काठमाडौं- नेपाल प्रहरीका प्राविधिक डिआइजी राजिव सुब्बाको राजीनामा स्वीकृत भएको छ। इन्जिनियरिङतर्फ एआइजी दरबन्दी नहुँदा असन्तुष्ट भई राजीनामा दिएका सुब्बाको राजीनामा स्वीकृत भएको हो।
उनले गत फागुनमा व्यक्तिगत कारण राजीनामा दिएको उल्लेख गरेका थिए। प्रहरीमा चिकित्सातर्फ एआइजीको दरबन्दी छ। तर, प्राविधिक इन्जिनियरिङ्तर्फ एआइजी पदको दरबन्दी छैन। दरबन्दीको अभावमा आफूभन्दा जुनियर एआइजी हुँदा उनी डिआइजी पदमै बस्नु परेको असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए।
स्रोतका अनुसार उनले इन्जिनियरिङ्तर्फ पनि एआइजी पदको दरबन्दीका लागि पहल गर्न संगठनमा कुरा अगाडि बढाए पनि प्रक्रिया अगाडि नबढेपछि उनी असन्तुष्ट थिए।
२०७२ मा आएको शक्तिशाली भूकम्पपछि सूचना सम्प्रेषण लगायतका काममा उनले प्रहरीको प्राविधिक पक्ष निक्कै बलियो बनाएका थिए। उनले पिएचडीसमेत प्राकृतीक विपदमा सामाजिक सञ्जालको प्रयोग विषयमा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।