काठमाडौं- वैदेशिक रोजगारीका क्रममा कोरोनाबाहेक विभिन्न कारणले ज्यान गुमाएका ४० वटा शव स्वदेश ल्याइएको छ। शनिबारसम्म लकडाउनका कारण विदेशमा महिनौँदेखि अलपत्र परेका ४० वटा शव अन्तिम संस्कारका लागि स्वदेश ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
विदेशमा समस्यामा परेका नागरिकहरु उद्धार गर्ने चार्टर जहाजमार्फत ती शव नेपाल ल्याइएको हो। अझै विदेशमा अलपत्र अवस्थामा १६४ शव छन्।
सबैभन्दा बढी साउदीमा ७६, मलेसियामा ४३, युएईमा १६, कतारमा १३, कुवेतमा ७, बहराइनमा ४ र सेसेल्स, टर्की, अमेरिका बंगलादेश लगायत मुलुकमा ५ वटा शव अलपत्र अबस्थामा रहेको बोर्डले जनाएको छ।
शुक्रबार कतारबाट २०, कुवेतबाट २ साउदी र युएईबाट १/१ गरी २४ जना नेपालीको शव स्वदेश ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।