काठमाडौं–तत्कालीन सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) का मोस्ट वान्टेड एक अभियुक्त पक्राउ परेका छन्।
बाँके जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौतीजस्ता अपराधमा संलग्न भएका धर्मा सिंह भनेर चिनिने राजेश यादव पक्राउ परेका हुन्।
बाँकेको डडुवा गाउँपालिका-३ का ३१ वर्षीय धर्मालाई जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार बिहान ३ बजे पक्राउ गरेको हो। सोमबार भारतबाट लुकिछिपी आफ्नो घरमा आएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट तरबार १ थान तथा चक्कु १ थान बरामद गरेको छ। उनी विभिन्न किसिमका दर्जनभन्दा बढी अपराधमा संलग्न भइ फरार हुँदै आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।