काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) काठमाडौंमा तीनसहित नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, ८ हजार २७४ पुगे संक्रमित, १ हजार ४०२ जना उपचारपछि निको । (कोरोना संक्रमित ८२७४ पुगे)
२) सांसद कोषको बाँकी रकम कोरोना कोषमा खर्च गर्न सक्ने सरकारको निर्णय, असार १५ भित्र सम्बन्धित स्थानीय तहको कोरोना व्यवस्थापन गर्न खोलिएको खातामा जम्मा गर्नुपर्ने । ( सांसद कोषको रकम कोरोना कोषमा )
३) वैज्ञानिक वनका नाममा अनियन्त्रीत रुपमा वन फडानी भइरहेको सार्वजनिक लेखा समितिको ठहर, सामुदायिक वनका अध्यक्ष र वनका कर्मचारीहरुको मिलेमतोमा ठूलो घोटाला भएको दाबी । ( अनियन्त्रित वन फडानी बढ्यो )
४) स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडद्वारा भ्यालेन्सिया ३–० गोलअन्तरले पारजित, बेन्जिमाको दुई गोल, शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी घट्यो । ( रियल मड्रिडले घटायो बार्सिलोनासँगको दूरी )
५) र, अमेरिका र चीनबीच रहेको तिक्तता मेटाउने प्रयास, चीनका शीर्ष कुटनीतिज्ञ याङ जिची र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच हवाईमा ७ घण्टा वार्ता । ( अमेरिका–चीनबीच महत्वपूर्ण वार्ता )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।