काठमाडौं– अर्घाखाँचीको सितगंगा नगरपालिका–५ स्थित हरि माविको क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा सोही ठाउँका ४३ वर्षीय देवबहादुर विक रहेको अर्धाखाँचीका डिएसपी माधव बुढाथोकीले नेपाल लाइभलाई जानकारी दिए।
गए राति ३ बजेतिर क्वारेन्टाइनबाट बाहिर निस्केका उनी नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा उनी फेला परेका थिए। आफैंले ओच्छ्याउने गरेको तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको हो।
उनी भारतबाट गत जेठ १० गते नेपाल आएका थिए। उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको थियो। त्यसपछि पिसीआर जाँच गरिएको थियो। तर पिसिआरको रिपोर्ट भने आइनसकेको बुढाथोकीले बताए।
उनको शव पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।