• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जिदानको संकटको समय

64x64
ऋग्वेद शर्मा आइतबार, जेठ ३२, २०७७  १५:०५
1140x725

काठमाडौं- फर्किएको ला लिगामा जिनेदिने जिदानका लागि प्रतिस्पर्धा उपाधि भिडन्तका लागि मात्रै होइन। कोरोना माहामारीअघि रियल बेटिससँग पराजित भएर शीर्ष स्थान गुमाएको मड्रिडका लागि प्रशिक्षक जिदानले नयाँ सिजनको आश जगाउनुपर्नेछ। 

लिगको २६औँ खेलमा बार्सिलोनालाई २-० ले हराएर उपाधिमा बढेको रियल मड्रिड २७औँ खेलमा रियल बेटिससँग २-१ ले पराजित भएको थियो। जसले उपाधिको दौडमा कमजोर बनाउने मात्र होइन जिदानको शैलीमाथि पनि प्रश्न उठायो। 

रियल बेटिससँगको हारअघि सेल्टा भिगो र लेभान्टेसँग गुमाएको अंक र म्यानचेस्टर सिटीसँगको च्याम्पियन्स लिगको खेलले पनि सफल प्रशिक्षकका रुपमा दरिएका जिदानमाथि प्रश्न सुरु भएका थिए। 

फुटबल रोकिएको पछिल्लो तीन महिना जिदानले शान्तिको स्वास फेर्न पाएका भए पनि टिमको रणनीतिमा कति काम गरेका छन् त्यो केही दिनमा देखिनेछ। आउँदो सिजनका लागि मनोबल उच्च बनाउन पनि यो सिजनको उपाधि जिदानका लागि महत्वपूर्ण छ। 

त्यसको सुरुवात आइतबार राति सवा ११ बजे इबरसँगको खेलले गर्नेछ। चोटका कारण लामो समय मैदानबाहिर रहेका इडन हाजार्ड र मार्को एसेन्सियोको फिर्तिले जिदानको पक्षमा बल पुगेको छ। जसले खेलाडी छनोटको अवसरमा उनलाई रोज्ने छाड्ने राम्रा मौकाहरु छन्। अग्रभागमा हाजार्ड र बेन्जेमा सँगै इस्कोलाई बढाउने योजनामा देखिएका जिदानले ४-३-३ या ४-४-२ को शैलीमा खेल्छन् भन्ने यकिन छैन। 

राफेल बेनिटेजलाई हटाएपछि २०१६ को जनवरीमा जिदान रियल मड्रिडको प्रशिक्षक नियुक्त भएका थिए। खेलाडीको रुपमा रियल मड्रिडबाट ला लिगा, स्पेनिस सुपर कप दुई पटक, च्याम्पियन्स लिग, युइएफए सुपर कप, इन्टरकन्टिनेन्टल कप जितेका जिदानले प्रशिक्षकका रुपमा पनि ला लिगा, स्पेनिस सुपर कप, च्याम्पियन्स लिग लगातार तीन पटक, युइएफए सुपर कप दुई पटक, क्लब विश्वकप दुई पटक जिताएकैले क्लबबाट राजीनामा गरेर बाहिरिएको १० महिनामा पुनः क्लबले बोलाएको थियो। २०१८ को मे महिनामा राजीनामा दिएका जिदान २०१९ को मार्चमा पुनः नियुक्त भएका हुन्। 

रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जिताएर हिँडेका प्रशिक्षक जिनेदिने जिदान गएको सिजनको ११ खेल बाँकी हुँदा पुनः क्लब भित्रिएका थिए। बाँकी खेलमा गएको सिजन नै राम्रो गर्न नसकेका जिदानका लागि नयाँ सिजनमा पर्ख र हेरको अवस्था थियो। तर गएको मार्चमा वर्षकै तेस्रो प्रशिक्षकका रुपमा मड्रिड फर्किएका जिदानको क्षमता कमजोर भएको हो या टिममा हुनुपर्ने तालमेल अझै मिल्न नसकेको हो भन्नेमा प्रश्न उठि नै रह्यो।

