• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसिसीमा नेकपाभित्र तीन धार :  यस्तो छ स्थायी कमिटीको गणित

डिबी खड्का/वीरेन्द्र ओली शुक्रबार, असार १२, २०७७  १३:५८
1140x725

काठमाडौं– अमेरिकी आर्थिक सहयोगमा सञ्चालित ५५ अर्बभन्दा बढीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा नेकपा स्थायी कमिटी बैठकले गर्ने निर्णयलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न थालिएको छ। एक वर्षदेखि पार्टीभित्रै अल्झिएको एमसिसीलाई स्थायी कमिटी बैठकबाटै किनारा लगाउने तयारी नेकपाले गरेको छ।

जारी स्थायी कमिटी बैठकबाट यसले निकास पाउने अपेक्षा धेरैले गरेका छन्। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बैठकको आरम्भमा एमसिसीका विषयमा मौन रहे। उनीहरुको ‘लाइन क्लियर’ भए पनि  मौन बस्नुको अर्थ गुटको आधारमा मत निर्माण नहोस् भन्ने रहेको नेकपा नेताहरुले बुझेको छन्।

अध्यक्षद्वयले यसपल्ट स्थायी कमिटी सदस्यहरुमाझ स्वतन्त्र बहस होस् र त्यसले एउटा निकास निकालोस् भन्ने चाहेको बुझिएको छ। त्यसैले एजेन्डामा समेटिए पनि अध्यक्षद्वयको वक्तव्यमा एमसिसी उच्चारण भएन।

शुक्रबारदेखि स्थायी कमिटीका नेताहरुले एमसिसीका विषयमा आ–आफ्नो धारणा राखिरहेका छन्।

नेकपामा एमसिसीलाई लिएर तीन धार छन्। तीन वटै धारका फरक विचारहरु छन्। देव गुरुङ र लिलामणि पोखरेल अग्रभागमा देखिएको एक समूह एमसिसी पास हुनुहुँदैन भन्ने पक्षमा छ।

पास गर्नुपर्ने कित्तामा स्वयं अध्यक्ष तथा प्रधानमन्त्री ओली छन् र ओली पक्षका अधिकांश नेताहरु पनि सहमत छन्। एमसिसी ‘यथाअवस्था’ मा पारित गर्न नहुने समूहमा सबैभन्दा धेरै नेताहरु छन्। उनीहरुको धारणा संशोधन गरिनुपर्छ भन्ने छ। तर, एमसिसी परियोजना फिर्ता जाँदा हानी हुने पनि देखेका छन्। अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल पनि तेस्रो विचारका पक्षधर हुन्। उनीहरु एमसिसीमा भएका केही कानुनी र व्यवहारिक पक्षलाई संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा छन्। त्यसैले स्थायी कमिटीमा एमसिसीका विषयमा आफ्नो धारणालाई निर्णायक बनाउन तीनै पक्ष लागिपर्ने छन्।

अध्यक्ष ओली समूहका नेताहरुले एमसिसी परियोजना नेपालका हितमा भएकाले फिर्ता जान दिन नहुने विषयमा छलफल चलाइरहेका छन्। अध्यक्ष ओलीका तर्फबाट ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल पास हुनुपर्ने पक्षमा आवाज मुखरित गर्नेछन्। स्थायी कमिटीमा उनीहरुको बटमलाइन फिर्ता जान दिन नहुने भन्ने रहने एक नेता बताउँछन्। ‘एमसिसीका विषयमा पार्टी स्पष्ट हुनुपर्छ। यसलाई फिर्ता जान दिँदा आगामी सहयोगका लागि समस्या हुन सक्छ,’ ती नेता भन्छन्।

