• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भूमि फिर्ता अभियानमा महिला नेतृत्वलाई मिलेको ऐतिहासिक अवसर

64x64
डिबी खड्का शुक्रबार, असार ५, २०७७  १३:४३
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि नेपाल भूमि फिर्ता अभियानको अर्को चरणमा प्रवेश गरेको छ।

भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर तयार पारिएको नक्सा सहितको निशान छाप दुवै संसद्‌बाट परिणामका हिसाबले सर्वसम्मत पारित भयो। तर, नक्सा पारित हुन नदिन पार्श्वमा अनेक अवरोधहरु रहेको अनुमान गर्न मुश्किल छैन। केही दृश्यहरु त आमजनमाझ नै पटाक्षेप भए।

राष्ट्रियताका सम्बन्धमा नेताहरुले कुनै सम्झौता नगरेको यो दृश्य हेर्न आम नेपाली व्यग्र थिए। अब अर्को व्यग्रता भूमि फिर्ता लिइएको दिनका लागि सुरु भएको छ। नक्सा पास गर्ने क्रममा देखिएको एकता, क्रियशीलता र दृढता भूमि फिर्ताका लागि पनि हुनेछ भन्ने स्वभाविक अपेक्षा हुन्छ।

नक्सामै भए पनि बिहीबारबाट औपचारिक रुपमा ६० वर्षदेखि पराइ रहेको नेपाली भूभाग आफ्नो भएको छ।

नक्सामा भूमि आफ्नो बनाउने यो प्रक्रियामा संयोगले तीन महिला नेतृत्वलाई ऐतिहासिक अवसर प्राप्त भएको छ। यसअघिका नक्सामा छुटेको नेपाली भूभाग समेटेर नक्सा प्रकाशित गर्ने अवसर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई प्राप्त भयो। त्यसलाई कानुनी रुपमा वैध बनाउन संसद्मा पुर्‍याइन् कानुन तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले। त्यसलाई प्रमाणीकरण गर्ने ओहदामा राष्ट्रपति विद्यादेवी भण्डारी छिन्।

गुमेका ती भूभाग २०३२ सालसम्म नेपालको नक्सामा थिए। त्यसपछि जारी औपचारिक नक्सामा  छुटेका थिए। नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिह्नमा समावेश गर्न सरकारले जेठ ९ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो। त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो। जेठ २७ गते प्रतिनिधिसभामा छलफल भई संशोधनका लागि ७२ घण्टा समय दिई ३१ गते सर्वसम्मतिले पारित भयो।

यो प्रक्रियामा अवरोधक रुपमा सतहमा महिला नेतृ नै देखिइन्। समाजवादी पार्टीकी सांसद सरिता गिरीले विधेयक नै खारेज गर्न संशोधन दर्ता गराइन्। तर, संशोधन विधेयकको मूल सिद्धान्तविपरित रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरिदिए। 

Ncell 2
Ncell 2

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये विधेयकको पक्षमा २५८ जना सांसदले मतदान गरेका थिए। बाँकी सांसदमध्ये केही अनुपस्थित भए र केही निलम्बित छन्।  विपक्षमा एक मत पनि परेन।

बिहीबार राष्ट्रियसभामा पनि ५९ मध्ये ५७ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए। मतदानमा अनुपस्थित रहेका दुईजनामध्ये एक जना अध्यक्ष तिमिल्सिना आफैं हुन्। उनले निर्णायक अवस्थामा मात्रै मत दिन पाउँछन् भने एकजना सांसद मनोनित गरिएको छैन।

नेपाली भूभाग फिर्ता गर्ने प्रक्रियामा आफू नक्सा जारी गर्ने ठाउँमा रहेको अवस्थालाई मन्त्री अर्याल गर्वको विषय ठान्छिन्। उनले भनिन्, ‘आजको दिनसम्म आइपुग्दा म धेरै खुसी छु। विगत लामो समयदेखि थाति रहेको नेपालको भूभाग नक्सामा समावेश गर्ने विषय धेरै महत्त्वको कुरा हो। लामो समयदेखि छुटेको विषयलाई आज सम्बोधन गर्ने अवसर मैले प्राप्त गरें।’

नक्सा सार्वजनिक हुनुको पछाडि आम नेपाली जनता, सबै राजनीतिक दलका शीर्ष नेता, सञ्चारकर्मी, अभियन्ता, विज्ञलगायत सबैको महत्वपूर्ण भूमिका रहेको भन्दै कृतज्ञता प्रकट गरिन्।  भन्छिन्, ‘पूर्ण नक्सा सार्वजनिक गर्न अभियन्ताहरुको अभियान पनि थियो। सबैका भावनाहरु समेट्दै जनभावना अनुसार सरकारको तर्फबाट प्रकाशन गर्न सक्यौं।’

उनले यसलाई आफ्नो अविस्मरणीय क्षणका रुपमा लिएकी छिन्। नक्सा जारी गरेपछि केहीले उनलाई भेट्दा र फोन गर्दा दिएको प्रक्रियाले भावुक बनाउँछ। उनीहरुको प्रतिक्रिया सुनाउँदै भनिन्, ‘महिलाहरुलाई धर्तिमाता पनि भन्छन्। कतिपयले फोन गरेर पनि साँच्चै धर्तिमाता बन्नुभयो भन्नुभयो।’ 

यसरी दिइएको प्रतिक्रियाबाट उनलाई भोलिको कार्यभार पनि कुशलतापूर्वक पूरा गर्नका लागि हौसला मिलेको छ।

कानुनमन्त्री तुङ्फाहाम्फे अवसर प्रदान गर्दा नडगमगाई त्यसलाई पूरा गर्न सकिन्छ भन्ने सन्देश यसबाट गएको बताउँछिन्। उनी भन्छिन्, ‘मैले उपसभामुखबाट राजिनामा दिँदै गर्दा भनेकी थिएँ- हामीले क्षमता देखाउने ठाउँ पायौं भने कुशलतापूर्वक पूरा गर्छौं। साथ सबैको रह्यो तर  हामीले आफ्नो कर्तव्य पूरा गर्‍यौं। तीनै ठाउँमा महिला भएको कुराचाहिँ हिसाब गरेकी थिइनँ।’

उनले निकै महत्त्वपूर्ण विषयमा आफूले सहभागी हुने अवसर पाएको बताइन्। ‘हामीले वास्तविक नक्सा संविधानको निशान छापमा राख्न सकेका थिएनौं । त्यो भूभाग आफ्नो दाबी गर्न सकेका थिएनौं। आज त्यो अवसर हामीलाई मिलेको छ,’ नेपाल लाइभसँगको संवादमा उनले भनिन्।

नेपालले आफ्नो भूभाग भनेर कानुनी रुपमा मान्यता दिएको छ। तर, लामो समयदेखि कालापानीमा आफ्नो सेना राखेर लिपुलेक र लिम्पियाधुरा आफ्नो दाबी गरिरहेको भारत सहजै सुम्पिने अवस्थामा छैन। यसका लागि सरकारले अझै धेरै मेहनत गर्नुपर्नेछ। नेपालको भूमि रहेको प्रमाणहरु यथेष्ट छन्। वार्ताको टेबुलमा तिनलाई प्रस्तुत गरेर भूमि फिर्ता लिनुपर्छ। वार्ताका लागि वातावरण बनाउन सरकारले अविलम्ब प्रयास गर्ने अपेक्षा आमजनको छ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा... शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भ... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्