काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थितबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, म्याग्जिनमा लोड भएको गोली ३ राउण्डसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका–६ घर भएका २७ वर्षीय रोशन राई छन्। विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–१५ स्थित घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा निजले प्रयोग गरेको मोटरसाइकल सोही नगरपालिकास्थित रामहंस मार्गमा पार्किङ गरी राखेको खुल्न आएपछि उक्त मोटरसाइकल जाँच गर्दा सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा उक्त हातहतियार प्रहरीले फेला पारेको हो।
राई उपर जिल्ला अदालत सुनसरीबाट हातहतियार खरखजाना मुद्दामा ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।