• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘कुवाँकै पानी पिएर जुनी बित्ने भो’

64x64
रासस शनिबार, जेठ ३१, २०७७  ०९:४७
1140x725

गलकोट- बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ। बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन। 

‘कुवाकै पानी लिन जाँदाजाँदै वर्षौं बितिसक्यो,’ इन्द्रकलाले भनिन्, ‘खानेपानीको धारो घरमै ल्याउने सपना यो चोलामा पूरा नहोलाजस्तो छ।’ कुवाकै पानी ल्याउँदा–ल्याउँदै हैरानी खेपेका त्यहाँका जनताको घरमै धारोको पानी थाप्ने झिनो आशा भने बाँकी नै छ। उमेरले बुढेसकाल लागिसकेका सोही गाउँका हुमबहादुर विकले आठ–दश वर्षदेखि खानेपानीका लागि नापजाँच गरे पनि हालसम्म कुवाकै पानीमा निर्भर हुनुपरेको गुनासो गरे।

‘गाउँमा धेरैपटक खानेपानी ल्याउन प्रयास भए पनि दुर्गम गाउँमा खर्च धेरै लाग्ने भएका कारण कुवाकै पानी खाँदैछौं,’ हुमबहादुरले भने, ‘बर्खामास त घर नजिकै मूल फुट्छ र खान्छौं, हिउँदमा त उत्तरगङ्गाकै पानीको भर पर्नुपर्ने हुन्छ।’ पुस, माघमा अत्यधिक हिउँ पर्ने कारण घुम्ती बसाइँसराइ गरी ढोरपाटन नगरपालिका–८ तल्लो बोबाङमा समेत बस्दै आएका नवीगाउँबासीको अधिकांश बसाइ भने गाउँमै हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

दलित बस्तीको नवी गाउँका ६०० घरमा एउटै खानेपानीको धारो नभएको ढोरपाटन जनवादी आधारभूत विद्यालयका प्रधानध्यापक देवबहादुर सुनारले जानकारी दिए। सुनारका अनुसार, केही व्यक्तिले क्षमताले भ्याएमा मुलबाट पाइपमा घरमा धारो ल्याए पनि अन्यले कुवाकै पानी प्रयोग गर्दै आएका छन्। विद्यालयमा समेत खानेपानी पुर्‍याउन नसकिएको प्रधानध्यापक सुनारको भनाइ छ। 

जिल्लाको अधिकांश क्षेत्रमा खानेपानीको पहुँच पुगे पनि बागलुङको पश्चिमक्षेत्रका विकट गाउँमा खानेपानी पुग्न सकेको छैन। हिमपातका कारण बसाइँसराइ गरी तल्लो बोबाङ झर्दा छिटफुट खानेपानीको धारो प्रयोग गर्ने भए पनि नवीमा बस्दा कुवामै पानी ल्याउन जानुपर्ने बाध्यता रहेको नवीबासीको गुनासो छ। 

पशु तथा सरसफाइका लागि खोलानालाको पानी ठिकै भए पनि पिउनका लागि भने समस्या हुने गरेको घरमाथिको कुवामा लुगा धुन आएकी दिलकुमारी विकले दुखेसो पोखिन्। ‘कहिले कुवा धमिलो भएको हुन्छ,’ उनले भनिन्, ‘जन्मिएदेखि यस्तै पानी पिउँदै आएका छौं, घरमै धारो आए कति सहज हुन्थ्यो होला।’

नवीगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनको तयारीमा रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए। ‘नवीगाउँमा खानेपानीको निकै समस्या भएको हामीले महसुस गर्दै आएका छौं,’ नगरप्रमुख नेपालीले भने। गण्डकी प्रदेश सरकारले प्रदेशका सबै घरमा ‘एक घर, एक धारा’को अभियान सञ्चालन गर्दै आएका कारण धेरै विकट बस्ती यसै कार्यक्रममा समावेश हुनेछन्। नवीगाउँमा खानेपानी पुर्‍याउन  नेवाःसँग सम्झौता भइसकेको छ। एक–दुई वर्षमा नवीगाउँमा एक घर एक धारा जडान भइसक्ने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता शुक्रबार, वैशाख ४, २०८३
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह शुक्रबार, वैशाख ४, २०८३
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह शुक्रबार, वैशाख ४, २०८३
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्