्ताका निम्ति सरकारात्मक तत्परता देखाइसकेको छैन।’

भारतसँगको सीमा विवादमा कूटनीतिक माध्यमबाटै समाधान खोजिने ज्ञवालीले बताएका थिए। बैठकमा बोल्ने अधिकांश नेताले नेपालका झापादेखि र्दाचुलासम्मको सीमा समस्या समाधान गनै सरकारले पहल गर्नु पर्ने धारणा राखेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले बताए। ‘नेपालको झापाको कचनकवलदेखि दार्चुलाको लिम्पियाधुरालगायतका क्षेत्रसम्म सीमा विवाद छ,’ न्यौपानेले भने, ‘भारतले अतिक्रमित भूगमा सबै फिर्ता लिएर सीमा विवाद सदाका लागि समाधान हुनेगरी पहल गर्न अधिकांश सदस्यले आग्रह गर्नुभयो।’

Ncell 2
Ncell 2
nimb
nimb

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेर सरकारले ऐतिहासिक काम गरेको नेताहरुले प्रशंसा गरेका थिए। भारतले अतिक्रमण गरेको भूभागका विषयमा अहिले उठेकाले स्थिर सरकार भएकै बेला भूमि फिर्ता ल्याउने गरी लाग्नुपर्ने विषयमा नेताहरूले धारणा राखेको न्यौपानेले भने।

शनिबारको बैठकमा समेत सीमा समस्या र समाधानकै विषयमा नेताहरुले धारणा राखेका थिए। शुक्रबारको बैठकमा ज्ञवाली सहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपानेले धारणा राखेका थिए। बैठकमा एक जना नेतालाई १० मिनेटको समय दिएको थियो।  

चीनले सीमा मिचेको छैन भन्दै ज्ञवाली र भुसालको प्रतिवाद
चीनले सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषि मन्त्री घनश्याम भुसालले कडा प्रतिवाद गरेका थिए। चीनले नेपालको सीमा मिचिएको विषयमा सञ्चार माध्यमले उठाएपछि बैठकमा नेताहरुले ज्ञवाली र भुसाललाई प्रतिप्रश्न गरेका थिए। परराष्ट्र मन्त्री ज्ञवालीले सञ्चार माध्यमले चीनले नेपालको सीमा मिच्यो भनेर गरिएको प्रचारलाई सर्वथा झुटो, भ्रामक नियोजित प्रचार भएको जवाफ दिएका थिए। नेपाल र चीनबीच सीमा विवाद हुँदै नभएको विषय उचालेर भारतसँगको सीमा विवाद गिजोल्न षड्यन्त्र भएको ज्ञवालीले जवाफ दिएका थिए।

यस्तै भुसालले कृषि मन्त्रालयमा नापी शाखा हवाला दिदै चीन र नेपाल सीमा विवादमा कुनै सत्यता नभएको स्पष्टीकरण दिए। ‘सीमा विवाद कृषि मन्त्रालयसंग कुनै नाता सम्बन्ध र साईनो छैन,’ कृषिमन्त्री समेत रहेका भुसालले भने, ‘तर, कृषि मन्त्रालयमा हुँदै नभएको नापी शाखाको हवाला दिएर नेपाल र चीनबीच सीमा विवाद भनेर मिडियामा आयो।’ ज्ञवाली र भुसालले आफ्नो मन्त्रालयबाटै नेपाल चीनबीच सीमा विवादका विषयमा यस अघि नै विज्ञप्ति प्रकाशित गरेर स्पष्ट पारेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपा नेतालाई कसले लगाइदियो कोरोना जन्तर?
शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेकपा नेताहरुले कोरोना जन्तर लगाए। वरिष्ठ नेता माधवकुमार नेपालले जापानबाट ल्याएको कोरोना रोगबाट बच्न कोरोना जन्तर वितरण गरेको र स्थायी कमिटी नेताहरुले सो जन्तर लगाएको नेता मुकुन्द न्यौपानेले बताए। ‘सबै नेताहरुले लगाउनु भएको छैन। केही नेताहरुले यो माला लगाउनु भएको छ। यो लगाएपछि कोरोना लाग्दैन भन्ने सुनेको हो,’ न्यौपानेले भने, ‘केटाकेटी हुँदा धामीले जन्तर लगाईदिन्थे। यो लगायो भने भुत बोक्सी लाग्दैन भन्थे। मैले यसलाई कोरोना जन्तर भन्ने गर्‍या छु।’ कोरोना जन्तर घाममा देखाए काम नगर्ने भएर छोपेर लगाउने गरेको न्यौपाने बताए।

कोरोना जन्तरका साथमा नेकपा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने। तस्बिर : नेपाल लाइभ

पार्टीको बैठक सरकारी निवासमा राख्नु खुलेआम भ्रष्टाचार : कमल थापा
प्रधानमन्त्रीको सरकारी निवासमा नै पार्टीको बैठक राख्नु खुलेआम भ्रष्टाचार भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। बालुवाटारमै राखिएको नेकपा स्थायी कमिटी साधन स्रोतको दुरुपयोग भएको उनको भनाइ छ। थापाले शुक्रबार समाजिक सञ्जाल ट्विटरमा लेखेर प्रधानमन्त्री ओलीको विरोध गरेका हुन्। ‘प्रधानमन्त्रीको सरकारी निवास,कार्यालय र त्यहाकक रहेका सरकारी साधन श्रोतको दुरुपयोग गरी पार्टीको बैठक र कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,’ अध्यक्ष थापाले ट्विट गरेका छन्, ‘अख्तियारको दुरुपयोग हो। राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस्। राज्यको सम्पति रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य हो।’

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  २१:४१
  • #नेकपा-स्थायी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्