• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जडिबुटी खेतीमा रमाउँदै टीकापुरका किसान

64x64
रासस आइतबार, असार ७, २०७७  ०१:००
1140x725

लम्की- कैलाली टीकापुरका किसानले बहुउपयोगी जडिबुटी मेन्था र मेथिक्रिया (केमोमाइल)खेती गरेर राम्रो आम्दानी लिन थालेका छन्। 

यहाँका किसानले हिउँदे खेती स्याहारेपछि बाँझो रहेको जमिनमा सो खेती  गर्छन्। बाँझो जमिनको प्रयोग र बिक्री गर्न समस्या नहुने भएपछि सो खेतीतर्फ आकर्षित भएका हुन्। एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ। मेन्थाबाट प्रशोधित तेल १ हजार ५० रुपैयाँमा बिक्री हुन्छ भने केमोमाइल १९ हजार प्रतिकिलोमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ।  

‘मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ’, कम्पनीका शाखा प्रमुख कमल बेल्वासेले भने, ‘सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ।’ प्रशोधित तेल आफ्नै जडिबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको उनले बताए। ‘केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ’, उनले भने, ‘मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौं औषधि तथा चकलेटमा प्रयोग हुन्छ।’

कम्पनीले यस क्षेत्रका किसानलाई ती जडिबुटीका विरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ। कम्पनीले उत्पादित जडिबुटी पनि आफैंले खरिद गरिदिने गरेकोले खेतीतर्फ किसानको आकर्षण बढेको हो। 

यस वर्ष टीकापुरमा केमोमाइल ५० केजीमात्र उत्पादन भएको छ। यस वर्ष टीकापुरमा ६० विघामा मेन्था र ५५ विघामा केमोमाइल खेती गरिएको थियो। अघिल्लो वर्ष ३५ विघामा केमोमाइल र ४० विघामा मेन्था खेती भएको कम्पनीले जनाएको छ। 

गर्त वर्षको तुलनामा केमोमाइल उत्पादन ५० प्रतिशत कमी भएको किसानको गुनासो छ। कोरोना संक्रमणका कारण तयार भएको जुडीबुटी स्याहार्न नपाउँदा किसानले क्षति व्यहोर्नु परेको हो। 

यस वर्ष कम्पनीले अनुमान गरे बराबरको क्यामोमाइल उत्पादन भएन। कम्पनीले १५० केजी केमोमाइल तेल उत्पादन हुने अनुमान गरेको थियो तर ५० केजीमात्रै उत्पादन भयो।

लकडाउनका कारण किसानले खेती स्याहार्न नसक्दा यस वर्ष घाटा भएको टीकापुर–१ का कृषक राधेश्याम चौधरीले बताए। ‘लकडाउनले समयमै खेती स्याहार्न पाएनौं‚ जसले उत्पादनमा कमी आयो’, उनले भने, ‘लकडाउनको समयमा कम्पनी पनि केही दिन बन्द थियो। त्यसैले किसान र कम्पनी दुवैलाई केही नोक्सानी भएको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनीका अनुसार यस वर्ष मेन्था भने दुई टन (२ हजार किलो) उत्पादन भएको छ। यतिखेर किसानले मेन्था प्रशोधन गरिसकेका छन्। मेन्था खेती स्याहारेपछि किसानले धान खेती गर्छन्।

यहाँका किसानले दुई कठ्ठादेखि दुई बिघासम्म खेती गरेका छन्। ‘खेती बाँझो रहने समयमा जडिबुटी रोपेर आम्दानी लिइरहेका छौं’, टीकापुर बनगाउँको बीचकापुरुवाका किसान राजेन्द्र चौधरीले भने, ‘यो खेतीमा विषादी प्रयोग गर्नुपर्दैन। यसमा सिँचाइको सुविधा भए पुग्छ। जडिबुटीलाई गाइवस्तुले पनि खासै नोक्सान गर्दैनन्।’ 

प्रशोधन कम्पनीसँग जुडिबुटी प्रशोधन गर्ने दुई थान मेशिन थिए। खेती गर्ने किसान बढेपछि जडिबुटी प्रशोधन कम्पनीले थप चार मेसिन बढाएर छ पुर्‍याएको छ।  

जडिबुटी खेती अन्नबालीभन्दा सजिलो र नगदेबाली भएकोले किसानको आकर्षण बढेको उनीहरुको भनाइ छ।  परशुराम चौधरीले तरकारी खेती गर्नुभन्दा जडिबुटी सजिलो भएकोले मेन्था खेती गर्न थालेको बताए। उनले यस वर्ष आठ कठ्ठा जमिनमा मेन्था लगाएका थिए। ‘आठ कठ्ठामा ३२ किलो मेन्था उत्पादन भयो। सिँचाइको सुविधा भएमा कम लागतमा बढी आम्दानी लिन सकिन्छ’, उनले भने, ‘जडिबुटी खेती गर्दा बजारसमेतको समस्या नभएकोले सहज भएको छ। बजार आफैं खोज्नुपर्दैन, कम्पनीले जडिबुटीको बीउ पनि दिन्छ र उत्पादन पनि आफैंले किनिदिन्छ।’

Xtrem

Xtrem

कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ। कम्पनीको टीकापुर शाखामा नियमितरुपमा ३० जना दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन्। औद्योगिक क्षेत्रमा तीन हेक्टर जमिनमा जडिबुटी उद्योग सञ्चालनमा छ। जडिबुटी उद्योगसँग रहेको ६ वटा प्रशोधन मेशिन दैनिक १६ घण्टा चल्छन्। ‘कम्पनीले दैनिक ५० टन जडिबुटी प्रशोधन गर्न सक्छ,’ उनी भन्छन्, ‘जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ। अन्य समयमा कोरा जडिबुटी संकलनको काम गर्छौं।’

पछिल्लो समय स्थानीय तहले पनि जडिबुटी खेती गर्ने किसानलाई सघाउने नीति लिएका छन्। लम्कीचुहा नगरपालिकाले जुडीबुटी खेती गर्न चाहने किसानलाई आवश्यक अनुदान दिने जनाएको छ। ‘जडिबुटी गर्न चाहने किसान आएमा हामी लगानी गर्न तयार छौं,’ नगर प्रमुख महादेव बजगाईंले भनेर, ‘किसानले योजना ल्याएमा अनुदान दिन्छौं।’

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  ०१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्