• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बैठक बोलाउन किन रुची देखाउँदैनन् अध्यक्ष ओली?

64x64
वीरेन्द्र ओली बिहीबार, असार ४, २०७७  १५:१६
1140x725

काठमाडौं- पार्टी स्थायी कमिटी बैठक बोलाउन पर्‍यो भनेर हैरान भएर २० स्थायी कमिटी सदस्यले वैशाख १० गते अध्यक्ष केपी ओली र प्रचण्डलाई पत्र नै लेखे। बैठक बोलाउनुपर्‍यो भनेर अर्का अध्यक्ष प्रचण्डले ओलीलाई बालुवाटारमै भेटेर बैठक बोलाउन भनेर निक्कै दबाब समेत दिए।

निक्कै दबाबमा परेका ओलीले एक दिनका लागि भन्दै वैशाख ३१ गते स्थायी कमिटी बैठक बोलाउन सहमत भए। अन्तिममा सबै स्थायी कमिटीको पिसीआर परिक्षण भएको छैन भन्ने निहुँमा स्थागित गरियो। नेताहरुको निक्कै प्रयासपछि अध्यक्ष ओलीले बालुवाटारमै असार १० गते स्थायी कमिटी बैठक बोलाएका छन्।

बैठकको एजेण्डा र समय भने नतोकिएको नेकपा कार्यालय सचिव श्रीराम ढकालले बताए। 

अमेरिक आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) संसदबाट पारित गर्ने विषयमा सचिवालय बैठक बस्ने सहमति भयो। अध्यक्ष ओलीले विभिन्न बहाना बनाएर दुई पटक स्थागित नै भइसकेको छ। एमसिसीको विषयमा समेत ओलीले बैठक राखेर नेताहरुको कुरा सुन्ने पक्षमा देखिएका छैनन्। बैठक छलेर ओलीले एमसिसीलाई संसदबाट पारित गर्ने अन्य विकल्पको खोजीमा लागेको हुन सक्ने नेताहरु बताउँछन्।

पार्टीको बैठक नियमित नबस्दा शरीरको रक्तसञ्चार बन्द भए जस्तै बन्द हुने नेकपा स्थायी कमिटी सदस्य गणेश साहले बताए।  ‘शरीरको जसरी रक्तसञ्चार नियमित भइरहन्छ। पार्टीको बैठक पनि नियमित बस्ने, छलफल गर्ने, विचार विमर्श गर्ने गर्नुपर्छ’, साहले भने, ‘यदी पार्टीको बैठक नियमित बस्न छाड्यो भने शरीरको रक्त सञ्चार बन्द भए जस्तै जनताबाट मात्रै होइन, कार्यकर्ताबाट टुट्दै जान्छ।’

जनता नेता कार्यकर्ताले दिएको विश्वासलाई अध्यक्ष ओलीले बैठक नराखेर दुरुपयोग गरेको साहले आरोप लगाए। बैठक बोउलाउन पार्टी नेतृत्व सहमत नहुँदा पार्टीभित्रको असन्तुष्टि चुलिदै गएको साहको भनाई छ। 

यस्तै अर्की स्थायी कमिटी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओली पार्टीमा अल्पमत र आफूलाई अनुकूल पर्दा बैठक बोलाउने नभए बैठकको नामै सुन्न नचाहँदा पार्टीमा समस्या बढ्दै गएको टिप्पणी गरिन्। ‘उहाँ (केपी ओली) आलोचना सुन्ने भनेपछि पटक्कै सक्नुहुन्न। तनाव सुरु भइहाल्छ’, शाक्यले भनिन्, ‘पार्टीमा भन्नुपर्ने विषय धेरै छन्, आलोचना गर्नुपर्ने विषय धेरै छन्। केपी कमरेडलाई त्यो सुन्ने मन छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

लामो समय केपी कमरेड जेल बसेकाले पार्टी संगठनको महत्त्वको विषयमा थाहा नै नभएको शाक्यले आरोप लगाइन्। ‘नवौं महाधिवेशनबाट केपी कमरेड अध्यक्ष भएपछि बैठक नियमित बस्न छाड्यो। मन लागे बैठक बस्यो, मन लागेन बसेन। बल्लबल्ल बैठक राख्यो तर बैठक सक्नै हतार हुने भयो’, शाक्यले भनिन्, ‘उहाँ (केपी) को त्यही स्वभाव नेकपामा सरेको छ। पार्टी बैठक नबसेको यति लामो समय भइसक्यो। वास्ता नै छैन।’

