काठमाडौं- प्रधान सेनापती पूर्णचन्द्र थापा र सशस्त्र आइजी शैलेन्द्र खनाल कालापानी क्षेत्र प्रस्थान गरेका छन्।
उनीहरु दार्चुलाको कालापानी क्षेत्र छाङरुमा स्थापन गरिएको सशस्त्रको बोर्डर आउट पोस्ट बिओपी र सेनाले स्थापना गरेको अस्थायी बेसको निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गरेका हुन्।
नेपाली सेनाको हेलिकप्टरमार्फ उनीहरु दुवै जना त्यसतर्फ प्रस्थान गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
भारतले नेपाली भूमी मिचेर सडक बनाएपछि सेनाको अस्थायी बेस र सशस्त्रको बिओपी त्यस क्षेत्रमा स्थापना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।