• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के हुन् नेकपा स्थायी कमिटी बैठकका एजेन्डा?

64x64
वीरेन्द्र ओली सोमबार, असार ८, २०७७  १४:३९
1140x725
फाइल फोटो: नेकपा स्थायी कमिटी

काठमाडौं- नेकपा स्थायी कमिटी बैठक दुई पटकसम्म स्थगित भई असार १० गते बस्न लागेकाले नेताहरुमा चासो बढेको छ। गत मंसिर २९ पछि पहिलो पटक बस्न लागेको हो। यसबीचमा धेरै घटना चर्चामा आएकाले पनि बैठकमा प्रस्तुत हुने एजेन्डा चासोको विषय बनेको छ।

बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्ने राजनीतिक दस्तावेजलाई नेताहरुले केन्द्रमा राखेर हेर्ने भएका छन्। अध्यक्षद्वयले चित्त बुझ्दो दस्तावेज ल्याउन नसके स्थायी कमिटीका नेताहरुले फरक दस्तावेज ल्याउने चेतावनी दिइसकेका छन्। पार्टी नेताहरुलाई चित्त बुझ्दो दस्तावेज ल्याउनुपर्ने चुनौती अध्यक्षद्वयलाई छ।

बैठकमा कुन-कुन एजेन्डा हुने भन्ने विषयमा जानकारी नभए पनि समसामायिक विषयमा हुने भनिएको नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), कोरोना भाइरस नियन्त्रणमा सरकारले खेलेको भूमिका, सरकार ल्याएको बजेटको समीक्षा, नयाँ नक्सा जारी भएपछिको राजनीतिक तरंग लगायतका विषयमा छलफल हुने एक सचिवालय सदस्यको भनाई छ।

यस्तै बैठकको एजेन्डामा नसमेटिए पनि पार्टी विधान बमोजिम एक व्यक्ति एक पदको एजेन्डा कतिपय नेताहरुले उठाउने तयारी गरेका छन्। एमसिसी र सरकारको कामको आलोचना नै मुख्य विषय हुने कतिपय नेतहरुको बुझाइ छ।

यसअघि २० स्थायी कमिटी नेताहले २५ वैशाखमा अध्यक्ष प्रचण्डलाई भेटेर बैठकका एजेन्डाहरु बुझाएका थिए। तर, ३१ वैशाखको स्थायी कमिटी बैठक नै स्थगित भएपछि ती एजेन्डा सेलाएका थिए। त्यतिबेला समेटिएका कतिपय एजेन्डा असार १० मा बस्ने बैठकमा उठ्न सक्ने आकलन गरिएको छ। त्यतिबेला तयार एजेन्डमा एमसिसी, एक व्यक्ति एक पद, दललाई फुटाउन सजिलो हुनेगरी ल्याएको अध्यायदेश, कोरोना नियन्त्रणमा सरकार असफल हुनुका साथै मन्त्रीहरु नै अनियमिततामा मुछिएको विषय थिए।

एक दिनको स्थायी कमिटी बैठक नमान्ने 
स्थायी कमिटी बैठक असार १० गते ११ बजे बालुवाटारमा बस्ने तयारी गरिएको  नेकपा कार्यालय सचिव रिजालले बताए। ‘हामीलाई असार १० गते बिहान ११ बजे बस्ने जानकारी दिएको छ’, रिजालले भने, ‘तर, बैठक एक दिन हो कि दुई दिन केही भनिएको छैन।’

नेताहरुले स्थायी कमिटी बैठक एक दिनले मात्रै समय नपुग्ने बताएका छन्। एक दिनको स्थायी कमिटी बैठकको कुनै अर्थ नहुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्। ‘बैठकमा बोल्नुपर्ने विषयहरु धेरै छन्। हाम्रा कुरा नेतृत्व तहमा भएका नेताज्यूहरुले सुन्नुपर्छ’, शाक्यले भनिन्, ‘एक दिन बैठक राखेर झारा टार्न खोजिए मानिदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा सबै नेताहरुले एकएक गरी आ–आफ्ना धारणा राख्न पाउनुपर्ने शाक्यको भनाई छ।

२० स्थायी कमिटी सदस्यको आफ्नै रणनीति
स्थायी कमिटी बैठक बोलाउन २० जना नेताहरुले अध्यक्ष ओली प्रचण्डलाई पत्रै लेखेर माग गरे। पार्टीमा विवाद बढ्दै गएकाले छलफल गर्नुपर्ने भन्दै प्रचण्ड र नेपाल समूहका स्थायी कमिटी नेताहरुले पत्र लेखेर बैठक बोलाउन दबाब दिए। नेताहरुकै दबाबमा नेकपाले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलायो। तर अघिल्लो दिन मोबाइल सन्देश मार्फत बैठक स्थगित गरिएको सूचना दिइयो।

बैठक स्थगित भए लगतै १८ स्थायी कमिटी नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरी एजेन्डाहरु तय गरेर प्रचण्डलाई बुझाए। फेरि वैशाख ३१ गते स्थायी कमिटी बैठक बोलाइए पनि सबै नेताको पिसीआर टेष्ट नभएको भन्दै स्थागित गरियो।

आगामी असार १० गते बोलाएको स्थायी कमिटी बैठकका लागि कुनै तयारी नगरिएको नेता मणि थापाले बताए। ‘यसअघि स्थायी कमिटीमा कुनकुन एजेन्डा लग्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बाहिर आएको पनि थियो’,  थापाले भने, ‘अब बस्ने स्थायी कमिटी बैठकमा पेश हुने एजेन्डा विषयमा छलफल भएको छैन।’

