काठमाडौं– साढे ६ किलो चरेससहित काठमाडौंको टोखा नगरपालिका–९ लक्ष्मीनगरबाट दुई युवक पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार चरेसको ओसोरपसार तथा बिक्री वितरण गर्न लागेको सूचना पाएपछि दुई युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका–४ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २४ वर्षीय तुलप्रसाद घर्तीमगर र म्याग्दीको ममगला गाउँपालिका–४ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ४४ वर्षीय नन्दप्रसाद रहेका छन्।
पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।