पार्टी अध्यक्षले अरुको कुरा सुन्नै नचाहँदा पार्टीको हालत बिग्रदै गएको शाक्यको भनाई छ। पार्टी बैठक नियमित बस्दा नेता कार्यक्रम सक्रिय हुनुका साथै संगठनले जिवन्तता पाउने शाक्यको विश्लेषण छ।

कहिले बसे केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक?  
पार्टी एकता भएको झण्डै दुई वर्ष पुग्दा समेत अझै पोलिटब्यूरो गठन हुन सकेको छैन। अहिले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको मात्रै संरचना छ। पार्टीमा अरु कमिटी बनाए पनि सबै निर्णयहरु सचिवालयबाट हुँदै आएका छन्। पार्टी एकता भएको दुई वर्षमा एक पटक गत माघ १५ गतेदेखि १९ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्यो। केन्द्रीय कमिटी बैठक पनि लामो समय माग गरेपछि मात्रै बस्यो।

स्थायी कमिटी बैठक पार्टी विधान अनुसार तीनतीन महिनामा बस्नुपर्ने व्यवस्था छ। झण्डै दुई वर्षमा तीन पटक मात्रै बस्यो। स्थायी कमिटी बैठक २ असोज ०७५, ८ पुस ०७५ र २९ मंसिर ०७६ मा बसेको रेकर्ड छ ।

हरेक पटक स्थायी कमिटी बैठक बस्न नेताहरुले दबाब दिएपछि मात्रै बस्ने अवस्थामा पार्टी पुगेको छ। स्थायी कमिटी बैठक ओलीले आफू अनुकुल भए राख्ने र प्रतिकुल भए धकेल्दा बैठक राख्न सकस भएको नेताहरु बताउँछन्। पार्टी अध्यक्षले नै आफ्नो कमजोरी छल्न बैठक सार्दै जाँदा समस्या झन् बल्झिँदै जाने सम्भावना छ।

ओलीका सल्लाहकारहरु
प्रधानमन्त्री ओलीलाई सल्लाह दिने टिमका प्राय विभिन्न जिम्मेवारीमा छन्। राष्ट्रपति विद्या भण्डारीले पनि सल्लाह दिनुका साथै ओलीले पार्टीका हरेक निर्णयमा साक्षी बनेर साथ दिने गरेको नेताहरु बताउँछन्। पार्टी र सरकारको निर्णयमा अप्ठ्यारो परे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली,पार्टी महासचिव विष्णु पौडेल छन्।

यसअघि प्रधानमन्त्री ओलीले दललाई फुटाउन सजिलो हुनेगरी अध्यादेश जारी गरेपछि समन्वय गर्न मुख्यमन्त्री पोखरेल र गुरुङ काठमाडौंमा लामो समय बसे। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट जोगाउन शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली अहोरात्र खटेरै लागे। ओली निकट नेताको भूमिकाले अप्ठ्यारोमा परेका ओलीलाई गाँठो फुकाएर आ–आफ्नो क्षेत्र फर्किए।

यस्तै ओलीलाई सल्लाह दिनेमा सुवासचन्द्र नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, प्रदेश १ का शेरधन राई समेत पर्छन। तर ओलीलाई सल्लाह दिने भन्दा सहज हुनेगरी पार्टी र सरकारमा भूमिका खेल्नेगरी तल्लो तहमा महेश बस्नेत, कर्ण थापा, किसन श्रेष्ठ, प्रेम आले लगायत नेता छन्। ती नेताहरुले बाहिर भइरहेको सूचना दिने ओलीले दिएको निर्देशनलाई कार्यान्वयन लग्ने काममा भूमिका खेल्छन्।

सरकार र पार्टीले लिने निर्णयमा पहिलो तहमा बसेका नेताहरुले नै प्रधानमन्त्री ओलीलाई सल्लाह सुझाब दिने गरेको स्थायी कमिटी सदस्यले बताए। ‘प्रधानमन्त्रीज्यूले पार्टीमा कुनै निर्णय गर्दा यस्तो गर्दै छु, के गर्ने होला भन्नुहुन्छ’, ती स्थायी कमिटी सदस्यले भने, ‘कहिले हामीले भनेको सुझाव मान्नुहुन्छ। कहिले निर्णय भएपछि यस्तो भयो के गर्ने होला भन्नुहुन्छ।’

