काठमाडौं– अष्ट्रेलियाबाट असार ३ गते हुने भनिएको उडानको मिति सरेको छ।
अष्ट्रेलियामा समस्या परेका नेपाली लिएर सिड्नीबाट आउने भनेको नेपाल एयरलाइन्सको सो चार्टर जहाज असार ९ (२३ जुन २०२०) मंगलबारका लागि सरेको हो।
अष्ट्रेलियाबाट दोस्रो उडान पनि असार १२ गते (२६ जुन २०२०) मा हुने क्यानबेरास्थिति नेपाली दूतावासले जनाएको छ।
सो उडानमार्फत स्वदेश फर्कन आवेदन दिएकामध्ये सरकारले तोकेको प्राथमिकताका आधारमा छनोट गरिने दूतावासले जनाएको छ।
सो उडानमार्फत भिसा अवधि सकिएका, स्वदेश फर्कनुपर्ने अबस्थाका विद्यार्थी, कोरोना बाहेक अन्य जटिल बिरामी, गर्भवती, भिजिट भिसामा गएर अलपत्र परेका, विभिन्न कारणले खान बस्न समस्या भएका वा रोजगारी गुमाएर अलपत्र परेकालाई प्राथमिकतामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।