काठमाडौं- दाङ प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ पाले बस्ने २६ वर्षीय माछे नेपाली भनिने साजन नेपाली छन्।
गएराति १० बजे गंगाराम नेपालीको घरमा बस्ने माछेले हतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित उनलाई पक्राउ गरेको हो। उनले लुकाएर राखेको भरुवा बन्दुक १ थान, कटुवा पेस्तोद १ थान, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा २१० थान बरामद गरिएको दाङ प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा १३२ मा इजाजत बिना हातहितयार राख्न तथा लिएर हिँड्न नहुने उल्लेख छ। उनले कानूनी विपरित हतियार राखेको पाइएकाले सोही कुसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको दाङका डिएसपी सुमित खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।