काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमर बहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अतिरिक्त हुलाक कार्यालयहरूमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेण्डर गर्दा अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
हुलाक कार्यालय प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेश बहादुर के.सी. र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्याम कुमार सिंहको मिलेमतोमा एक करोड ८२ लाख ६ हजार ९ सय भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
उनीहरूले मिलेमतोमा आर्थिक वर्ष २०६९/०७० मा २९९ र ०७०/०७१ मा ४१२ जनाको दरबन्दी कायम गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उनीहरूले वास्तविक दरबन्दीभन्दा १४७ र २६० जना बढी देखाई झुट्ठा व्यहोराको गलत लिखत तयार गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
भुक्तानी भएको विवरण समेतलाई आधार नमानी भ्रष्टाचार गरेको अख्तिायारको आरोपपत्रमा उल्लेख छ। आर्थिक वर्ष २०६८/०६९ मा १५२ जना कर्मचारी दरबन्दी रहेकोमा मल्लले हुलाक सेवा विभागमा पेश गरेको जिल्ला हुलाक कार्यालय, दैलेखको अतिरिक्त हुलाक अभिलेखमा २९९ जना उल्लेख गर्दै भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ।
२०६९ सालको श्रावण महिनादेखि २०७१ सालको जेष्ठ महिनासम्म १४७ जना स्वीकृत दरबन्दीभन्दा बढी व्यक्तिहरूलाई कर्मचारी नियुक्त गरी तलब भत्तासमेत भुक्तानी गरेको रकम उनीहरूबाट असुल हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले पाँच जनालाई समान बिगो, कैद सजाय र जरिवानाको माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।