काठमाडौं- प्रदेश २ प्रहरी कार्यालय जनकपुरले तीन प्रहरी अधिकारीलाई निलम्बन गरेको छ। निलम्बन हुनेमा इलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत असई ललित शाह र सोही कार्यालयका जवान दिनेश हजारा र इलका प्रहरी कार्यालय देवाही गोनाही रौतहट दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरीमा कार्यरत असई सञ्जि कुमार झा छन्।
उनीहरु वित्तिय अपराध हुण्डी कारोबारमा संलग्न भएको पाइएकाले निलमबन गरिएको प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए । डिआइजी सिंहले भने, ‘वित्तीय अपराधमा संलग्न भएको पाइएकाले भ्रष्टाचार विरुद्धको सुनय सहनशिलता र आन्तरिक सुद्धिकरण गर्ने नीति अनरुप कारबाही गरिएको हो।’
त्यस्तै असई झाले प्रहरी आचरणविरुद्धको काम गरेकाले पटक पटक सुध्रिने मौका दिँदा पनि आचरणमा सुधार नआएकाले निलम्बन गरिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।