काठमाडौं- १३ वर्षीया बालिका नाम परिवर्तन (बबरमहल २० लाई भारत पुर्याई बेचबिखन गर्ने दुई जना पक्राउ परेका छन्। भारतमा रोजगारीको प्रलोभन देखाई भारतमा बेचबिखन गर्न पुर्याउने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका- १ घोडाथलि स्थायी घर भई हाल सुनसरी ईटहरी वडा न २० बस्ने बर्ष २२ का कृष्ण मगर र सिन्धुपाल्चोक साविक लिसंखु गाविस वडा नं ९ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका लेकसाईड बस्ने बर्ष २८ का प्रविन तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
उनीहरुले ललितपुर उपमहानगरपालिका ५ लगनखेलबाट १३ वर्षीया बालिकालाई ललाई फकाई भारत पुर्याई बेचबिखन गरेका थिए। उनीहरुले २०७६ फागुन ९ गते बालिकालाई काठमाडौंबाट भैरहवा हुँदै सुनौली जाने बसमा सँगै लगेका थिए।
उनीहरूले सुनौलीबाट भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानमा डान्स आर्केस्ट्रामा पुर्याएका थिए। ब्युरोमा बालिकाबारे सूचना प्राप्त भएपछि ब्युरोबाट खटिएको टोलीले गत जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा पिडितको उद्दार गरेको हो।
बालिका उद्दार गरेपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।