प्रचण्ड–नेपाल पक्षले एमसिसीलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई गलाउने अस्त्रका रुपमा प्रयोग गरिरहेको बुझाइ केही ओली पक्षका नेताहरुको छ। त्यसैले संशोधन गरेर वा अहिलेकै अवस्थामा भन्ने विषयमा ओली समूह स्थायी कमिटीको बैठकमा मौन रहने नीति लिने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संशोधन गरेर पास गर्ने पक्षमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूह छ। तर, अध्यक्ष प्रचण्डले यस विषयमा नबोल्ने संकेत गरिसकेका छन्। प्रचण्ड–नेपालको धारणा स्पष्ट भएकाले थप बोल्न जरुरी नरहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन्। उनले भने, ‘प्रचण्ड–नेपाल नबोले पनि कुरा स्पष्ट छ। अमेरिकाको सहयोग लिनै नहुने भन्ने पक्षमा उहाँहरु हुनुहुन्न। तर, यथास्थितिमा एमसिसी स्वीकार्न सकिदैन।’

त्यसैले संशोधनसहित पास हुनुपर्ने विषयमा बलियो ढंगले वरिष्ठ नेता खनाल र  भीम रावल प्रस्तुत हुनेछन्। एमसिसीलाई अध्ययन गर्न बनेको कार्यदलका खनाल संयोजक र रावल सदस्य थिए। एमसिसी सम्झौता र यससँग जोडिएका सहायक सम्झौताको बृहत् अध्ययनपछि हामी एमसिसी जस्ताको त्यस्तै पारित हुन सक्दैन भन्ने निष्कर्षमा आफूहरु पुगेको खनाल बताउँछन्। उनी भन्छन्, ‘जस्ताको त्यस्तै पारित हुन हामी कुनै पनि हालतमा दिँदैनौं।’

स्थायी कमिटीमा एमसिसी निर्णायक तहमा पुग्दा खनाल–रावलले प्रस्तुत गर्ने मध्यमार्गी विचार बलियो देखिन्छ। जसरी पनि पास गर्नुपर्ने विचार राख्ने अध्यक्ष ओली समूहका ११ जना छन् भने अर्को समूहका तीनजना मन्त्री पनि एमसिसी पास गर्नुपर्ने पक्षमा छन्। कुनै पनि हालतमा पास हुन नहुने पक्षमा ७ जना मात्रै छन्। यस्तो हुँदा संशोधन गरेर पास गर्नुपर्नेमा चाहिँ २४ जना हुनेछन्।

सहमति नभए बहुमतबाट भए पनि यही स्थायी कमिटीको बैठकले निर्णय गर्नुपर्ने अधिकांश नेताहरुको भनाइ छ। स्थायी कमिटी सदस्य मणि थापाले निर्णय जस्तो भएपनि अनिर्णयको बन्दीचाहिँ हुन नहुने बताए। ‘एमसिसीलाई लिएर पार्टीमा लामो समय बहस र छलफल भयो। अब धेरै लम्ब्याएर काम छैन,’ थापाले भने, ‘यही बैठकबाट एमसिसीलाई टुंगो लगाउनेगरी जानुपर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमसिसी संसदबाट जस्ताको त्यस्तै पारित हुने सम्भावना कम भएकाले दुई विकल्प मात्रै भएको नेता खनाल बताउँछन्। ‘एमसिसी संशोधन नगरी कुनै हालतमा संसदबाट पारित गर्न दिँदैनौं।’ 

यही विचारका पक्षमा बहुमत स्थायी कमिटी सदस्य भएका कारण ओली समूहले विकल्प खोज्ने देखिन्छ। सरकारले संसदबाट पारित हुने समयावधि बढाउन अमेरिकासँग आग्रह गर्नेतर्फ कदम चालिसकेको बुझिएको छ।

अमेरिकाले समेत एमसिसीलाई प्राथमिकतामा राखेको छ। यही विषयमा बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच टेलिफोनमा कुराकानी भएको छ। संशोधन गर्न आग्रह गर्दा अमेरिकाले स्वीकार्न सक्ने संकेत सरकारलाई मिलेको बुझिएको छ। कार्यदलले संशोधनका लागि सिफारिस गरेका प्रावधान सच्याउन एमसिसीलाई पत्र लेख्ने बाटोले नेकपालाई एमसिसीको भुलभुलैयाबाट बाहिर ल्याउन सक्छ। तर, प्रधानमन्त्री ओली पक्ष कसरी प्रस्तुत हुन्छ? त्यो दृष्यले एमसिसीको भविष्य तय गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:५८
  • #स्थायी_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसं... शनिबार, कात्तिक ७, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्