• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रुपन्देहीमा बलात्कारका घटना बढ्दो, मजदुर महिला र बालिका झन् पीडित

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ४, २०७५  १३:०१
1140x725

भैरहवा- रुपन्देही जिल्लामा वार्षिक औसत ४० देखि ५० वटा जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग अपराधका घटना हुने गरेको छ। घटना लुकाउने गरेकाले यो संख्या अझै बढी हुन सक्ने प्रहरीको अनुमान छ।

जनचेतनाको अभावमा जबरजस्ती करणीका घटना बाहिर आउन नसक्दा तथा व्यक्तिगत, सामाजिक मान प्रतिष्ठासँग जोडिएको कारण पीडित पक्ष प्रहरीको सम्पर्कमा नआउँदा अपराधीको मनोबल बढ्ने गरेको प्रहरीको भनाइ छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार जबरजस्ती करणीको सिकार हुनेमा अधिकांश मजदुर वर्गका महिला तथा बालिका छन्।

रुपन्देहीमा चालु आर्थिक वर्षमा २९ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ। त्यसमध्ये १३ जना मजदुरी पेसामा रहेको रुपन्देही प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले बताए। मजदुरी पेसापछि कृषि पेसामा लागेका ७ जना, ५ जना विद्यार्थी, २ जना बेरोजगार तथा २ जना वैदेशिक रोजगारीका रहेका छन्।

१६ देखी २५ वर्ष उमेरका महिला तथा बालिका प्राय: जबरजस्ती करणी मुद्दामा पीडित देखिएका छन्। तथ्यांक केलाउँदा समग्र मुद्दामा आधारभन्दा बढी अर्थात् ५२ प्रतिशत १६ देखि २५ वर्ष उमेरका महिला तथा बालिका पीडित रहेका छन्। 

२० प्रतिशत २६ देखि ३५ वर्ष सम्मका महिला पीडित रहेका छन् भने १६ वर्षमुनिका १४ प्रतिशत तथा ३७ देखि ४५ वर्षसम्मका पनि १४ प्रतिशत नै देखिएको छ। 

कतिपय जबरजस्ती करणी नाताभित्र हुने भएकोले घटना बाहिर नआउने समस्या रहेको प्रहरीको भनाइ छ। यसका साथै कलिलै उमेरमा प्रेमविवाह गरी भाग्ने, खोजतलासको रुपमा उजुरी पर्ने तर फेला परेपछि बालिकाका पक्षबाट जबरजस्ती करणीमा जाहेरी नआउने गरेको प्रहरी प्रमुख ज्ञवालीले बताए। 

प्रहरीमा रिसिबीको भरमा बनावटी मुद्दा लिएर आउने, सहमतिमा भएका कामहरु अन्य व्यक्तिले थाहा पाएको अवस्थामा जबरजस्तीको घटनामा जाहेरी आउने गरेको प्रहरीको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2


 
रुपन्देहीमा गत वर्ष भने जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगका घटनामा कमी देखिएको थियो। आर्थिक वर्ष २०७२/२०७३ मा २६ वटा जबरजस्ती करणीका घटना दर्ता भएको रुपन्देही प्रहरी प्रमुख एसपी ज्ञवालीले बताए। सोही वर्ष १५ वटा जबरजस्ती करणी उद्योगका घटना दर्ता भएकोमा आर्थिक वर्ष २०७३/२०७४ मा यो संख्या बढेर ३० पुगेको थियो। 

आर्थिक वर्ष २०७३/२०७४ मा जबरजस्ती करणीका ४३ वटा मुद्दा दर्ता भएको छ। चालु आवमा भने जबरजस्ती करणीका २९ वटा मुद्दा दर्ता भएकोमा २१ वटा फछर्यौट भइसकेको र ८ वटा अनुसन्धानमै छन्। साथै चालु आवमै जबरजस्ती करणी उद्योगका १३ वटा मुद्दा दर्ता भएकोमा ८ वटा फछर्यौट भई ५ वटा अनुसन्धानमा रहेको एसपी ज्ञवालीले जानकारी दिए।
 
प्रहरीले गरेको अनुसन्धानमा रुपन्देहीमा सबैभन्दा बढी साँझ ६ बजे देखि १२ बजे राति सबैभन्दा बढी महिला हिंसाका घटना हुने गरेका छन्। 'चालु आर्थिक वर्षमा ५० प्रतिशत बलात्कारका घटना सो समयभित्र भएको देखिन्छ,' एसपी ज्ञवालीले भने, 'जबरजस्ती करणीका अधिकांश घटना नजिकका नातेदार तथा साथीहरुबाटै भएको अनुसन्धानबाट देखिन्छ।'

प्रहरीले थाल्यो अभियान
देशभरि नै अहिले विभिन्न उमेर समूहका महिला तथा बालिका बलात्कृत भइरहेको समाचार आइरहँदा रुपन्देही प्रहरी यस्ता घटना न्युनीकरणका लागि विस्तृत कार्ययोजना बनाएर अगाडि बढिरहेको छ। 

बढ्दो सहरीकरणसँगै रुपन्देहीमा पनि जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग अपराध बढ्दै गएपछि रुपन्देही प्रहरीले नियन्त्रणको अभियान थालेको हो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको कार्ययोजनामा जबरजस्ती करणी अपराध सम्बन्धमा विद्यालय तथा कलेजहरुमा कार्यक्रम गर्ने, जबरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धमा विभिन्न पत्रपत्रिका, स्थानीय एफएम रेडियोबाट समेत नाटक प्रसारण गर्ने जस्ता कार्यक्रम समेटिएका छन्।

यसैगरी जबरजस्ती करणी अपराध न्युनीकरणको पहल गर्न स्थानीय तहका निर्वाचित प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्ययोजना रहेको प्रहरी प्रमुख एसपी ज्ञवालीले बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला?
आजदेखि कक्षा १२ को परीक्षा सुरु
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला? सोमबार, वैशाख १४, २०८३
आजदेखि कक्षा १२ को परीक्षा सुरु सोमबार, वैशाख १४, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्