काठमाडौं– धनुषाको सबैला नगरपालिका–७ लबटोलीका अरुण मण्डललाई हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय श्रवण मण्डल रहेको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले नेपाल लाइभलाई जानकारी दिए।
मण्डललाई प्रदेश २ प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले महोत्तरीको जलेश्वर नगरपालिका–३ भिट्टामोडबाट पक्राउ गरेको हो।
२५ वर्षीय मण्डललाई गत जेठ २८ गते राति गोली हानी हत्या गरिएको थियो। अरुणको हत्यामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।