काठमाडौं- संखुवासभामा पहिरो जाँदा अरुण नदी थुनिएको छ। पहिरोका कारण संखुवासभाको मकालु गाउँपालिकाको २ र ५ वडामा पहिरो गएर नदी थुनिएको हो।
नदी थुनिएको जानकारी दिँदै संखुवासभाका प्रहरी निरीक्षकले सन्तोष राईले दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको समेत बताए।
‘दुई घरलाई सुरक्षित स्थानमा सारेका छौं। नदी किनाराका बस्तीलाई अलर्ट गराइएको छ,’ नेपाल लाइभसँग राईले भने।
नदी आशिंक रुपमा थुनिएकाले त्रसित हुनु पर्ने अवस्था आइनसकेको राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।