• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसिसीमा नेकपाभित्र तीन धार :  यस्तो छ स्थायी कमिटीको गणित

डिबी खड्का/वीरेन्द्र ओली शुक्रबार, असार १२, २०७७  १३:५८
1140x725

काठमाडौं– अमेरिकी आर्थिक सहयोगमा सञ्चालित ५५ अर्बभन्दा बढीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा नेकपा स्थायी कमिटी बैठकले गर्ने निर्णयलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न थालिएको छ। एक वर्षदेखि पार्टीभित्रै अल्झिएको एमसिसीलाई स्थायी कमिटी बैठकबाटै किनारा लगाउने तयारी नेकपाले गरेको छ।

जारी स्थायी कमिटी बैठकबाट यसले निकास पाउने अपेक्षा धेरैले गरेका छन्। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बैठकको आरम्भमा एमसिसीका विषयमा मौन रहे। उनीहरुको ‘लाइन क्लियर’ भए पनि  मौन बस्नुको अर्थ गुटको आधारमा मत निर्माण नहोस् भन्ने रहेको नेकपा नेताहरुले बुझेको छन्।

अध्यक्षद्वयले यसपल्ट स्थायी कमिटी सदस्यहरुमाझ स्वतन्त्र बहस होस् र त्यसले एउटा निकास निकालोस् भन्ने चाहेको बुझिएको छ। त्यसैले एजेन्डामा समेटिए पनि अध्यक्षद्वयको वक्तव्यमा एमसिसी उच्चारण भएन।

शुक्रबारदेखि स्थायी कमिटीका नेताहरुले एमसिसीका विषयमा आ–आफ्नो धारणा राखिरहेका छन्।

नेकपामा एमसिसीलाई लिएर तीन धार छन्। तीन वटै धारका फरक विचारहरु छन्। देव गुरुङ र लिलामणि पोखरेल अग्रभागमा देखिएको एक समूह एमसिसी पास हुनुहुँदैन भन्ने पक्षमा छ।

पास गर्नुपर्ने कित्तामा स्वयं अध्यक्ष तथा प्रधानमन्त्री ओली छन् र ओली पक्षका अधिकांश नेताहरु पनि सहमत छन्। एमसिसी ‘यथाअवस्था’ मा पारित गर्न नहुने समूहमा सबैभन्दा धेरै नेताहरु छन्। उनीहरुको धारणा संशोधन गरिनुपर्छ भन्ने छ। तर, एमसिसी परियोजना फिर्ता जाँदा हानी हुने पनि देखेका छन्। अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल पनि तेस्रो विचारका पक्षधर हुन्। उनीहरु एमसिसीमा भएका केही कानुनी र व्यवहारिक पक्षलाई संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा छन्। त्यसैले स्थायी कमिटीमा एमसिसीका विषयमा आफ्नो धारणालाई निर्णायक बनाउन तीनै पक्ष लागिपर्ने छन्।

अध्यक्ष ओली समूहका नेताहरुले एमसिसी परियोजना नेपालका हितमा भएकाले फिर्ता जान दिन नहुने विषयमा छलफल चलाइरहेका छन्। अध्यक्ष ओलीका तर्फबाट ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल पास हुनुपर्ने पक्षमा आवाज मुखरित गर्नेछन्। स्थायी कमिटीमा उनीहरुको बटमलाइन फिर्ता जान दिन नहुने भन्ने रहने एक नेता बताउँछन्। ‘एमसिसीका विषयमा पार्टी स्पष्ट हुनुपर्छ। यसलाई फिर्ता जान दिँदा आगामी सहयोगका लागि समस्या हुन सक्छ,’ ती नेता भन्छन्।

प्रचण्ड–नेपाल पक्षले एमसिसीलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई गलाउने अस्त्रका रुपमा प्रयोग गरिरहेको बुझाइ केही ओली पक्षका नेताहरुको छ। त्यसैले संशोधन गरेर वा अहिलेकै अवस्थामा भन्ने विषयमा ओली समूह स्थायी कमिटीको बैठकमा मौन रहने नीति लिने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संशोधन गरेर पास गर्ने पक्षमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूह छ। तर, अध्यक्ष प्रचण्डले यस विषयमा नबोल्ने संकेत गरिसकेका छन्। प्रचण्ड–नेपालको धारणा स्पष्ट भएकाले थप बोल्न जरुरी नरहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन्। उनले भने, ‘प्रचण्ड–नेपाल नबोले पनि कुरा स्पष्ट छ। अमेरिकाको सहयोग लिनै नहुने भन्ने पक्षमा उहाँहरु हुनुहुन्न। तर, यथास्थितिमा एमसिसी स्वीकार्न सकिदैन।’

