काठमाडौं- कोरोनाका कारण अमेरिकामा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन ४ वटा उडान तय गरिएको छ।
अमेरिकास्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेकालाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने जनाएको छ।
उनीहरुलाई असार ९ र ११ गते २/२ उडानमार्फत नेपाल फर्काउन लागिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।
असार ९ गते न्युयोर्कबाट टर्किस एयरलाइन्स र वासिङ्टन डिसीबाट कतार एयरवेजले उडान भर्ने दूतावासले जनाएको छ।
दोस्रो चरणमा १३ गतेको उडान सिकागोबाट टर्किस एयरलाइन्स र ड्यालसबाट कतार एयरवेजले उडान भर्नेछन्।
सो चार्टर उडानका लागि टर्किस एयरलाइन्सले १५ सय ३७ डलर अर्थात् १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ (आजको विनिमय दर अनुसार ) भाडा तोकोको छ।
कतार एयरवेजले १६ सय डलर अर्थात् १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।