Ncell 2
Ncell 2

मड्रिड गएको सिजन निकै तनावमा रह्यो। लगातार प्रशिक्षक परिवर्तन र खराब हारको निरन्तरताले आजित बनेको मड्रिडले सबै प्रतियोगिता गुमायो। यसैले मड्रिडले नयाँ सिजनका लागि महत्वपूर्ण परिवर्तन गर्न खोजेको थियो। तर अहिलेसम्मका खेल हेर्दा पुरानो अवस्थामा राम्रो सुधार भइसकेको देखिँदैन। अब कुन उपाधि मड्रिडको पक्षमा आउँछ भन्ने पनि यकिन छैन।

टिममा जेम्स रोड्रिग्वेज र नयाँ सिजनमा निकाल्न खोजिएका खेलाडी ग्यारेथ बेलको वापसीले केही नौलो हुने देखिए पनि मड्रिड समर्थकहरु विश्वस्त हुन सकेनन्। उनीहरुको खेल पनि आश गरेअनुरुप भएन। भिनिसियस जुनियरको राम्रो प्रयोग गर्न जिदान चुकिरहेका छन्। 

विशेषतः मड्रिड ब्यवस्थापनले २०१९-२० को सिजनका लागि प्रशिक्षक जिदानलाई नयाँ खेलाडी ल्याउनेदेखि भएका खेलाडी मिलाउने पूर्ण छुट दिँदादिँदै पनि तालमेल मिल्न नसक्नु कुनै समय युरोपमा एकछत्र राज गरेको क्लबको लागि दुःखद हो। चेल्सीबाट ल्याइएका इडन हाजार्डको चोटले लामो समय त्यो समस्या थपिरह्यो। अझै पनि क्रिष्टियानो रोनाल्डोको विकल्प को भन्ने प्रश्न उठिरहनु जटिल छ। 

केही भन्नुपर्दा जिदान छोटो वाक्यमा ठाडो आदेशमा भनिरहेका हुन्छन्। एक त उनलाई अप्ठ्यारो लाग्ने स्पेनिस भाषा अर्को र बोल्दा उनको ‘ब्लाक एण्ड ह्वाइट’ शैली। प्रि सिजनको खेल चलिरहँदा ग्यारेथ बेल अब टिममा रहँदैनन् भन्ने उनको अभिव्यक्ति पनि त्यही शैलीमा आएको थियो। जुन गलत सावित भयो।

आफ्नो प्रशिक्षण टिम र घरमा फ्रेन्चमा नै बोल्ने जिदानको स्पेनिस सुधार हुनुको सट्टा अझ खराब भइरहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। जसले टिममा उनको भूमिकामा पनि असर परिरहेको छ।

जिदान आफैले टिमको खेल हुनुपर्ने जस्तो नभएको स्वीकार गरे पनि समस्या उनले देखेको भन्दा बढी छ। त्यो बुझेर नै मड्रिड ब्यवस्थापन नयाँ सिजनका लागि स्टार खेलाडीको खोजीमा लागिरहेको छ। 

यो सिजनको सुरुवातमा नै ६ महिनामा ट्रान्सफरका लागि तीन सय मिलियन युरो खर्च तर पनि टिममा नयाँ अवसर नदेखिनु मड्रिडका लागि नौलो भइरहेको छ। यदि क्रिष्टियानो रोनाल्डोको ठाउँमा इडन हाजार्डलाई राखेर हेर्ने हो भने मड्रिड टिममा अझै पनि नयाँ खेलाडीको अवसर खास देखिँदैन।

हाजार्डबाहेक अरु नयाँ ल्याइएका खेलाडीले त सुरुवाती ११ मा खेल्न पाउने नपाउने पनि दुविधा अझै देखिन्छ। यसले टिममा सकारात्मक धारणाको सञ्चार भएको छैन। मिडफिल्डमा टोनी क्रुस र लुका मोडरिका साथै डिफेन्समा ड्यानी कार्भाजल, सर्जियो रामोस, मार्सेलो या त राफेल भारान जिदान यिनैको वरिपरि छन्।

