• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भूमि फिर्ता अभियानमा महिला नेतृत्वलाई मिलेको ऐतिहासिक अवसर

64x64
डिबी खड्का शुक्रबार, असार ५, २०७७  १३:४३
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि नेपाल भूमि फिर्ता अभियानको अर्को चरणमा प्रवेश गरेको छ।

भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर तयार पारिएको नक्सा सहितको निशान छाप दुवै संसद्‌बाट परिणामका हिसाबले सर्वसम्मत पारित भयो। तर, नक्सा पारित हुन नदिन पार्श्वमा अनेक अवरोधहरु रहेको अनुमान गर्न मुश्किल छैन। केही दृश्यहरु त आमजनमाझ नै पटाक्षेप भए।

राष्ट्रियताका सम्बन्धमा नेताहरुले कुनै सम्झौता नगरेको यो दृश्य हेर्न आम नेपाली व्यग्र थिए। अब अर्को व्यग्रता भूमि फिर्ता लिइएको दिनका लागि सुरु भएको छ। नक्सा पास गर्ने क्रममा देखिएको एकता, क्रियशीलता र दृढता भूमि फिर्ताका लागि पनि हुनेछ भन्ने स्वभाविक अपेक्षा हुन्छ।

नक्सामै भए पनि बिहीबारबाट औपचारिक रुपमा ६० वर्षदेखि पराइ रहेको नेपाली भूभाग आफ्नो भएको छ।

नक्सामा भूमि आफ्नो बनाउने यो प्रक्रियामा संयोगले तीन महिला नेतृत्वलाई ऐतिहासिक अवसर प्राप्त भएको छ। यसअघिका नक्सामा छुटेको नेपाली भूभाग समेटेर नक्सा प्रकाशित गर्ने अवसर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई प्राप्त भयो। त्यसलाई कानुनी रुपमा वैध बनाउन संसद्मा पुर्‍याइन् कानुन तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले। त्यसलाई प्रमाणीकरण गर्ने ओहदामा राष्ट्रपति विद्यादेवी भण्डारी छिन्।

गुमेका ती भूभाग २०३२ सालसम्म नेपालको नक्सामा थिए। त्यसपछि जारी औपचारिक नक्सामा  छुटेका थिए। नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिह्नमा समावेश गर्न सरकारले जेठ ९ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो। त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो। जेठ २७ गते प्रतिनिधिसभामा छलफल भई संशोधनका लागि ७२ घण्टा समय दिई ३१ गते सर्वसम्मतिले पारित भयो।

यो प्रक्रियामा अवरोधक रुपमा सतहमा महिला नेतृ नै देखिइन्। समाजवादी पार्टीकी सांसद सरिता गिरीले विधेयक नै खारेज गर्न संशोधन दर्ता गराइन्। तर, संशोधन विधेयकको मूल सिद्धान्तविपरित रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरिदिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये विधेयकको पक्षमा २५८ जना सांसदले मतदान गरेका थिए। बाँकी सांसदमध्ये केही अनुपस्थित भए र केही निलम्बित छन्।  विपक्षमा एक मत पनि परेन।

बिहीबार राष्ट्रियसभामा पनि ५९ मध्ये ५७ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए। मतदानमा अनुपस्थित रहेका दुईजनामध्ये एक जना अध्यक्ष तिमिल्सिना आफैं हुन्। उनले निर्णायक अवस्थामा मात्रै मत दिन पाउँछन् भने एकजना सांसद मनोनित गरिएको छैन।

नेपाली भूभाग फिर्ता गर्ने प्रक्रियामा आफू नक्सा जारी गर्ने ठाउँमा रहेको अवस्थालाई मन्त्री अर्याल गर्वको विषय ठान्छिन्। उनले भनिन्, ‘आजको दिनसम्म आइपुग्दा म धेरै खुसी छु। विगत लामो समयदेखि थाति रहेको नेपालको भूभाग नक्सामा समावेश गर्ने विषय धेरै महत्त्वको कुरा हो। लामो समयदेखि छुटेको विषयलाई आज सम्बोधन गर्ने अवसर मैले प्राप्त गरें।’

नक्सा सार्वजनिक हुनुको पछाडि आम नेपाली जनता, सबै राजनीतिक दलका शीर्ष नेता, सञ्चारकर्मी, अभियन्ता, विज्ञलगायत सबैको महत्वपूर्ण भूमिका रहेको भन्दै कृतज्ञता प्रकट गरिन्।  भन्छिन्, ‘पूर्ण नक्सा सार्वजनिक गर्न अभियन्ताहरुको अभियान पनि थियो। सबैका भावनाहरु समेट्दै जनभावना अनुसार सरकारको तर्फबाट प्रकाशन गर्न सक्यौं।’

उनले यसलाई आफ्नो अविस्मरणीय क्षणका रुपमा लिएकी छिन्। नक्सा जारी गरेपछि केहीले उनलाई भेट्दा र फोन गर्दा दिएको प्रक्रियाले भावुक बनाउँछ। उनीहरुको प्रतिक्रिया सुनाउँदै भनिन्, ‘महिलाहरुलाई धर्तिमाता पनि भन्छन्। कतिपयले फोन गरेर पनि साँच्चै धर्तिमाता बन्नुभयो भन्नुभयो।’ 

यसरी दिइएको प्रतिक्रियाबाट उनलाई भोलिको कार्यभार पनि कुशलतापूर्वक पूरा गर्नका लागि हौसला मिलेको छ।

कानुनमन्त्री तुङ्फाहाम्फे अवसर प्रदान गर्दा नडगमगाई त्यसलाई पूरा गर्न सकिन्छ भन्ने सन्देश यसबाट गएको बताउँछिन्। उनी भन्छिन्, ‘मैले उपसभामुखबाट राजिनामा दिँदै गर्दा भनेकी थिएँ- हामीले क्षमता देखाउने ठाउँ पायौं भने कुशलतापूर्वक पूरा गर्छौं। साथ सबैको रह्यो तर  हामीले आफ्नो कर्तव्य पूरा गर्‍यौं। तीनै ठाउँमा महिला भएको कुराचाहिँ हिसाब गरेकी थिइनँ।’

उनले निकै महत्त्वपूर्ण विषयमा आफूले सहभागी हुने अवसर पाएको बताइन्। ‘हामीले वास्तविक नक्सा संविधानको निशान छापमा राख्न सकेका थिएनौं । त्यो भूभाग आफ्नो दाबी गर्न सकेका थिएनौं। आज त्यो अवसर हामीलाई मिलेको छ,’ नेपाल लाइभसँगको संवादमा उनले भनिन्।

नेपालले आफ्नो भूभाग भनेर कानुनी रुपमा मान्यता दिएको छ। तर, लामो समयदेखि कालापानीमा आफ्नो सेना राखेर लिपुलेक र लिम्पियाधुरा आफ्नो दाबी गरिरहेको भारत सहजै सुम्पिने अवस्थामा छैन। यसका लागि सरकारले अझै धेरै मेहनत गर्नुपर्नेछ। नेपालको भूमि रहेको प्रमाणहरु यथेष्ट छन्। वार्ताको टेबुलमा तिनलाई प्रस्तुत गरेर भूमि फिर्ता लिनुपर्छ। वार्ताका लागि वातावरण बनाउन सरकारले अविलम्ब प्रयास गर्ने अपेक्षा आमजनको छ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्