त्यसैले संशोधनसहित पास हुनुपर्ने विषयमा बलियो ढंगले वरिष्ठ नेता खनाल र  भीम रावल प्रस्तुत हुनेछन्। एमसिसीलाई अध्ययन गर्न बनेको कार्यदलका खनाल संयोजक र रावल सदस्य थिए। एमसिसी सम्झौता र यससँग जोडिएका सहायक सम्झौताको बृहत् अध्ययनपछि हामी एमसिसी जस्ताको त्यस्तै पारित हुन सक्दैन भन्ने निष्कर्षमा आफूहरु पुगेको खनाल बताउँछन्। उनी भन्छन्, ‘जस्ताको त्यस्तै पारित हुन हामी कुनै पनि हालतमा दिँदैनौं।’

स्थायी कमिटीमा एमसिसी निर्णायक तहमा पुग्दा खनाल–रावलले प्रस्तुत गर्ने मध्यमार्गी विचार बलियो देखिन्छ। जसरी पनि पास गर्नुपर्ने विचार राख्ने अध्यक्ष ओली समूहका ११ जना छन् भने अर्को समूहका तीनजना मन्त्री पनि एमसिसी पास गर्नुपर्ने पक्षमा छन्। कुनै पनि हालतमा पास हुन नहुने पक्षमा ७ जना मात्रै छन्। यस्तो हुँदा संशोधन गरेर पास गर्नुपर्नेमा चाहिँ २४ जना हुनेछन्।

सहमति नभए बहुमतबाट भए पनि यही स्थायी कमिटीको बैठकले निर्णय गर्नुपर्ने अधिकांश नेताहरुको भनाइ छ। स्थायी कमिटी सदस्य मणि थापाले निर्णय जस्तो भएपनि अनिर्णयको बन्दीचाहिँ हुन नहुने बताए। ‘एमसिसीलाई लिएर पार्टीमा लामो समय बहस र छलफल भयो। अब धेरै लम्ब्याएर काम छैन,’ थापाले भने, ‘यही बैठकबाट एमसिसीलाई टुंगो लगाउनेगरी जानुपर्छ।’

एमसिसी संसदबाट जस्ताको त्यस्तै पारित हुने सम्भावना कम भएकाले दुई विकल्प मात्रै भएको नेता खनाल बताउँछन्। ‘एमसिसी संशोधन नगरी कुनै हालतमा संसदबाट पारित गर्न दिँदैनौं।’ 

यही विचारका पक्षमा बहुमत स्थायी कमिटी सदस्य भएका कारण ओली समूहले विकल्प खोज्ने देखिन्छ। सरकारले संसदबाट पारित हुने समयावधि बढाउन अमेरिकासँग आग्रह गर्नेतर्फ कदम चालिसकेको बुझिएको छ।

अमेरिकाले समेत एमसिसीलाई प्राथमिकतामा राखेको छ। यही विषयमा बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच टेलिफोनमा कुराकानी भएको छ। संशोधन गर्न आग्रह गर्दा अमेरिकाले स्वीकार्न सक्ने संकेत सरकारलाई मिलेको बुझिएको छ। कार्यदलले संशोधनका लागि सिफारिस गरेका प्रावधान सच्याउन एमसिसीलाई पत्र लेख्ने बाटोले नेकपालाई एमसिसीको भुलभुलैयाबाट बाहिर ल्याउन सक्छ। तर, प्रधानमन्त्री ओली पक्ष कसरी प्रस्तुत हुन्छ? त्यो दृष्यले एमसिसीको भविष्य तय गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:५८
  • #स्थायी_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा पौडेलले पार्टीको जनतासँगको... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा धारणाा राख्ने क्रम सुरु हुनेछ । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्