काठमाडौं- लद्दाखस्थित भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ। झडपमा भारतका तीन सैनिकको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ। भारत सरकारको आधिकारिक बक्तव्यअनुसार गलवान सीमामा सैनिक पछाडि हटिरहेको समयमा झडप भएको हो।
भारतीय सेनाका अनुसार भारत–चीन सीमामा सोमबार राति दुई देशका सेनाबीच भिडन्त भएको हो। जसमा सेनाका एक अधिकृत र दुई सैनिकको मृत्यु भएको छ। भारतीय सेनाको दाबीअनुसार चीनतर्फ पनि केहीको मृत्यु भएको तर कति भन्ने यकिन नभएको जनाइएको छ।
सेनाको मुख्यालायका तर्फबाट दिइएको बक्तव्य अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारी अहिले यो विषयलाई सुल्झाउनका लागि घटनास्थलमा वार्ता गरिरहेका छन्।
गलवान भारत र चीनको लद्दाख सीमा रेखाको इलाका हो। पछिल्ला दिनमा यो इलाकामा चीनका सैनिक भारतीय सीमा प्रवेश गर्न खोजेपछि दुई देशका सेनाबीच संघर्ष चलिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।