भिनिसियस, एसेन्सियो, सेबालस, अल्भारो, लुनिन, रोड्रिगो, भ्यालेजो, हर्नान्डेज जस्ता युवा खेलाडी ल्याएर नयाँ बन्न खोजेको मड्रिडको प्लेइङ सेट हेर्ने हो भने २०१४ को भन्दा फरक केही लाग्दैन। युवा खेलाडीको प्रयोगले खेलमा कसरी फरक पार्छ भन्ने हेर्न बार्सिलोनालाई २-० ले हराएको खेल हेर्दा पनि थाहा हुन्छ।

जिदान अहिले पनि आफ्नो उही ४-४-२ को शैलीमा बढी विश्वास गरिरहेका छन्। त्यसमा अट्याकमा प्रमुख दुई खेलाडी को हुने भन्नेमा भने उनी विश्वस्त छैनन्। जिदानले ४-४-२ को शैली अपनाउन खोजे पनि जिदानको पहिलो रोजाइँका खेलाडी भने ४-४-३ को शैलीमा देखिइरहेका हुन्छन्।

नयाँ खेलाडीसँग पुरानो तालमेल मिलाउन नसक्दा मैदानमा उनको योजना प्रस्ट भइरहेको छैन। भायाडोलिड र रियल बेटिसविरुद्धको खेलमा त तालमेल अझ बिग्रिएको थियो।

त्यसमा खेलाडीमा तीब्रताको र खेलप्रतिको एकाग्रताको अभाव देखिएको थियो। जुन गएको सिजनमा रायो भालेकानो, रियल सोसिडाड र रियल बेटिससँग हारेको भन्दा भिन्न थिएन। 

मड्रिडमा पहिलो रोजाइँका खेलाडीहरुमा खेलमा पहिले गोल खाँदा मनोबल कमजोर हुने समस्या देखिएको छ। प्रि सिजनका खेलहरुमा पनि पहिले नै पछि परेको अवस्थामा खेलाडीहरु हच्चिएका देखिन्थे।

गएको सिजन प्रशिक्षक सान्टियागो सोलारीले सुरुवाती ११ मा मार्कस लोरेन्टे, सर्जियो रेगुलियन, भिनिसियस जुनियर जस्ता खेलााडीलाई अवसर दिएका थिए। जिदानको वापसीपछि उनले युवा खेलाडीलाई बेञ्चमा राखेर क्रुस, मोडरिक र इस्को जस्ता सिनियर खेलाडीलाई नै बढी विश्वास गरे।

जिदानले गएको सिजन पुराना खेलाडीलाई नै खेलाउनुमा सिजनपछिको बिक्रीमा सहज होस् भन्ने धारणा रहेको धेरैले बताएका थिए। तर नयाँ सिजनमा जिदानको योजना त्यही वरपर देखिएपछि उनको विश्वास पुराना खेलाडीप्रति नै बढी रहेको देखिन्छ।

खासमा खेल जित्नका लागि राम्रो खेलेर भन्दा पनि महत्वपूर्ण समयमा सही निर्णय गर्न सक्ने क्षमता प्रबल रहन्छ। त्यसमा डिफेन्स होस् या अट्याक मड्रिड साना टिमहरुसँग पनि चुकिरहेको छ। जित्नैपर्छ भन्ने ध्यानको अभावले तालमेल समेत विग्रिएको देखिन्छ।