तर प्रधानमन्त्रीका एक सल्लाहकारले कुनकुन व्यक्ति भन्दा पनि विषयवस्तुको ज्ञानका आधारमा आफू निकटसँग सल्लाह लिने गरेको बताए। ‘प्रधानमन्त्रीज्यूले व्यक्ति हेरेरभन्दा विषयबस्तुमा जानकार आफ्नो मान्छेबाट सल्लाह लिनुहुन्छ’, ती सल्लाहकारले भने, ‘कानूनी पाटोमा प्राय सुवास नेम्वाङ,  राष्ट्रिय अन्तर्राष्ट्रिय कुटनीति र राजनीतिमा प्रदीप ज्ञावली, राजन भट्टराई, अर्थ तथा वित्तीय क्षेत्र भएमा युवराज खतिवडा, विष्णु पौडेल लगायत नेताले सुझाब दिनुहुन्छ।’

प्रचण्डः नाम मात्रैका कार्यकारी अध्यक्ष
नेकपामा पार्टी अध्यक्षको पहिलो वरियतामा ओली र दोस्रो वरियतामा प्रचण्डलाई राखिएको छ। प्रचण्डले पार्टीमा भूमिका नै भएन भन्ने गुणासो गरेपछि ४ मंसिर ०७६ मा ओली प्रचण्डवीच समझदारी भयो। ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने प्रचण्डले पार्टीमा कार्यकारी अध्यक्षको रुपमा भूमिका निर्वाह गर्ने समझदारी भयो।

पार्टीमा कार्यकारी अध्यक्ष प्रचण्ड भए पनि बैठक बोलाउने विषयमा कुनै भूमिका छैन। अध्यक्ष ओलीले बैठक नै बोलाउन नमानेपछि अर्को अध्यक्ष प्रचण्ड समेत हैरान छन्। कार्यकारी अध्यक्ष भएपछि प्रचण्ड दुई पटक सचिवालय र एक पटक स्थायी कमिटी बैठकको अध्यक्षता गरे। प्रचण्डले बैठकको अध्यक्षता गरे पनि सबै ओलीको सल्लाहमा निर्णय हुने गरेको माओवादी समूहका एक नेताले बताए। पार्टी र सरकारको निर्णयमा प्रचण्डको भूमिका नै नभएको ति नेताले बताए।

अध्यक्ष ओलीले गर्ने निर्णयमा प्रचण्डले माधव नेपाल र झलनाथ खनालको साथ लिएर हस्तक्षेप गर्ने प्रयास गरे पनि सफल भएको देखिएको छैन। तर, ओलीको अगाडि प्रचण्ड एक्लै केही गर्न नसक्ने अवस्थामा हुने गरेको ती स्थायी कमिटी सदस्यले बताए। ‘प्रचण्डलार्ई पार्टी अध्यक्ष भनिएको छ। केही निर्णय गर्न सक्ने अवस्था छैन’, ती स्थायी कमिटी नेताले भने, ‘अध्यक्ष ओलीले जे जे निर्णय गर्नुहुन्छ, त्यसैमा प्रचण्डले सहमति जनाउने मात्रै हो।’

एमाले अध्यक्ष हुँदादेखि नै ओलीले बैठक राख्न रुची देखाउँदैन थिए
तेह्रथुमको गरिब परिवारमा जन्मिएका ओली झापाको सरुङगा स्थिति कनकाई नदी किनारमा अभावमै हुर्किए। नेपालसँग जोडिएको भारतको नक्सलवाडी विद्रोहको रापले छोएपछि कम्युनिस्ट विचारसँग जोडिए ओली। झापा विद्रोहबाट कम्युनिस्ट राजनीतिमा जोडिएका ओली पञ्चायकालको १४ वर्षजेलमै विताए । २०२८ सालमा पक्राउ गरेको ओली २०४४ सालमा मात्रै छुटे।

२०५६ सालको संसदीय चुनावपछि पार्टीको नेतृत्वमा नेपाल भए पनि संसदीय दलको नेतामा ओलीले ईच्छा देखाए। महाधिवेशनबाट नेपाल महासचिव भएकाले दलको नेता ओलीलाई छोड्न तयार भएनन्। त्यसैको झोंकमा ओलीले आफ्नो आधिकारिक गुट बनाएर राजनीति गर्न थाले। ओलीको गुटमा सुरुदेखि नै विद्या भण्डारी, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायत नेताहरु खम्बा बनेर उभिए।

