काठमाडौं- नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको गाडी दुर्घटनामा मृत्यु भएको छ।
नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी अजय केसीले गाडी दुर्घटना हुँदा शर्माको घटनास्थलमै ज्यान गएको नेपाल लाइभलाई जानकारी दिए। उनी आफैंले गाडी चलाएर विपद व्यवस्थापनको बैठकमा जाँदै गर्दा गाडी दुर्घटना भएको हो।
पूर्व-पश्चिम राजमार्गको नवलपरासीस्थित शिवकलोनीमा शर्माले चलाएको लु १ झ ३७० नम्बरका गाडी दुर्घटना भएको एसपी केसीले बताए। उनीसँगै गाडीमा रहेका हरिला रज्जाक घाइते भएको प्रहरीले जनाएको छ।
घाइते रञ्जाकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको एसपी केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।