काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले टासी घलेलाई मानर्थ अध्यक्षमा पुनर्बहाली गरेको छ। मंगलबार सातदोबाटोमा भएको कार्यसमितिको आपत्कालीन बैठकले घलेलाई पुनः एन्फाको मानर्थ अध्यक्षमा नियुक्त गरेको हो।
एन्फाले बाँकी समयअवधिका लागि विधानको धारा २० बमोजिम मानर्थ अध्यक्षमा घलेलाई नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
२०७५ माघ ३ गते मानर्थ अध्यक्ष टासी घलेलाई एन्फाको कार्यसमितिले नै हटाउने निर्णय गरेको थियो। एन्फाविरुद्ध नै विभिन्न अभिव्यक्ति र गतिविधि गरेको भन्दै एन्फाले घलेलाई हटाएको थियो।
आफूलाई मानर्थ अध्यक्ष पदबाट हटाएपछि टासी घलेले भने त्यसबेला पत्रकार सम्मेलन गर्दै आफ्नो अपमान भएको बताएका थिए। पाटन उच्च अदालतमा रिट समेत हालेका घले पुनः त्यही कार्यसमितिबाट नियुक्ति भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।