अध्यक्षद्वयको दस्तावेजमा पेश भएका एजेन्डाका आधारमा रणनीति बनाइने एक स्थायी कमिटी सदस्यले बताए। ‘अझै स्थायी कमिटी बैठक बस्ने समय आइसकेको छैन। बैठकमा केके एजेन्डा ल्याउँछन् त्यो बुझ्छौं’, ती स्थायी कमिटी सदस्यले भने, ‘यदि अध्यक्षहरुबाटै चित्त बुझ्दो एजेन्डा पेश नभए अर्को दस्तावेज समेत पेश हुन सक्छ।’

सचिवालय र स्थायी कमिटीमा एमसिसीको पक्ष-विपक्ष
एमसिसीको विषयमा नेकपाका नेताहरु स्पष्ट देखिने गरी पक्ष विपक्षमा विभाजित भएका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल एमसिसी संशोधन नगरेरै तत्काल संसदबाट पारित हुनुपर्ने अडानमा छन्। एमसिसी पक्षमा माहोल बनाउन प्रधानमन्त्री ओली सहित सचिवालय सदस्य पोखरेल र पौडेल लगायत नेताहरु तीव्र रुपमा लागेका छन्।

एमसिसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। उनीहरु एमसिसीको विषयमा पार्टी कमिटीले निर्णय गरेर संसदबाट पारित गर्नुपर्ने अडानमा छन्। 

सचिवालयका ९ मध्ये तीनजना मात्रै ओली समूहका नेता भएकाले एमसिसीमा विषयमा सो पक्षले सचिवालयबाट आफू अनुकुल निर्णय गर्न सक्ने अवस्था छैन। ओलीले एमसिसीमा आफ्नो बहुमत देखाउन थापा र श्रेष्ठलाई फकाइरहेका छन्। थापालाई बढुवा गरेर उप्रधानमन्त्रीको लोभ देखाइएको छ भने श्रेष्ठलाई मन्त्रीको आशा देखाइएको छ। तर, श्रेष्ठ र थापाले एमसिसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने अडान लिएका छन्।

यस्तै स्थायी कमिटीमा ४५ जनामध्ये ओली समूहका ११ जना, प्रचण्ड समूहका १७ जना र नेपालव समूहका १२ जना छन्। स्थायी कमिटीमा पनि ओली समूह समेत स्पष्टै अल्पमतमा छ। सचिवालयमा जस्तै स्थायी कमिटीमा पनि प्रचण्ड-नेपाल समूहका नेताहरु एमसिसीको विपक्षमा उभिएका छन्। सचिवालयदेखि स्थायी कमिटीसम्म प्रचण्ड-नेपाल समूहका नेताहरु एक ठिक्का भएकाले ओलीले फकाएर आफ्नो पक्षमा ल्याउन कठिन देखिएको छ।

ओलीले पार्टीको निर्णयलाई लत्याएर एमसिसी संसदबाट पारित गराउन सक्ने अवस्था छैन।

ओली समूह 
१. केपी शर्मा ओली (अध्यक्ष)
२. ईश्वर पोखरेल
३. पृथ्वीसुब्बा गुरुङ
४. शंकर पोखरेल
५. सत्यनारायण मण्डल 
६.सुवास नेम्वाङ
७. किरण गुरुङ
८. प्रदीप ज्ञवाली
९. छविलाल विश्वकर्मा
१०. विष्णु रिमाल
११ रघुविर महासेठ
  
नेपाल समूह
१ माधवकुमार नेपाल 
२. भीम रावल
३. अष्टलक्ष्मी शाक्य
४. युवराज ज्ञवाली
५. घनश्याम भुसाल
६. भीम आचार्य
७. गोकर्ण विष्ट
८. योगेश भट्टराई
९. सुरेन्द्र पाण्डे
१०. रघुजी पन्त
११. बेदुराम भुसाल
१२ मुकुन्द न्यौपाने

प्रचण्ड समूह
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अध्यक्ष)
२. नारायणकाजी श्रेष्ठ (प्रवक्ता)
३. देव गुरुङ
४. टोपबहादुर रायमाझी
५. गिरिराजमणि पोखरेल
६. हरिबोल गजुरेल
७. वर्षमान पुन
८. शक्ति बस्नेत
९. जनार्दन शर्मा
१०. पम्फा भुसाल
११. मातृका यादव
१२. गणेश साह
१३. लेखराज भट्ट
१४. देवेन्द्र पौडेल
१५. चक्रपाणि खनाल
१६. लीलामणि पोखरेल
१७. मणि थापा

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १४:३९
  • #स्थायी_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बालबालिकालाई प्रधानमन्त्रीको आग्रह- आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिकौं कृष्ण जन्माष्टमीका अवसरमा फेसबुक पोस्टमार्फत जलवायु परिवर्तनको ठूलो असर हिमालय क्षेत्रमा परिसकेको र नेपालमाथि हालै आइपरेको विपद्को व... शुक्रबार, भदौ १९, २०८३
आफ्नो उपस्थितिमाथि आलोचना भएपछि गृहमन्त्रीले भने– ‘म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्’ शुक्रबार उनले सामाजिक सञ्जालमार्फत ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेस... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता, के भयो कुराकानी? बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद गर्दै नेप... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्