• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक : संशोधन र थप भए यी १५ व्यवस्था

64x64
डिबी खड्का आइतबार, असार ७, २०७७  २१:२६
1140x725

काठमाडौं- नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको छ। २०७५ भदौ ५ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको विधेयक आइतबार बहुमतबाट पारित भएको हो।

नेपाली नागरिकसँग विवाह गरेर नेपाल आएकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकताका विषयमा राष्ट्रिय सहमति खोज्नमा मात्रै समितिले एक वर्ष खर्च गर्‍यो। तर, सहमति हुन नसकेपछि नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीको असहमतिका बाबजुद बहुमतबाट पारित भएको छ। 

संविधान अनुकुल र समय सापेक्ष बनाउन सरकारले ल्याएको विधेयकमा ६९ सांसदले एक सय दुई संशोधन प्रस्ताव दर्ता गराएका थिए। त्यसमध्ये विवाहित अंगीकृतको विषय पनि एक थियो। अन्य विषयमा सहमति भएपनि यसमा सहमति जुटाउन समितिलाई सकस पर्‍यो। समितिको सचिवालयले ल्याएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विषयमा सत्तारुढ दल नेकपाले सहमति जनाएपछि बहुमतले पारित भयो। कांग्रेस र जसपा भने नेपाल नागरिकता ऐन, २०६३ कै प्रावधानका पक्षमा उभिए। जहाँ महिलालाई वैवाहिक अंगीकृत नागरिकता लिन कुनै समयावधि तोकिएको छैन। 

नागरिकता विधेयकमा यसबाहेक पनि विभिन्न संशोधन भएका छन्। केही प्रावधान नागरिकता ऐन, २०६३ भन्दा फरक समेत थपिएका छन्। 

नागरिकता विधेयकका १५ नयाँ व्यवस्था
वैवाहिक अंगीकृत नागरिकताको विषय सबैभन्दा बढी विवादित भयो र विवाद टुंग्याउन समितिले लामो समय खर्च समेत गर्‍यो। समिति र संसदमा बहुमत भएको नेकपाले समर्थन गरेका कारण ७ वर्षसम्म नेपाली नागरिसँग विवाह गरेर आएकी विदेशी महिलालाई नागरिकता नदिने व्यवस्था नयाँ नेपाल नागरिकता ऐनमा पाइनेछ। नागरिकता विकल्पमा राजनीतिक अधिकार नभएको आवासीय कार्डको व्यवस्था गरिएको छ। 

तर, उक्त विधेयकमा अन्य १४ नयाँ व्यवस्था संशोधन गरेर थपिएका छन्। अन्य १४ प्रावधानमा भने सबै दल एकमत छन्। त्यसैले ऐनमा यी विषय नै रहने पक्कापक्की जस्तै छ। 

मूल ऐन (नागरिकता ऐन २०६३) को दफा ३ मा संशोधन गरी उपदफा ४, ५, ६, ७ र ८ थपिएका छन्। जसमध्ये उपदफा ४ मा २०६५ साल मंसिर ९ गतेभित्र निवेदन दिई नेपालको संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने उसको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ। 

यसैगरी उपदफा ५ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ तर बाबु विदेशी नागरिक भएको व्यक्तिले अंगीकृत नागरिकता प्राप्त गर्ने सहमति समितिले जुटाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उपदफा ५ बमोजिम नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी रहेको ठहर भएमा उसले वंशजका आधारमा लिएको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ। निजले बाबुको नागरिकताका आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरेमा उक्त नागरिकतालाई अंगीकृत नागरिकतामा परिणत गरिने प्रावधान राखिएको छ। 

नेपालभित्र फेला परेको तर पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिले वंशजको आधारमा नागरिकता लिने व्यवस्था छ। बाबु वा आमा पत्ता लागेपछि यदि वंशजको आधारमा नागरिकता दिन सकिने भएमा कायम राख्ने, अंगीकृत हुने भएमा अंगीकृत बनाउने र नेपाली नागरिक नै नहुने अवस्था भएमा रद्द गर्ने सहमति भएको छ। 

यसैगरी बाबुको पहिचान नभएको व्यहोरा उल्लेख भएकामा त्यस्तो नागरिकता प्राप्त गर्ने व्यक्तिको बाबुको नाम रहेको महलमा कुनै व्यहोरा उल्लेख नगरी नागरिकताको प्रमाणपत्र लिन सकिने व्यवस्था गरिएको छ। 

सार्कबाहेकका देशमा बसोबास गरेको र विगतमा वंशज र जन्मका आधारमा बाबु वा आमा वा बाजेबज्यैले नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक, अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

