• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मगन्तेरहित क्षेत्र पशुपतिनाथमा भिक्षा निषेध कानुन लागू

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ४, २०७५  ०६:४७
1140x725

काठमाडौं- एउटा कानुन निर्माण भएको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू गरिएको छ।

२०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने (निषेध) ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो। भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११ गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो। त्यसै वर्ष असोज १ गतेदेखि नेपालभर ऐन लागू गरिए पनि कार्यान्वयन हुन सकेको थिएन। 

पशुपति क्षेत्र विकास कोषले गत चैत २० गतेदेखि पशुपति क्षेत्र परिसरलाई मगन्तेरहित क्षेत्र घोषणा गरेपछि यो ऐन कार्यान्वयन सुरु भएको हो। पशुपति क्षेत्रमा मागेर बस्नेहरुलाई मानव सेवा आश्रमले आश्रय दिएको छ। कोषका सदस्य-सचिव डा प्रदीप ढकाल देशभरका देवस्थलबाट मगन्तेलाई हटाउने अभियान सुरु गरिनुपर्ने बताउँछन्।

'पशुपति परिसरलाई सहयोगापेक्षीरहित बनाउँदा एक सय जना मगन्तेमा आठ जनालाई व्यवस्थापन गर्नुपर्ने देखियो, जसको समाजमा कोही छैनन्, तिनलाई मानव सेवा आश्रम जस्ता स्थानमा राखिनुपर्छ, पेशाका रुपमा माग्न बस्नेलाई ऐन अनुसार कारबाही गरिनुपर्छ',  उनले भने। 

मन्दिर क्षेत्रमा हात थापेर बस्नेले सहज तरिकाले राम्रो आम्दानी गर्ने भएपछि धेरै मानिस मगन्ते पेशामा आकर्षित भएका हुन्। ऐन अनुसार देशभर माग्न निषेध गरिए यो पेशा अपनाउनेले विकल्प खोज्ने सदस्य सचिव ढकालको भनाइ छ। पशुपति क्षेत्रमा २८ वर्षदेखि निरन्तर माग्ने पेशा अपनाउने पनि भेटिएको कोषले जनाएको छ। 

पशुपति मन्दिर परिसरलाई तीन दशकदेखि माग्ने थलो बनाएकाले कोषका सदस्य सचिव ढकाललाई समेत ‘हटाउने तँ को होस्’ भनेर थर्काउने मगन्ते भेटिए। कोषले घर हुनेलाई खर्च दिएर पठाएको छ। रोजगारी गर्नेलाई पशुपति क्षेत्रमै सञ्चालित आयोजनामा काम दिएको छ। काम गर्न नसक्ने र बिरामीलाई मात्र आश्रममा पठाइएको हो। 

आश्रमका काठमाडौं संयोजक एवं प्रवक्ता सुमन बर्तौला पशुपति क्षेत्रलाई सहयोगापेक्षीरहित क्षेत्र घोषणा गरेपछि ९२ जनालाई पुनःस्थापित गरिएको बताउँछन्। आश्रम सडक र मन्दिर क्षेत्रमा माग्ने नबस्ने गरी मानवीयताको राष्ट्र नेपाल बनाउने अभियानमा लागेको छ। 

'सत्य, न्याय, अनुशासनको राष्ट्र निर्माण गर्ने अभियान चलाइएको छ, यसका लागि विसं २०८२ सम्म नेपाललाई मगन्तेरहित बनाउने आश्रमको योजना छ, ‘सबैलाई खाना, नाना र छाना हाम्रो चाहना’ भन्ने नारालाई मूलमन्त्र बनाएर आश्रमले काम गरेको छ', उनले भने।  

nimb
nimb
Ncell 2
Ncell 2

सडकपेटी र मन्दिर क्षेत्रमा पर्यटकको पनि आँखा जाने भएकाले यस्तो अभियान सुरु गरिएको आश्रमले जनाएको छ। आश्रममा हाल ६० जना युवा स्वयंसेवी सक्रिय छन्। २०८२ सालसम्म एक हजार जना स्वयंसेवी बनाउने तयारी भएको प्रवक्ता बर्तौलाले बताए। 

काठमाडौं महानगरपालिकाले मासिक रु एक लाख ६७ हजार २ सय भाडा तिरेर गोंगबु र बूढानीलकण्ठमा आश्रम सञ्चालन भएको छ। सडक र मन्दिर क्षेत्रमा माग्नेले कम्तीमा पनि दैनिक रु एक हजारभन्दा बढी कमाउने गरेका छन्। यी मगन्तेले सार्वजनिक स्थलमै स्वच्छन्द जीवन यापन गर्न पाउने भएकाले यसतर्फ आकर्षित भएका हुन्। 

पशुपति क्षेत्रका मगन्तेका बारेमा अध्ययन गर्नुभएकी कञ्चन राउत सक्रिय रुपमा काम गर्न सक्ने मानिस पनि मागेर निस्क्रिय बन्दा जनशक्ति अभाव हुने बताउँछन्।

पशुपति क्षेत्रबाट आश्रम लगिएका कतिपय सहयोगापेक्षीमा गम्भीर रोग र मानसिक समस्या समेत देखिएको प्रवक्ता बर्तौलाले सुनाए। यिनैमध्येका एक सुनिल भुजेल क्षयरोग, मधुमेह, एउटा फोक्सोले समेत काम नगर्ने अवस्थामा कालीमाटी क्षयरोग अस्पतालमा उपचार भइरहेको आश्रमले जनाएको छ। 

आश्रमले बैशाख महिनामै बौद्ध, भद्रकाली र स्वयम्भू क्षेत्रका मगन्तेलाई उद्धार गर्ने तयारी गरेको जनाएको छ। हनुमानढोकास्थित कालभैरव मन्दिर अघि बसेकी ९२ वर्षीया वृद्धालाई आश्रममा लैजान १२ पटकसम्म प्रयास गर्दा पनि असफल भएको प्रवक्ता बर्तौलाले बताए। 

वृद्धाका छोरा-बुहारीले घर फर्काउन प्रयास गर्दा पनि असफल भएको उनले सुनाए।

– पूर्णप्रसाद मिश्र / रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले दियो आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन
स्वास्थ्य वैज्ञानिकको शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै शुक्रबार, चैत २७, २०८२
सरकारले दियो आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन शुक्रबार, चैत २७, २०८२
स्वास्थ्य वैज्ञानिकको शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै शुक्रबार, चैत २७, २०८२
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता शुक्रबार, चैत २७, २०८२
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
उपसभामुख पदका लागि सरस्वती लामा र रुवी कुमारीबीच प्रतिस्पर्धा हुने बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्