काठमाडौं- मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३-०३-००१-ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।