• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा स्थायी कमिटी : प्रधानमन्त्री नै नगएपछि सरकारको समीक्षा छाडेर सीमातिर मोडियो छलफल

64x64
वीरेन्द्र ओली शुक्रबार, असार १२, २०७७  २१:४१
1140x725

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमै राखिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली नै अनुपस्थित भए। बुधबार दुई अध्यक्षले आफ्ना कुरा राख्ने र शुक्रबार सदस्यहरूले धारणा राख्ने भनिएपनि बुधबार आफ्ना कुरा राखेर बाहिरिएका प्रधानमन्त्री ओली बिहीबार भने आफ्नै निवास परिसरमा भएको बैठकमा नगएका हुन्। बैठकमा निक्कै बेरसम्म अध्यक्ष ओली नआएपछि महासचिव विष्णु पौडेलले केहीबेरमा आउने आश्वासन दिएका थिए। बिहान ११ बजेर २० मिनेटदेखि सुरु भएको बैठक साढे ४ बजेसम्म ओली बैठकमा पुग्नै भ्याएनन्। 

‘हामीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीज्यू नदेखेपछि किन आउन भएन भनेर सोध्यौँ। महासचिव विष्णु पौडेल कमरेडले उठेर 'कार्यव्यस्तताले आउन भ्याउनु भएन। केही बेरमा आउँछु भन्नुभएको छ' भन्नुभयो त्यसपछि बैठक अघि बढ्यो,’ नेकपा स्थायी कमिटी सदस्य पेशल खतिवडाले भने, ‘तर, बैठक सकिँदासम्म पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री आउँन भ्याउनु भएन। भोलि बस्ने गरी बैठक सकियो।’

बैठकमा आलोचना सुन्नुपर्छ भनेर पार्टी अध्यक्ष एवम प्रधानमन्त्री उपस्थित नभएको हुनसक्ने नेताहरुले लख काटेका छन्। तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बैठकमा उपस्थित नहुने र बैठक सञ्चालन गर्न भन्नु भएको दाबी गरे। बैठकमा उपस्थित नहुनु अन्य कुनै कारण नभएको थापाको दाबी छ। 

यो पनि पढ्नुहोस्

नेकपा बैठकमा सीमा विवाद : तीनपल्ट गरेको वार्ताको प्रयास असफल भएको परराष्ट्रमन्त्रीद्वारा जानकारीशुक्रबार, असार १२, २०७७

शुक्रबारको बैठकमा सरकारको कामबारे समीक्षा गर्ने तय भएको थियो। तर प्रधानमन्त्री तथा अध्यक्ष ओली नै अनुपस्थित भएपछि सो विषयलाई थाती राखेर सीमाबारे बहस सुरु भएको छ। कोरोना भाइरसको संक्रमण न्यूनीकरणमा सरकारले प्रभावकारी काम नगरेको र मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारबारे सरकारको आलोचना हुने भएपछि सरकारको समीक्षा नगरी सीमाबारे बहस गरिएको स्थायी कमिटीका एक जना सदस्यको बुझाइ छ।

'पार्टीकै नेताहरुले सरकारका कदमबारे आलोचना गरिरहेका छन्। यस्तो बेला बैठकमा पनि सरकारको आलोचना हुने नै भयो। बैठकको सुरुवाती चरणमा नै सरकारको आलोचना गर्दा राम्रो सन्देश नजाने भएकाले सरकारको प्रशंशा हुने विषय सीमा रोजिएको हो,' उनले भने, 'बैठकका सुरुवाती चरणमा सरकारको समीक्षा नगरेर यसलाई जानीबुझीकन नै पछि सारिएको हो।' सरकारको आलोचना हुने भएका कारण नै प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएको ती नेताको ठम्याइ छ। प्रधानमन्त्री ओलीले पार्टी बैठक बालुवाटारमै राखेर शुक्रबार उपस्थित नभएको विषयमा पार्टीमा पुनः आलोचना सुरु भएको छ।

सीमा समस्या र समाधानबारे छलफल
शुक्रबारको बैठकमा नेकपा स्थायी कमिटी बैठकको एजेन्डा नेपालको सीमा समस्या र समाधानमा केन्द्रित भई १८ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकको सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हालसम्मका घटनाक्रम विकासबारेमा जानकारी गराएको श्रेष्ठले बताए।

‘बैठकको सुरुमै परराष्ट्र मन्त्रीले सीमाका  विषयमा भई रहेका पहलका विषयमा जानकारी गराउनुभयो। कूटनीतिक संवादद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा भारतसंग पहल गरिरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘तर अहिलेसम्म भारतले वार्ताका निम्ति सरकारात्मक तत्परता देखाइसकेको छैन।’

भारतसँगको सीमा विवादमा कूटनीतिक माध्यमबाटै समाधान खोजिने ज्ञवालीले बताएका थिए। बैठकमा बोल्ने अधिकांश नेताले नेपालका झापादेखि र्दाचुलासम्मको सीमा समस्या समाधान गनै सरकारले पहल गर्नु पर्ने धारणा राखेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले बताए। ‘नेपालको झापाको कचनकवलदेखि दार्चुलाको लिम्पियाधुरालगायतका क्षेत्रसम्म सीमा विवाद छ,’ न्यौपानेले भने, ‘भारतले अतिक्रमित भूगमा सबै फिर्ता लिएर सीमा विवाद सदाका लागि समाधान हुनेगरी पहल गर्न अधिकांश सदस्यले आग्रह गर्नुभयो।’

