काठमाडौं- कीर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सञ्चालन गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका–१ बस्ने २२ वर्षीय नादिर साहलाई प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–१३ बस्ने चितवन भरतपुर महानगरपालिका-६ की मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय वीरगञ्जमा रहेको खाताको सञ्चालन गरी पटक पटक गरी ३ लाख रुपैयाँ अन्य बैंकको खातामा ट्रान्सफर भएको थियो।
घटनामा अनुसन्धान गर्दा नादिरको खातामा रकम ट्रान्सफर भएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ।
उनीमाथि ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।