काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि नागरिकता पाउने प्रावधान सहित नागरिकता विधेयक बहुमतबाट पारित, कांग्रेसको नोट अफ डिसेन्ट छलफलका लागि सदनमा नजाने सभापति श्रेष्ठको भनाइ । ( नागरिकता विधेयक बहुमतले पारित )
२) थप एक कोरोना भाइरस संक्रमृतको मृत्यु, नेपालमा २३ पुगे मृतक, आइतबार थपिएका ४२१ सहित कोरोना संक्रमितको संख्या ९ हजार २६ पुग्यो । ( २३ पुगे मृतक )
३) महिला हिंसा बढेको भन्दै प्रतिनिधिसभाका सांसदद्वारा सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता, लकडाउनको अवधिमा मात्रै बलात्कारका २ सय ७४ उजुरी । (लकडाउनमा महिला हिंसा)
४) जर्मन बुन्डेस लिगामा उपाधि जितिसकेको बायर्न म्युनिकको फायरबर्गविरुद्ध जित, बोरुसिया डोर्टमुन्टले लाइपजिगलाई हरायो, लेवान्डोस्की र हल्यान्डको दुई दुई गोल । ( लेवान्डोस्की र हल्यान्डको दुई दुई गोल )
५) र, भारत–चीन सीमा विवादलाई लिएर सुरु भएको तनावमा मध्यस्थता गर्न तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ, दुवै पक्षसँग कुरा गरिरहेको दाबी । ( सीमा विवादमा अमेरिकाको चासो )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।