काठमाडौं- सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ।
क्यान्सर रोगबाट समस्यामा रहेका शेर्पाको मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ। ३९ वर्षीय शेर्पाको भारत र नेपालका विभिन्न अस्पतालमा क्यान्सर रोगको उपचार भएको बताइएको छ। उपचारपछि शेर्पा एक महिना अघिदेखि घरमै आराम गरिरहेका थिए।
पर्यटनमन्त्री योगेश भट्टराईले मृतक शेर्पा अत्यन्तै राम्रो संभावना भएका, सकृय, गतिशील तथा जनप्रिय युवा नेता भएको सामजिक सञ्जालमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।