काठमाडौं– प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उक्त निर्णयअनुसार पदोन्नति भएका ७३ जनामध्ये ४१ जना प्रहरी निरीक्षकहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिमा आफ्नो सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलकासाथ उत्कृष्ट काम गर्न निर्देशन दिए।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक गणेशराज उप्रेतीले संगठनले अंगिकार गरेको नीतिअनुरुप दृढ, व्यवसायिक एवम् कुशलतापूर्वक प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
पदोन्नति भएकामध्ये २ जना संयुक्त राष्ट्र संघीय मिसनमा तथा ३० जना उपत्यका बाहिर कार्यरत रहेकोले सम्बन्धित कार्यालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने कार्यक्रम रहेको छ। उनीहरुको पदस्थापन समेत भएको छ।
कसको कहाँ पदस्थापन ?







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।