Ncell 2
Ncell 2

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेर सरकारले ऐतिहासिक काम गरेको नेताहरुले प्रशंसा गरेका थिए। भारतले अतिक्रमण गरेको भूभागका विषयमा अहिले उठेकाले स्थिर सरकार भएकै बेला भूमि फिर्ता ल्याउने गरी लाग्नुपर्ने विषयमा नेताहरूले धारणा राखेको न्यौपानेले भने।

शनिबारको बैठकमा समेत सीमा समस्या र समाधानकै विषयमा नेताहरुले धारणा राखेका थिए। शुक्रबारको बैठकमा ज्ञवाली सहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपानेले धारणा राखेका थिए। बैठकमा एक जना नेतालाई १० मिनेटको समय दिएको थियो।  

चीनले सीमा मिचेको छैन भन्दै ज्ञवाली र भुसालको प्रतिवाद
चीनले सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषि मन्त्री घनश्याम भुसालले कडा प्रतिवाद गरेका थिए। चीनले नेपालको सीमा मिचिएको विषयमा सञ्चार माध्यमले उठाएपछि बैठकमा नेताहरुले ज्ञवाली र भुसाललाई प्रतिप्रश्न गरेका थिए। परराष्ट्र मन्त्री ज्ञवालीले सञ्चार माध्यमले चीनले नेपालको सीमा मिच्यो भनेर गरिएको प्रचारलाई सर्वथा झुटो, भ्रामक नियोजित प्रचार भएको जवाफ दिएका थिए। नेपाल र चीनबीच सीमा विवाद हुँदै नभएको विषय उचालेर भारतसँगको सीमा विवाद गिजोल्न षड्यन्त्र भएको ज्ञवालीले जवाफ दिएका थिए।

यस्तै भुसालले कृषि मन्त्रालयमा नापी शाखा हवाला दिदै चीन र नेपाल सीमा विवादमा कुनै सत्यता नभएको स्पष्टीकरण दिए। ‘सीमा विवाद कृषि मन्त्रालयसंग कुनै नाता सम्बन्ध र साईनो छैन,’ कृषिमन्त्री समेत रहेका भुसालले भने, ‘तर, कृषि मन्त्रालयमा हुँदै नभएको नापी शाखाको हवाला दिएर नेपाल र चीनबीच सीमा विवाद भनेर मिडियामा आयो।’ ज्ञवाली र भुसालले आफ्नो मन्त्रालयबाटै नेपाल चीनबीच सीमा विवादका विषयमा यस अघि नै विज्ञप्ति प्रकाशित गरेर स्पष्ट पारेका थिए। 

नेकपा नेतालाई कसले लगाइदियो कोरोना जन्तर?
शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेकपा नेताहरुले कोरोना जन्तर लगाए। वरिष्ठ नेता माधवकुमार नेपालले जापानबाट ल्याएको कोरोना रोगबाट बच्न कोरोना जन्तर वितरण गरेको र स्थायी कमिटी नेताहरुले सो जन्तर लगाएको नेता मुकुन्द न्यौपानेले बताए। ‘सबै नेताहरुले लगाउनु भएको छैन। केही नेताहरुले यो माला लगाउनु भएको छ। यो लगाएपछि कोरोना लाग्दैन भन्ने सुनेको हो,’ न्यौपानेले भने, ‘केटाकेटी हुँदा धामीले जन्तर लगाईदिन्थे। यो लगायो भने भुत बोक्सी लाग्दैन भन्थे। मैले यसलाई कोरोना जन्तर भन्ने गर्‍या छु।’ कोरोना जन्तर घाममा देखाए काम नगर्ने भएर छोपेर लगाउने गरेको न्यौपाने बताए।

कोरोना जन्तरका साथमा नेकपा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने। तस्बिर : नेपाल लाइभ

पार्टीको बैठक सरकारी निवासमा राख्नु खुलेआम भ्रष्टाचार : कमल थापा
प्रधानमन्त्रीको सरकारी निवासमा नै पार्टीको बैठक राख्नु खुलेआम भ्रष्टाचार भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। बालुवाटारमै राखिएको नेकपा स्थायी कमिटी साधन स्रोतको दुरुपयोग भएको उनको भनाइ छ। थापाले शुक्रबार समाजिक सञ्जाल ट्विटरमा लेखेर प्रधानमन्त्री ओलीको विरोध गरेका हुन्। ‘प्रधानमन्त्रीको सरकारी निवास,कार्यालय र त्यहाकक रहेका सरकारी साधन श्रोतको दुरुपयोग गरी पार्टीको बैठक र कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,’ अध्यक्ष थापाले ट्विट गरेका छन्, ‘अख्तियारको दुरुपयोग हो। राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस्। राज्यको सम्पति रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य हो।’

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  २१:४१
  • #नेकपा-स्थायी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सरकार जेनजी सम्झौता : सुदनलाई मेरो जेठो छोरो भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद ‘ऐतिहासिक रेकर्ड बन्यो, भोलि राजपत्रमा छापिन्छ। यो एउटा बलियो डकुमेन्ट छ। यसले भोलिको परिवर्तनलाई गाइड गर्छ र संविधान बनाउन पनि गाइड... बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र आन्दोलनका प्र... बुधबार, मंसिर २४, २०८२
संविधान असफल भएका वेलाको चुनावले देशलाई संकटमा धकेल्छ : राजेन्द्र लिङ्देन उनले संविधान असफल भइसकेको बताउँदै यस्तो वेला हुने निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने बताए । यही निर्वाचन प्रणाल... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
सरकार जेनजी सम्झौता : सुदनलाई मेरो जेठो छोरो भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता बुधबार, मंसिर २४, २०८२
काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायर बुधबार, मंसिर २४, २०८२
संविधान असफल भएका वेलाको चुनावले देशलाई संकटमा धकेल्छ : राजेन्द्र लिङ्देन बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्