माइतघरमा प्रदर्शन गर्दै युवाहरु
काठमाडौं– माइतीघर मण्डलाबाट प्रहरीले सात जना विदेश नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक तीन जना, अमेरिकन, नर्वे, अष्ट्रलिया र क्यानाडा एक/एक जना गरी सात जना नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका डिआइजी विश्वराज पोखलेलले जानकारी दिए।
पक्राउ परेका सातै जनालाई भृकुटीमण्डपस्थित पुलिस क्लबमा राखिएको छ। एमसिसी, कोरोना माहामारीको सरकारी उदासिनता लगायतको विरोधमा उत्रिएका युवाहरुको भिडबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ।
यद्यपि आन्दोलनमा उनीहरुको संलग्नता रहे/नरहेको भने पुष्टि भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।