काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित एक्लो चौतारा नजिकबाट अवैध लागूऔषध गाँजा र जंगली जनावरका अंगसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा को २ ह ५४४७ नम्बरको ट्याम्पोका चालक धनकुटा सहिदभुमी गाँउपालिका–१ छिन्ताङ घर भई सुनसरी धरान उपमहानगरपालिका–११ सिमाना चोक बस्ने २९ वर्षीय नन्दीमान राई, सोही ठाउँ घर भई हाल धरान उपमहानगरपालिका–११ मंगलबारे डेरा गरी बस्ने १९ वर्षीय दिनेश भन्ने सबिन राई र उदयपुर कटारी नगरपालिका–२ ताप्ली घर भई सुनसरी धरान उपमहानगरपालिका–११ मंगलबारे डेरा गरी बस्ने २० वर्षीय सागर राई रहेका छन्।
विष्णुपादुकाबाट धरानतर्फ यात्रु लिई जाँदै गरेको उक्त ट्याम्पोलाई शंका लागि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्दा यात्रु बस्ने सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा करिब २ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाँख १८ वटा, जंगली जनवार घोरलको सिङ जस्तो देखिने साना सिङ ४ वटा, कस्तुरीको सिङ जस्तो देखिने छाला सहितको २ वटा सिङ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।