काठमाडौं-गत वर्षको तुलनामा यस वर्ष मनसुन चाँडो सुरु भएका कारण धान रोपाइँ चाँडो सुरु भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार असार १० गते सम्ममा २० प्रतिशत रोपाइँ सकिएको छ।
बुधबारसम्मको रोपाइँकाे तथ्यांक हेर्दा गतवर्षको सोही अवधिको तुलनामा ८ दशमलव ४१ प्रतिशत बढी रोपाइँ भएको देखिन्छ। गत वर्ष यही समयमा ११ दशमलब ६५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। मन्त्रालयकाअनुसार बुधबारसम्म २ लाख ७५ हजार क्षेत्रफल जमिनमा धान रोपाइँ सकिएको छ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै कर्णाली प्रदेशमा ३६ दशमलब २६ प्रतशित र सबैभन्दा कम प्रदेश १ मा १० दशमलब ४१ प्रतिशत रोपाइँ सकिएको छ। त्यस्तै, सुदूर पश्चिम प्रदेशमा २१ दशमलब ४६, कर्णाली प्रदेशमा २० दशमलब ११, बागमति प्रदेशमा १८ दशमलब ६८, प्रदेश २ मा १५ दशमलब ५३ र गण्डकी प्रदेशमा १३ दशमलब ७२ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ।
भौगोेलिक अवस्थाअनुसार रोपाइँकाे अवस्था हेर्दा सबैभन्दा धेरै उच्च पहाडी क्षेत्रमा २६ दशमलब ७ प्रतिशत, मध्यपहाडी क्षेत्रमा २० दशमलब ७ प्रतिशत र तराई क्षेत्रमा १९ दशमलब ७५ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।