काठमाडौं- गत जेठ ३० गतेदेखि प्रवेश गरेको यस वर्षको मनसुन देशैभर सक्रिय हुने भएको छ। पश्चिम नेपालको पश्चिमी वायु कमजोर हुँदै गएकाले २४ घण्टाभित्रै देशैभर मनसुन पुगिसक्ने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाकी मौसम विद गंगा नगरकोटीले बताइन्। ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको प्रभाव भएपनि कमजोर हुँदै गएको छ।
पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित लगेकाले २४ घण्टाभित्रै देशैभर मनसुन सक्रिय हुने प्रक्षेपण गरेका छौं।’ नगरकोटीले भनिन्‚ ‘पश्चिमी वायुको प्रभाव भएकाले देशैभर मनसुन सक्रिय हुन समय लाग्यो। बादलको मुभमेन्ट यथावत भए छिट्टै देशैभर सक्रिय हुन्छ।’ यस वर्षको मनसुन देशैभर औषत हुने प्रक्षेपण गरिएको महाशाखाले जनाएको छ। नेपालमा जुन १० मा प्रवेश गरेको मनसुन सेप्टेम्बर २३ मा सकिन्छ।
तीन दिनको मनसुनको अवस्था यस्तो छ:
बुधबार
दिउँसो- सुदूरपश्चिम प्रदेश, कर्णाली र प्रदेश- ५ का केही स्थानहरुमा सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा पूर्ण बदली हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश- ५ का धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार रातीसमेत दिनभरकै जस्तो मौसमी गतिविधि हुने प्रक्षेपण गरिएको छ।
असार ४ (बिहीबार)
दिउँसो- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश- ५ मा सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा पूर्ण बदली हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश- ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश- ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश- ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
असार ५ (शुक्रबार)
दिउँसो- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश- ५ मा सामान्य बदली भई अन्य प्रदेशहरूमा पूर्ण बदली हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश- ५ मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
राती- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश- ५ मा सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा पूर्ण बदली हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश- ५ का साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।