काठमाडौं– गृहमन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवा ह्याक भएको छ। गत बुधबार एसएमएस सेवा ह्याक भएर अफवाह फैलिने किसिमका म्यासेज पठाएको पाइएको छ।
ह्याक भएको म्यासेजमा ‘चीनले क्षेत्रीय शान्ति स्थापना गर्न चीनको एक पक्षीय कार्यको कडा शब्दमा निन्दा गर्दछ। हामी भारतका भाइहरुसँग दृढ भई खडा छौं। हामी चिनियाँ कार्यका कारण आफ्नो ज्यान गुमाउने सबै सेनालाई श्रद्धान्जली अर्पण गर्दछौं’ लेखिएको थियो।
उक्त म्यासेज गएपछि गृहले गम्भीर ध्यानाकर्षण भएको र उक्त म्यासेज आफ्नो सिस्टमबाट नगएको जनाएको छ। ह्याकरले ह्याक गरेर अनधिकृत म्यासेज पठाएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोलाई यसबारे गृहले जानकारी गराएको थियो।
त्यसपछि साइबर ब्यूरोबाट अनुसन्धान सुरु भएको मन्त्रालयका प्रवक्ता केदार शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।