ओलीले पार्टीमा शक्ति बढाउँदै लगे पनि एमालेको आठौं महाधिवेसनबाट झलनाथ खनालसँग पराजित भए। ०७१ असारमा भएको एमाले नवौं महाधिवेशनमा माधव नेपाललाई अध्यक्षमा पराजित गरेपछि ओली पार्टी अध्यक्ष भए।

लामो समय जेल जीवन बिताएकाले केपी ओलीलाई पार्टी पद्धति र संगठन कसरी व्यवस्थित चलाउनुपर्छ भन्ने ज्ञान नै नभएको नेकपा नेता प्रदीप नेपालले बताए। ‘केपी कमरेड पार्टीमा काम गर्दागर्दै युवा अवस्थामै जेलमा पर्नुभयो। पार्टीमा संगठन बनाएर नेता कार्यकर्तामा धेरै भिज्न पाउनुभएन’, नेपालले भने, ‘उहाँ (केपी) मा सैद्धान्तिक ज्ञान भए पनि पार्टी संगठन कसरी चलाउनुपर्छ, बैठकको महत्त्व कति हुन्छ भन्ने विषयलाई ध्यान दिन सक्नुहुन्न।’

एमाले अध्यक्ष ओली हुँदा पार्टी केन्द्रीय कमिटी, पोलिटव्युरो लगायत बैठकहरु नियमित नहुँदा हैरानी व्यहोर्नुपरेको नेपालले स्मरण गरे। ‘एमाले अध्यक्ष भइसकेपछि पार्टीको बैठक बोलाउनुपर्‍यो भनेर महासचिव ईश्वर पोखरेलले भन्नुहन्थ्यो। पार्टी अध्यक्षले बैठक राख्न नमानेपछि महासचिवको केही चल्दैन थियो। अध्यक्ष ओली बैठक नै राख्न मान्नुहुन्थ्यो’, नेपालले भने, ‘नेकपा अध्यक्ष भएपछि बैठक नियमित चल्या छ/छैन अहिले थाहा छैन।’

यस्तै नेकपाकै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओली भएदेखि नै नियमित बैठक बस्न छाडेको आरोप लगाइन्। ‘पार्टी नेतृत्व माधव कमरेड झलनाथ कमरेड हुँदा नियमित बैठक बस्ने, धेरै दिनसम्म छलफल हुने, पार्टी प्रशिक्षण नियमित हुने हुन्थ्यो’, शाक्यले स्मरण गर्दै भनिन्, ‘माधव कमरेड र झलनाथ कमरेड नेतृत्वमा हुँदा केपी कमरेड नेतृत्वमा हुनुहुन्न थियो। उहाँ (केपी) खालि बैठकमा खोचे थाप्ने, उल्टो सुल्टो तर्क गरेर अप्ठ्यारो पार्ने, आफ्ना कुरा राखेर गइहाल्ने गर्नुहुन्थ्यो, अरुको कुरा सुन्दै सुन्नु हुन्नथ्यो।‘

तर नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी विधान र पद्धित अनुसार बैठक बस्ने बताए। ‘अहिले कोरोना महामारीको संक्रमण छ। पार्टीका नेता साथीहरुले बैठकको आह्वान गर्नुभएको छ’, विश्वकर्माले भने, ‘अध्यक्ष ओली प्रचण्डको सल्लाह छलफल भएपछि बैठक बस्छ। बैठक बस्ने विषयमा चाहेर बैठक रोकिने र चल्ने भन्ने हुँदैन। आवश्यकता अनुसार बस्छ।’

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १५:१६
  • #नेकपा
  • #केपी_ओली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे बस्दैछ । बिहीबार, भदौ २५, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो सैनिक मुख्यालयद्वारा जारी बाढीसम्बन्धी अपडेटअनुसार बुधबार पनि टनेलमा खोज तथा उद्धारकार्य जारी छ ।  त्यसअन्तर्गत रसुवागढी जलविद्युतआय... बुधबार, भदौ २४, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाको कारबाही कानुनी प्रक्रिया तथा प्राकृतिक न्यायको सिद्धान्तअनुकूल नरहेको ठहर गर्दै सां... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ? बिहीबार, भदौ २५, २०८३
पहिरोका कारण भेरी करिडोर अवरुद्ध, भेरी थुनिएको खबर गलत बिहीबार, भदौ २५, २०८३
जर्मनीमा दक्षिणपन्थी लहरको नेतृत्व गर्ने वीडल : आफैं ‘लेस्बियन’, पार्टी समलैंगिक विवाहविरोधी बिहीबार, भदौ २५, २०८३
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज बिहीबार, भदौ २५, २०८३
काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्