काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) गुल्मीका कोरोना संक्रमितको मृत्यु, १९ पुगे मृतक, थप ४२५ कोरोना संक्रमितसहित संक्रमितको संख्या ५ हजार ७६० पुग्यो, निजी प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति । ( मृतकको संख्या १९ पुग्यो )
२) बिएमडब्लू सेभेन सिरिज आयात स् कार छुटेको १८ दिनपछि लक्ष्मी प्रिमियमले ति¥यो पूरा कर, अन्तःशुल्क छुट नपाएपछि थप ६३ लाख १२ हजार कर भुक्तानी । ( कार छुटेको १८ दिनपछि पूरा कर )
३) काठमाडौं प्रवेशमा कडाई, उपत्यका भित्र आउने र बाहिरिनेका लागि अनिवार्य पास लिनुपर्ने व्यवस्था, असार २१ सम्म हवाई उडान बन्द गर्ने सरकारको निर्णय । ( काठमाडौं प्रवेशमा कडाई )
४) स्पेनिस ला लिगामा तीन महिनापछि फर्किएको बार्सिलोनाद्वारा मायोर्का ४–० गोलअन्तरले पराजित, जितसँगै बार्सिलोनाको दोस्रोमा रहेको रियल मड्रिडसँग पाँच अंकको अग्रता । ( बासिलोनाको शीर्ष स्थान कायमै )
५) र, दुई महिनापछि बेइजिङमा फर्कियो कोरोना भाइरस संक्रमण, ४५ जना संक्रमितपछि ’युद्धकालिन आपतकाल’ घोषणा, कोरोना भाइरसको नयाँ चरण सुरू भएको आशंका । ( चीनमा कोरोनाको नयाँ चरणको आशंका )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।