Xtrem

Xtrem

मूल ऐनको दफा ७ (क) र विधेयकको दफा ५ मा रहेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्थामा उपदफा ३ थप्ने भनिएको छ। यो प्रावधानअनुसार नागरिकता पाउने व्यक्तिले नेपालमा बोलिने कुनै मातृभाषा बोल्न जानेको हुनुपर्ने उल्लेख छ। 

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा बाबु र आमा नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था छ। समितिले उपनाम वा आफ्नो समुदायभित्रको कुनै थर राखेरसमेत नागरिकता लिन पाउने व्यवस्था पनि भएको छ। 

नागरिकतामा भएको त्रुटीमा उमेर सच्याउन चाहनेले नागरिकता जारी भएको एक वर्षभित्र एकपटकका लागि सच्याउन सक्नेछ भने अन्य विवरण पनि एकपटक सच्याउन सकिने गरी विधेयक संशोधन भएको छ। विधेयकमा नागरिकताको लिङ्ग उल्लेख भएको महलमा महिला, पुरुष वा अन्य मात्रै उल्लेख हुनुपर्ने कुरामा संशोधन गरी तेस्रो लिङ्गीको लैङ्गिक पहिचान समेत खुलाउनुपर्ने व्यवस्था समितिले गरेको छ। 

अब विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गरी माइतीकै थर, वतन वा अन्य विवरण राख्न पाइने भएको छ। पहिलेको नागरिकता झिकेर नयाँ दिइने व्यवस्था गरिएको छ। 

विदेशी नागरिकसँग विवाह गरेको नेपाली नागरिकका हकमा पति वा पत्नीको देशको नागरिकतासरहको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएका भए वा त्याग गरेको प्रमाणको आधारमा नागरिकता पाउने व्यवस्था थपिएको छ। 

नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको आमाले स्वघोषणा गरेपछि छोराछोरीले नागरिकता पाउने, आमाको पनि मृत्यु भइसकेको वा होस ठेगाना नभएको अवस्थामा नागरिकता लिने व्यक्तिले स्वघोषणा गरेका आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ। 

बालमन्दिर, अनाथालयजस्ता सरकारबाट मान्ता प्राप्त संस्थामा हुर्केकालाई त्यस्तो संस्था सिफारिस र सोको आधारमा स्थानीय तहले गरेको सिफारिसमा नागरिकता दिइने व्यवस्था पनि संशोधनबाट गरिएको छ। 

छलफलमै सीमित ‘ज्वाइँ नागरिक’
नेपाली महिलासँग विवाह गरेर आएका विदेशी पुरुषलाई नागरिकता दिने वा नदिने भन्ने विषयमा धेरै छलफल भयो। यो विषयलाई लिएर महिला अधिकार क्षेत्रमा काम गर्नेहरुले धेरै बहस गरे। समिति सचिवालयले समेत उक्त विषयलाई कानुनमा समेट्ने प्रयास अन्तिम समयमसम्म गर्‍यो। 

तर, समितिका केही सदस्यहरुको तीव्र विरोध र कानुनविदहरुले संविधानले नै ‘ज्वाइँ नचिन्ने’ भन्ने सल्लाह दिएपछि हटाइएको छ। त्यसअघि समितिले तयार पारेको प्रतिवेदनमा भने ‘नेपाली महिला नागरिकसँग विवाह गरेका विदेशी नागरिकले सबै शर्त र अवस्थामा पूरा गरेमा निजलाई तोकिए बमोजिम अंगीकृत नागरिकता प्रदान गर्न सकिने’ प्रस्ताव ल्याएको थियो। 

मुख्य विवादलाई बहुमतबाट पारित गरेर भएपनि अघि बढाइएको विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी गराइन्। विधेयक पास नहुँदा संविधानअनुसार नागरिकता प्राप्त गर्ने व्यक्तिले समेत नागरिकता नपाएको गुनासो बढेको छ। नागरिकता नपाउँदा उनीहरुको आर्थिक र शैक्षिक प्रगतिसमेत रोकिएको भन्दै चाँडो भन्दा चाँडो विधेयक अघि बढाउने दबाब समितिमाथि थियो। 

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २१:२६
  • #नागरिकता
  • #वैवाहिक-अंगीकृत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया’पछि... बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछि युवाहरूको राजनीतिमा प्रवेशबारे बहस बढिरहेका बेला जोशी भने त्यसअघि नै स्थानीय तहको नेतृत्वमा पुगिसक... बिहीबार, असोज १५, २०८३
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । सम्मेलनमा संघीयता कार्यान्वयनका विषयमा छलफल गर्ने सरक... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्