काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालको निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित, संशोधनको पक्षमा कुल २५८ मत, विपक्षमा शून्य मत । ( संविधान संशोधन विधेयक सर्वसम्मत पारित)
२) ५ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८ पुग्यो, शनिबार थपिएका २७३ जनासहित ५ हजार ३३५ जनामा कोरोना भाइरस संक्रमण । ( मृतकको संख्या १८ पुग्यो )
३) कामदारसँग उठाएको पैसाले मन्त्रीलाई गाडी र भत्ता, श्रमिक उद्धार गर्न डलर असुल्दै सरकार, मन्त्रीलाई भत्ता र गाडी किन्न मिल्ने, उद्धारमा खर्च गर्न किन नमिल्ने ? ( कामदारसँग उठाएको पैसाले मन्त्रीलाई गाडी )
४) बन्द रंगशालामा आइपिएल गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्डको तयारी, यहि वर्ष आइपिएल गर्न सक्ने हरेक सम्भावनालाई हेरेर काम गरिरहेको बिसिसिआई आध्यक्ष गांगुलीको भनाइ । ( यहि वर्ष आइपिएल गर्ने तयारी )
५) र, अमेरिकाद्वारा इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्यामा कटौती गर्न दुवै देशबीच संयुक्त वक्तव्य जारी, के कति मात्रामा संख्या घटाइने भन्ने विषयमा अमेरिका मौन । ( अमेरिकाले इराकमा सेनाको संख्या घटाउने )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।