नयाँ सिजनमा मड्रिड टिमले विश्वस्तरीय नयाँ खेलाडीलाई ल्याउने समर्थकको आशा पनि जारी नै छ। त्यसमा अहिले हाजार्ड मात्रै एक्ला देखिन्छन्। २००९ मा फ्लोरेन्टिनो पेरेजले जसरी क्रिष्टियानो रोनाल्डो, जाभी एलन्सो, काका र करिम बेन्जेमालाई ल्याएका थिए त्यही शैलीमा मड्रिड अगाडि बढ्ने आश पूरा नहुने देखिएको छ। अहिलेको आर्थिक संकटले पनि नयाँ सिजन अझ स्टार खेलाडी थप्न सहज हुने छैन।

सञ्चार माध्यमसँगको कुराकानी र पत्रकार सम्मेलनमा नै पनि जिदान प्रस्ट देखिँदैनन्। अवस्था जस्तो आए पनि उनी टिमप्रति विश्वस्त छन्। खेलमा सुधार हुनुुपर्छ भन्ने बताइरहे पनि उनी टिममा परिवर्तन गर्ने सोचमा भने देखिँदैनन्।

मड्रिड टिममा कमजोर बनेको गोलको अवसर मात्र देखिने गरे पनि मिडफिल्डमा जुन तालमेल पहिले हुन्थ्यो त्यो अहिले छैन। क्यासेमिरोको स्थानमा रहेका मार्कस लोरेन्टे बेचिसकिएको छ। क्रुस र मोडरिकको स्थानमा हुन सक्ने डानी सेबालस लोनमा गएका छन् जसले गर्दा फेड भालभर्देले धेरै समय पाइरहेका छन्।

मिडफिल्डमा पछिल्लो समय क्रुस, क्यासेमिरो र लुका मोडरिक साथै कहिलेकाहीँ इस्कोको भूमिका तीब्रतामा आधारित छैन। त्यसले खेलको ‘पेस’ घट्नुका साथै शक्ति कमजोर बनिरहेको देखिन्छ। जसले उनीहरुको खेल अनुमान गर्न मिल्ने खालको हुन्छ। 

अहिले फुटबल रोकिएको तीन महिनाको अवधिमा जिदानले पक्कै केही नयाँ योजना भने बनाएको हुनुहुपर्छ। पुरानो शैलीमा केही परिवर्तन गरेर विश्वकै सफल फुटबल प्रशिक्षकमा दरिएका जिदानले आफ्नो पुरानो जितको समय फर्काउन मेहनत त गर्ने नै छन्। 

आइतबार राति हुने खेल प्रशिक्षकका रुपमा जिनेदिने जिदानको मड्रिडबाट दुई सयौँ खेल हो। उनले मड्रिड प्रशिक्षकका रुपमा १ सय ९९ खेलमा १ सय ३१ खेल जितेका छन्। जुन राम्रो आँकडा हो। तर जिदानको समय भने खस्किएको देखिन्छ। 

मड्रिडमा प्रशिक्षकका रुपमा रहेको पहिलो चरणमा जिदानको पहिलो वर्ष जितको प्रतिशत ७७ थियो। अहिले हरेक वर्ष घटेको जितको आँकडा अहिले ५४ प्रतिशतमा पुगेको छ। जुन गएको सिजन बाँकी रहेको ११ खेलको अवस्था समेत हो। 

अब ला लिगामा बाँकी रहेका ११ खेल विश्वकप जस्तो सोचेर खेल्न जिदानले खेलाडीहरुलाई निर्देशन दिएका छन्। बाँकी रहेका खेलका लागि खेलाडीहरु राम्ररी तयार रहेको पनि उनले बताएका छन्। ‘लिगको यो अन्तिम चरणमा कसरी खेल्नुपर्छ भन्ने मेरा खेलाडीलाई राम्ररी थाहा छ, महत्वपूर्ण कुरा भनेको तयारी हो जुन हामीले राम्ररी गरेका छौँ’ उनले भनेका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष सोमबार, माघ ५, २०८२
कैलाली–५ बाट त्रिविका पूर्व उपप्राध्यापक आनन्द चन्द रास्वपाका उम्मेदवार सोमबार, माघ ५, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार सोमबार, माघ ५, २०८२
मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्