काठमाडौं- पश्चिम रुकुमको चौरजहारीमा भएको हत्याकाण्डमा जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले तीन अभियोगमा ३४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले प्रहरीको अनुसन्धान प्रतिवेदनपछि आइतबार जिल्ला अदालतमा २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
प्रहरीले दुई नाबालकबाहेक ३२ जनाविरुद्ध हदैसम्मको सजाय माग गरेको छ। मुलुकी फौजदारी संहिता अनुसार उनीहरुलाई हदैसम्मको कैद सजाय हुनुपर्ने माग अभियोगपत्रमा उल्लेख छ। सरकारी वकिल कार्यालयले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतका मुद्दामा उनीहरुमाथि सजायको माग गरेको छ।
अभियोगपत्रमा वडाध्यक्ष डम्बरबहादुर मल्ल विरुद्ध पनि जन्मकैदको सजाय माग गरिएको छ। यसरी मुद्दा दायर भएका मध्ये ५ जना अभियुक्त फरार रहेका छन् भने २९ जनालाई अदालत पेस गरिएको छ।
यी हुन् प्रतिवादी
डम्बरबहादुर मल्ल (वडाध्यक्ष)
डिल्लिबहादुर मल्ल ठकुरी
तुलबहादुर मल्ल
प्रेमबहादुर ठकुरी
सन्तोष मल्ल
मोहन पुनमगर
मानबहादुर मल्ल
टोपबहादुर मल्ल
सविन पुन
नाबालकहरु रुकुम पश्चिम १
रुकुम पश्चिम २
रुकुम पश्चिम ३
इन्द्रबहादुर मल्ल
तिलक चन्द
इर्दबहादुर ठकुरी
लिपेन्द्रकुमार मल्ल
हर्कबहादुर मल्ल
विनोद मल्ल
दिपेन्द्र चन्द
नेत्रबहादुर मल्ल
रेशम बहादुर मल्ल
धनाराज राना
नविनकुमार घर्ती
विराज पुन मगर
भिमबहादुर पुन
रमित पुन मगर
विष्णु मल्ल
तुलाराम घर्ती
डिल्ली घर्ती
क्वापे भन्ने लोकेन्द्र घर्ती
सौरभ पुन
भिमबहादुर बुढा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।